★विदेशीहरूको लागि नि: शुल्क प्रशासनिक परामर्श
सूचना काउन्टरमा, परामर्श या फोन, विदेशीहरूको लागि प्रशासनिक सम्बन्धि परामर्श नि: शुल्क प्रदान गर्दछौं।गैर आवासीय मुलका मानिसहरुले दैनिकी भोग्ने समस्या,कठिनाईको बारेमा, विशेषज्ञहरु (*) द्वारा सल्लाह तथा गैर आवासीय मुलका मानिसहरुको सुबिधाको लागि नौ वटा भाषाका विशेषज्ञहरु राखिएका छन्। यस अतिरिक्त, हामी तीन-पक्ष प्रणाली (फोन) मार्फत परामर्श या भाषा अनुवाद सेवा पनि प्रदान गर्दछौं।
राष्ट्रिय स्वास्थ्य बीमा र अवकाश पछीको रकम (पेंशन), आश्रित कर, जापानी चिकिस्ता प्रणाली・पेंशन, कर प्रणाली बाहेक, बिबाह, सम्बन्द बिच्छेद, विदेशी श्रीमान /श्रीमतीको बच्चा, नातेदार, रोजगार वा काम, कम्पनी सुरुवात गर्दा चाहिने श्रम सम्बन्धी परामर्शहरू आउने गर्दछन् ।
※ मङ्गलबार र आइतबार प्रशासनिक परामर्श प्रदान गर्दछौ।
टेलिफोन: 052-581-0100 (कृपया नम्बर डायल गर्दा ध्यान दिनुहोला)
ई-मेल: info@nic-nagoya.or.jp
भाषा・दिन・समय
मंगलबार - शुक्रबार |
शनिबार・आइतबार |
|||
10:00-12:00 |
13:00-17:00 |
10:00-12:00 |
13:00-17:00 |
|
जापानी |
〇 |
〇 |
〇 |
〇 |
अंग्रेजी |
〇 |
〇 |
〇 |
〇 |
पोर्तुगल |
〇 |
〇 |
〇 |
〇 |
स्पेनिश |
〇 |
〇 |
〇 |
〇 |
चीनियाँ |
× |
〇 |
〇 |
〇 |
कोरियाली |
× |
〇(बिहिबार) |
× |
〇 |
फिलिपिन |
× |
〇(बिहिबार) |
× |
〇 |
भियतनाम |
× |
〇(बुधबार) |
× |
〇 |
नेपाली |
× |
〇(बुधबार) |
× |
〇(आइतबार) |
★विदेशीहरूको लागि नि: शुल्क कानुनी परामर्श
नागोया अन्तराष्ट्रिय केन्द्रमा, आइचिकेन कानुन परिषदको (आइचिकेन बार असोसिएसन) सहयोगमा, अंग्रेजी,चिनिया,स्पेन,पोर्तुगल आदि भाषामा कानुनी सल्लाह/परामर्श प्रदान गरिन्छ। आरक्षण आवस्यक। सामान्यतया, तोउखाई क्षेत्र (आइची प्रान्त, गिफु प्रान्त, मिए प्रान्त) मा बसोबास गर्ने बासिन्दालाई लक्षित।
समय:हरेक हप्ता शनिबार 10:00 देखि 12:30
आरक्षण: टेलिफोन 052-581-6111 (कृपया उत्तरदायी मेसिनमा सन्देश छोड्नु होस्। पछि जिम्मेवार व्यक्तिले आरक्षण पुष्टिकरणको बारेमा फोन गर्नुहुनेछ।
★विदेशी नागरिकहरुको लागि मनोवैज्ञानिक परामर्श
