नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

【शनिबार, जुलाई 11 ・नि: शुल्क परामर्श・सल्लाह】नयाँ कोरोनाभाइरस सम्बन्धी विदेशीहरूको लागि आपतकालीन परामर्श संचालन गरिनेछ।(新型コロナウイルス関連 外国人緊急相談会)

2020.06.20

आर्थिक सहयोग, भाँडाको भुक्तानी, काम वा कार्यस्थल, जाईर्यु कार्डको स्थिति, स्कूल वा शिक्षण शुल्क आदि, कुनै पनि खालको समस्यामा छ भने कृपया परामर्श/सल्लाह लिन नहिचकिचाउनुहोस्।

मिति: शनिबार, जुलाई 11, समय: 10:00 बजे देखि 16:00 बजे सम्म

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, एनेक्स हल (सबवे"कोकुसाई सेन्टर")

प्रत्येक परामर्श कर्नरमा, विशेषज्ञहरूले प्रत्यक्ष परामर्स दिनुहुनेछ।
(अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, हंगुल, फिलिपिनो, भियतनामी, नेपाली दोभाषे उपलब्ध छन्)

1. आपत्कालिन साना कोष अथवा अन्य प्रकारको ऋण (नागोया शहर समाज कल्याण परिषद)
2. विशेष तथा निश्चित रकम अनुदान (10 मान येन) प्रक्रिया (नागोया शहर, नागोया अन्तर्राष्ट्रिय केन्द्र)
3. भाँडा (आवास सुरक्षा बेनिफिट) बारेमा (नागोया शहर स्वास्थ्य कल्याण ब्यूरो)
4. कार्य र कार्यस्थल बारेमा (आइची श्रम ब्यूरो)
5. जाईर्यु कार्डको स्थिति बारेमा (नागोया अध्यागमन ब्यूरो)
6. शिक्षा / स्कूल टेवा (सपोर्ट) बारेमा (नागोया अन्तर्राष्ट्रिय केन्द्र)
7. त्यस बाहेक, दैनिक जीवन यापनमा आइपरेका समस्याहरू (NPO बिदेशी हेल्पलाइन तोखाइ, नागोया अन्तर्राष्ट्रिय केन्द्र)

आवेदन विधि: रिज़र्वेशन प्राथमिकता (टेलिफोन र मेल बाट आवेदन दिन सक्नु हुनेछ।)
कृपया तपाईंको नाम, फोन नम्बर, र इच्छित समय (तलको (① देखि ⑥)) र इच्छित परामर्श बिषय (1 देखि 7 एक भन्दा बढी चयन गर्न सकिनेछ) खुलाउनुहोस्।
①10बजे ②11बजे ③12बजे ④13बजे ⑤14बजे ⑥15बजे

नागोया अन्तर्राष्ट्रिय केन्द्र सूचना काउन्टर
टेलिफोन 052-581-0100 ई-मेल info@nic-nagoya.or.jp
URL https://www.nic-nagoya.or.jp/
(सोमबार बिदा)


* नयाँ प्रकारको कोरोनाभाइरस संक्रमण बढेमा, भारी वर्षा या आँधी आएको अवस्थामा कार्यक्रम रद्द हुन सक्ने सम्भावना रहेको छ। अघिल्लो दिनको 17 बजे सम्म तपाईलाई एनआईसीको वेबसाइटमा सुचित गरिनेछ।

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.