नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC बालबालिका जापानी भाषाको कक्षाहरू NIC子ども日本語教室

2020.01.12

बिद्यालय र दैनिक जीवनयापनको सहयोगका लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाकक्षाहरु संचालन हुदैछ। जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2004 देखि अप्रिल 1, 2013 सम्म जन्मिएका मात्र) सहभागी हुन सक्नेछन्। यद्यपि, जुनियर उच्च माध्यमिक तहको सन्ध्याकालीन कक्षामा भर्ना हुनु भएका बालबालिकाहरुले भने कृपयाNIC उच्च माध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस।

क्षमता: 60 जना (छनौट मार्फत)
मिति र समय: 19 जनवरी देखि 29 मार्च सम्मका प्रत्येक आइतबार, बिहान 10:00 बजे देखि 11:30 बजे सम्म (तर फेब्रुअरी 9 तारिखमा कक्षा संचालन हुने छैन)
स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र
शुल्क: 10 पाठको लागि 1000 येन
आबेदन दिने तरिका: कृपया, जनवरी 12 तारिखको बिहान 9:45 देखि 10:15 बजे भित्र नागोया अन्तरास्ट्रिय केन्द्रको चौथो तल्लामा रहेको प्रदर्शनी कोठा न. 3 मा आउनुहोस्। आबेदन दर्ता पश्चात निवेदकको एक अन्तरबार्ता हुनेछ। निवेदकहरु आफ्नो अविभाभक, संरक्षक या उनीहरु प्रति जवाफदेही अन्य कुनै व्यक्ति (उदाहरणको लागि शिक्षक आदि।) उपस्थित हुनुपर्दछ।
आवेदन फारम नागोया अन्तर्राष्ट्रिय केन्द्र तेस्रो तल्लाको ब्रोशर बक्स तपाईं यहाँ आवेदन फारम पनि प्राप्त गर्न सक्नुहुनेछ।:नेपाली
थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग फोन: 052-581-5689

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.