नागोया अन्तर्राष्ट्रिय केन्द्रको 3 तल्लामा रहेको सूचना काउन्टरमा, विशेष सल्लाहकारहरूले विदेशी नागरिकहरूको लागि 「मनोवैज्ञानिक परामर्श」प्रदान गर्ने , दैनिकी जीवनमा आउने चिन्ता, डर साथसाथै यस्ता समस्या संग जुदिरहेका विदेशी नागरिकहरूको मनको हेरविचारको लागि पनि मिलेर काम गर्दछ। यदि यस्ता समस्या समस्याहरूसँग जुदिरहेका साथीहरू वा परिचित व्यक्तिहरु छन् भने कृपया थाहा दिनुहोला। व्यक्तिगत कुराहरु गोप्य राख्दछौ। अंग्रेजी, पोर्चुगल, स्पेनिश, चिनियाँ, 4 भाषाहरूमा परामर्श उपलब्ध छ। परामर्श नि: शुल्क प्रदान गरिन्छ। आरक्षण आवाश्यक छ। सामान्यतया, तोउखाई क्षेत्र (आइची प्रान्त, गिफु प्रान्त, मिए प्रान्त) मा बसोबास गर्ने बासिन्दालाई लक्षित।
समय इत्यादीको बिस्तृत जानकारीको लागि आरक्षणको समयमा परामर्श गर्नुहोला।
सम्पर्क / आरक्षण: सूचना काउंटर टेलिफोन: 052-581-010
★विदेशी विध्यार्थी बालबालिकाको लागि शिक्षा परामर्श
नागोया अन्तरास्ट्रिय केन्द्रमा, बिज्ञहरु द्वारा, जापानमा बसोबास गर्नुहुने बिदेशी विद्यार्थी बालबालिकाको लागि शिक्षा सम्बन्धि जानकारी (बिध्यालयको बारेमा जानकारी ・बिध्यालय परिवर्तन ・ बिध्यालय जीबन・समस्या इत्यादी) अथवा परामर्शहरु निशुल्क प्रदान गरिन्छ। कृपया प्रयोग गर्नुहोला। टेलिफोन आरक्षण आवश्यक छ।
ई-मेल・फ्याक्सबाट पनि सोध-पुछ सम्भव छ। (फैक्स 052-571-4673 ई मेल info@nic-nagoya.or.jp)
परामर्श दिन: हरेक बुधबार, शुक्रवार, आइतबार 10: 00-17: 00 (आरक्षण आवश्यक छ)
स्थान: नागोया अन्तरराष्ट्रीय केन्द्र 3F सूचना काउन्टर
पूछताछ र आरक्षण: टेलिफोन: 052-581-0100 (मंगलबार -आइतबार 9: 00-19: 00) आरक्षण आवश्यक छ)
★शरणार्थी नागरिकको लागि परामर्श काउंटर
नागोया अन्तराष्ट्रिय केन्द्र सूचना काउंटर भित्र, परराष्ट्र मन्त्रालयको मातहतमा रहेर बाहिरी अंगको रुपमा एशिया फुकुसी क्योउइकु जाईदान नानमिन् ज़िग्यो होंबू (छोटो रूपमा: नानमिन ज़िग्यो होंबू )द्वारा, शरणार्थी नागरिकको लागि परामर्श प्रदान गर्दछ। शरणार्थी बिभागको मुख्यालयका सल्लाहकारले, जापानमा बस्ने शरणार्थी नागरिकको दैनिकी जीबनयापन सम्बन्धि अथवा शरणार्थी भिसाका आवेदकहरुलाइ पनि परामर्श दिने गर्छन। परामर्श निशुल्क प्रदान गरिन्छ। आरक्षण आवश्यक छ।
बिहीवार 10: 00-16: 00 (सार्वजनिक छुट्टियाँ को छोडेर) * हरेक हप्ता संचालन हुनेछैन।
पूछताछ / आरक्षण: (सार्वजनिक प्राधिकरण) एशिया फुकुसी क्योउइकु जाईदान नानमिन् ज़िग्यो होंबू खानसाइ शाखा
एशिया कल्याण शिक्षा फाउंडेसन शरणार्थी मुख्यालय
टेलिफोन 078-361-1700
वेबसाइट: http://www.rhq.gr.jp/index.htm