नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

सूचना सेवा काउन्टर

सूचना काउन्टर

तेस्रो तल्लाको सूचना काउन्टरमा, जापानी नागरिकहरूको लागि बिदेशमा अध्ययन र अन्तराष्ट्रिय आदान-प्रदान कार्यक्रमको बारेमा जानकारी उपलब्ध गराइन्छ। तथा विदेशी नागरिकहरुको लागि जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगल, स्पेनिश, फिलिपिनो, भेतनामि र नेपाली भाषामा जापानी जीवनशैली, स्थल दर्शन भ्रमण, र अन्तराष्ट्रिय आदान-प्रदान कार्यक्रमको बिषयमा जानकारी उपलब्ध गराइन्छ ।


सामान्य सोधपुछहरु जस्तै जापानी भाषा स्कूलहरू, स्वयंसेवी जापानी भाषा कक्षाहरु, भिसाको स्थिति, कर, स्वास्थ्य बीमा, श्रमिक समस्याहरू, विदेशी भाषाहरूमा सेवा प्रदान गर्ने स्वास्थ-सुविधाहरू, र पर्यटन तथा ट्राफिक जानकारी जस्ता विषयहरू समावेश छन् ।


साथसाथै यसको अतिरिक्त सुचना काउन्टरद्धारा इमेल, टेलिफोन र हुलाकबाट पनि सुचना आदान प्रदानको ब्यवस्था गरिएको छ ।

हुलाक सेवाको प्रत्युतरको लागि भने कृपया हुलाकी खाम र हुलाक टिकट स्वयं ब्यक्तिले ब्यबस्था गर्नु पर्नेछ ।


टेलिफोन नं 052-581-0100

इमेल info@nic-nagoya.or.jp

पोस्टल/हुलाक स्थान ठेगाना : Information Counter, Nagoya International Center 3F, Nagono 1-47-1, Nakamura-ku, Nagoya-shi 〒450-0001


उपलब्ध भाषा

जापानी र अंग्रेजी भाषामा सुचनाको अदान प्रधान मंगलबार देखि आइतबार सम्म, 09:00‐19:00 बजे सम्म उपलब्ध हुनेछ । साथै अन्य भाषामा भने हामी निम्न तल उल्लेखित समयमा उपलब्ध हुनेछ ।


मंगलबार देखि शुक्रबार

शनिबार र आइतबार

10:00-12:00

13:00-17:00

10:00-12:00

13:00-17:00

जापानी

अंग्रेजी

पोर्तुगोल

स्पेनिस

चाइनिज

×

कोरियन

×

〇 (बिहिबार)

×

फिलिपिनि

×

〇 (बिहिबार)

×

भेतनामि

×

〇(बुधबार)

×

〇 (आइतबार)

नेपाली

×

〇 (बुधबार)

×

×


उपलब्ध बिषयबस्तुको सुचि


क्षेत्र

प्रकार

अपतकालिन सुचना

चिकित्सा

ब्यबस्था प्रणाली・कानुन

अप्रवाशन प्रणालि/कर/विमा/दुतबास र कन्सुलर/विदेशि तथ्याङ्क

संचार・यातायात

टेलिफोन/हुलाक/ढुवानी

सामान्य जानकारी

विभिन्न परामर्श/जीवनयापन जानकारी/वित्तिय/किनमेल/इजाजत पत्र

ट्राफिक सम्बन्धि जानकारी

घरेलु यातायात/अन्तराष्ट्रिय यातायात/भ्रमण रूट

पर्यटन श्रोत・सुविधा सम्बन्धि जानकारी

खेलकुद/चर्च・गुम्बा, मन्दिर/रेष्ट्रुरेन्ट/परम्परागत शिल्प・मनोरन्जन/औधोगिक भ्रमण सवुधा/वार्षिक कार्यक्रम・फुर्रसद समय /मनोरन्जन पार्क・थिम पार्क

