नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC जापानी भाषाको कक्षाहरू NIC日本語の会

2020.01.12

यी कक्षाहरु जापानी भाषाको गैर-मूलभाषीहरु प्रति लक्षित जापानी भाषा कक्षा हुन् । सबै कक्षाहरु जापानी भाषामा संचालन हुनेछन्। यस कक्षामा बिबिध पाठ्यक्रमहरु उपलब्ध छन्; जस्तै: आधारभूत तह देखि जापानी खान्जी तह सम्म। प्रत्येक तहमा 15 देखि 20 जनाको सिट उपलब्ध छ। आवेदन निर्देशिका र आवेदन फारम नागोया अन्तर्राष्ट्रिय केन्द्र तेस्रो तल्लाको ब्रोशर बक्स र एनआईसीको वेबसाइटwww.nic-nagoya.or.jp मा उपलब्ध छ।

लक्षित वर्ग: जापानी भाषाको गैर-मूलभाषीहरु (प्राथमिक र जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई अनुमति छैन र नागोया शहरमा बस्नेहरूलाई पहिलो प्राथमिकता दीइने छ) (गोलाप्रथा)
मिति र समय: जनवरी 19 देखि मार्च 29 तारिख सम्मका प्रत्येक आइतवार (तर फेब्रुअरी 9 तारीख मा कक्षा संचालन हुने छैन) जम्मा 10 पटक।
स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र
शुल्क: 10 पाठको लागि 2500 येन, पाठ्य सामग्रीको लागि थप 500 येन देखि 1000 येन सम्म
आबेदन दिने तरिका: कृपया, जनवरी 12 तारिखको बिहान 11:00 देखि 11:30 बजे भित्र नागोया अन्तरास्ट्रिय केन्द्रको पाचौं तल्लामा रहेको सम्मेलन कोठा न. 1 मा आउनुहोस्। आबेदन दर्ता पश्चात निवेदकको एक अन्तरबार्ता हुनेछ। शिक्षण शुल्कको भुक्तानी 12:15 बाट सुरु हुनेछ।
आवेदन फारम नागोया अन्तर्राष्ट्रिय केन्द्र तेस्रो तल्लाको ब्रोशर बक्स र एनआईसीको वेबसाइटwww.nic-nagoya.or.jp मा उपलब्ध छ।
थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग फोन: 052-581-5689

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.