नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

नागोयाका नागरिकहरुको लागी आपतकालीन रोकथाम सम्बन्धि सामुहिक प्रशिक्षण: हिगाशी-कु (なごや市民総ぐるみ防災訓練@東区)

2019.08.01

मिति र समय:2019 साल 9 महिना 1 गते (आइतबार) 8:30~11:00
स्थान:नागोया शिरिचु साकुरागाओका च्यु-गक्को (नागोया-शि हिगाशी-कु हिगाशी ओजोने 11-1)
जाने तरिका : 8:10 बजे सबवे - मेईजो लाइन 「ओजोने」 स्टेशनको पश्चिम गेटमा भेला हुनुहोस। त्यहाँबाट सबै सहभागी पैदल जानेछौं। तोकिएको साकुरागाओका च्यु-गाक्को आफै एक्लै पनि जान सक्नु हुनेछ। त्यस स्थितिमा कृपया 8:30 बजे सम्म तोकिएको स्थानमा पुग्नुहोस। तर प्रशिक्षणमा सहभागि हुनेहरुको लागि पार्किंगको सुबिधा छैन। कृपया नजिकैको सिक्का पार्किंगको प्रयोग गर्नुहोस।)
लक्षित:नागोया शहरमा बस्ने बिदेशी नागरिक
शुल्क:नि:शुल्क
आवेदन दिने तरिका:नागोया अन्तर्राष्ट्रिय केन्द्रको वेब-साइट, फोन, ई-मेल, स्वयम् आफै आएर आवेदन दिन सक्नुहुनेछ।
गृह-पृष्ठ:http://www.nic-nagoya.or.jp/
फोन: 052-581-5689  ई मेल : vol@nic-nagoya.or.jp

आवेदन दिने अवधि:8 महिना 29 गते (विहिवार) 17:00 बजे सम्म
(काउन्टर: मंगलवार देखि आइतवार 9:00~17:00)
सम्पर्क:नागोया अन्तर्राष्ट्रिय केन्द्र, साँस्कृतीक आदानप्रदान तथा सहकार्य बिभाग


नागरिकहरुको लागी सम्पूर्ण आपतकालीन रोकथामको प्रशिक्षण なごや市民総ぐるみ総合防災訓練
2019 साल 9 महिना 1 गते बिहान, नागोया शहरको प्रत्येक वार्डमा आपतकालीन रोकथामको प्रशिक्षण गराईदै छ। प्रशिक्षणको मुख्य उद्देश्य भूकंप जस्ता ठूलो प्रकोपको तयारी र बिपत रोकथामको बारेमा जागरूकता बढाउने हो। बसोबास गरिरहनुभएको वार्डको प्रशिक्षणमा सहभागी हुनुहोस (हरेक वार्डको प्रशिक्षण स्थलको बारेमा जानकारी लिन कृपया तलको तालिकामा हेर्नुहोस्) प्रशिक्षण जापानिज भाषामा गराइनेछ। प्रत्येक वार्डमा विभिन्न प्रशिक्षण गर्नेछौं।
विवरणहरूको लागि कृपया यहाँ क्लिक गर्नुहोस्
http://www.city.nagoya.jp/bosaikikikanri/page/0000080762.html
(नागोया शिटीको गृह-पृष्ठ ※जापानिज भाषा मात्र)।

drill_n_all.jpg

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.