आवासीय सम्बन्धि जानकारी

घर/नागोया क्षेत्रको आवाशीय प्रणाली/पर्यटकिय आवास

शिक्षा・संस्कृति सम्बन्धि जानकारी

जापानी भाषा विद्यालय/जापानी भाषा शिक्षा/भाषा विद्यालय/संस्कृति कक्षा/प्रमाणी परिक्षा/स्पिच प्रतियोगीत/भाषा दोभाषे・भाषा रूपान्तरण/विदेशि भर्नागर्ने ब्यवसायीक कलेज/विदेशि विद्यार्थी भर्ना गर्ने निजि विद्यालयको जानकारी(छात्रव्रिती)/अन्तराष्ट्रिय बिध्यालय

विभिन्न संस्थाहरू・ अन्तराष्ट्रिय अदान-प्रदान सम्बन्धि जानकारी

राष्ट्रिय स्तरमा रहेका अन्तराष्ट्रिय संस्कृति आदान-प्रदान संस्था / क्षेत्रीय स्तरमा रहेका अन्तराष्ट्रिय संस्कृति आदान-प्रदान संस्था / विदेशी प्रतिनिधि (स्थानीय सरकार, निजी क्षेत्र) / अन्तराष्ट्रिय सहयोग


★सूचना बोर्ड

बहु भाषामा नागोया क्षेत्रको विविध सूचना जस्तै अन्तराष्ट्रिय संस्कृति अदान-प्रदान कार्यक्रम, जापानी संस्कृति र परिकार/ व्यञ्जन सम्बन्धि जानकारी नि: शुल्क रुपमा प्रदान गर्दछौ। इच्छुक मानुभाबहरुले सूचना काउंटरमा राखिएको जानकारी पत्र अथवा जापानिज भाषामा चिरासी (A4नाप) लग्नुहोला।

सम्पर्क: नागोया अन्तराष्ट्रिय केन्द्र सूचना काउंटर फोन 052-581-0100 फैक्स 052-571-4673


★विवरण पुस्तिका बक्स

एनआईसीको तेस्रो तल्लामा, 240 वटा विवरण पुस्तिका बक्सहरू छन्। जसमा अन्तराष्ट्रिय सहयोग संस्थाहरूको गतिविधि जानकारीहरु, जीवनयापन सम्बन्धि जानकारी, अंग्रेजी भाषाका सूचना-पत्रिका, भाषा स्कूल र विदेशमा अध्ययन सम्बन्धि विभिन्न किसिमका विवरण पुस्तिकाहरु राखिएको छ। अन्तराष्ट्रिय अदान-प्रदान कार्यक्रम, सहयोग संग सम्बन्धित सुचनाहरु सजिलै संग प्राप्त गर्न सक्ने भएकोले निकै लोकप्रिय छ।


★इन्टरनेट・कर्नर प्रयोग मार्ग दर्शन

स्थान: NIC 3 तल्ला सूचना सेवा कर्नर भित्र। प्रयोग गर्न चाहनुहुने माहनुभाबहरुले कृपया काउन्टरमा निबेदन दिनुहोला।

प्रयोगको समय : 9:00 देखि 19:00 सम्म

उपलब्ध सफ्टवेयर: इन्टरनेट, वर्ड, एक्सेल, हटमेल आदि बाहेक निःशुल्कमा ई-मेल सेवा पनि उपलब्ध छ। कृपया ध्यान होला कि हामी वर्ड र एक्सेलको प्रयोग तरिका व्याख्या गर्दैनौं।

प्रयोग वर्गीकरण: 15 मिनेट। एक्स्टेन्शन 15 मिनेटसम्म बढाउन सकिन्छ तर यदि दोस्रो प्रयोगकर्ता हुनुहुन्छ भने तपाइँले छोड्नु पर्ने छ।

शुल्क: पीसी/पर्सनल कम्प्युटर/ल्याप्टप भाडा 100 येन / 15 मिनेट। प्रिन्ट, सेतो-कालो (मोनोक्रोम) A4 र A3 10 येन प्रति पाना, रङगिन A4 50 येन प्रति पाना र A3 100 येन प्रति पाना ।

* यो सुविधा नागोया किन्ज्यो लाइन्स क्लबले 30 औं वार्षिकीको अवसरपारेर नागोया बासी तथा बिदेशी नागरिकहरुको इन्टरनेटमा पहुच बढाउने हेतुले नागोया अन्तराष्ट्रिय केंन्द्रलाइ चन्दाको रुपमा दिएको हो ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.