नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरू NIC高校生日本語教室

2020.01.12

जापानी भाषाका गैर-मूलभाषी विदेशी नागरिकहरू (2004, अप्रिल 1 तारिख भन्दा अगाडी जन्मिएका) जो जापानका उच्च माध्यमिक तहको अध्यन पुरा गरि थप वृति बिकाशका लागि सम्बन्धित बिषयको उच्च अध्यन गर्न चाहने र जापानी भाषाको लागि सहयोग आवश्यक पर्ने युवा बिद्यार्थीहरुको लागि जापानी भाषाको आधार निर्माण गर्न हामी जापानी भाषा कक्षा कोठाहरु संचालन गर्दछौ। नागोया शहरमा बस्ने या शहर भित्रका बिद्यालयमा उच्च माध्यमिक तह अध्यन गर्ने बिद्यार्थीहरुलाई प्राथमिकता दीइने छ। (निम्न माध्यमिक तह अध्यनरत बिद्यार्थीहरुले कृपयाNIC वालवालिका जापानी भाषा कक्षाकोठाको सुचना हेर्नुहोस।)

सहभागी क्षमता: २० जना मात्र।
मिति र समय: 19 जनवरी देखि 29 मार्च सम्मका प्रत्येक आइतबार, 14:00-16:00 ( 10 पाठ्यसंख्या, फेब्रुअरी 9 तारिखमा कक्षा संचालन हुने छैन)
स्थान: नागोया अन्तरास्ट्रिय केन्द्र, तेस्रो तल्ला, लेक्चर कोठा 2
शुल्क: 10 ओटा पाठको लागि 2000 जापानी येन
आबेदन दिने तरिका: कृपया जनवरी 12, आइतबार दिउसो 14:00 देखि 14:30 भित्र नागोया अन्तर्राष्ट्रिय केन्द्रको चौथो तल्लामा रहेको प्रदर्शनी कोठा न. 4 मा आउनुहोस्। आबेदन दर्ता पश्चात एक अन्तर्वार्ता हुनेछ। शिक्षण शुल्कको भुक्तानी 15:15 बाट सुरु हुनेछ। (यदि क्षमता भन्दा कम भर्ना भएको खण्डमा जनवरी 12 तारिख पछि पनि सहभागिता दर्ता स्वीकार गर्दछौं। त्यस्तो अवस्थामा कृपया हामीलाई सम्पर्क गर्नुहोस्।)
आवेदन फारम नागोया अन्तर्राष्ट्रिय केन्द्र तेस्रो तल्लाको ब्रोशर बक्स र एनआईसीको वेबसाइट www.nic-nagoya.or.jp मा उपलब्ध छ।
थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग फोन: 052-581-5689

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.