नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC गर्मी बिदा बालबालिका जापानी भाषाको कक्षाहरू(NIC 夏休み子ども日本語教室)

2021.07.18

नागोया अन्तरास्ट्रिय केन्द्रको स्वयंसेवकहरूले बच्चाहरूलाई ग्रीष्मकालीन बिदाको छुट्टिमा जापानी भाषा सिक्न र प्रयोग गर्ने अवसरहरू प्रदान गर्न र नयाँ स्कूल प्रवेशका लागि अझ राम्रो तयार हुन मद्दत गर्ने उदेश्यले विशेष जापानी कक्षाहरू संचालन गर्दैछ।

★फ्लायर(PDF

मिति र समय:
2021 साल 7 महिनाको 21 गते (बुधबार) बाट 8 महिनाको 29 गते (आइतबार) सम्मको अबधिमा प्रत्येक हप्ताको हरेक बुधबार र आइतबार। साथै 8 महिनाको 7 गते (शनिबार) को बिहान 10:00 बजे देखि 11:00 बजेसम्म, जम्मा 10 पटक
※ तर, 8 महिना 8 गते (आइतबार) 11 गते (बुधबार) र 15 गते (आइतबार) भने बिदा हुनेछ।
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 3 तल्ला पहिलो 1・2 प्रशिक्षण कोठा, 5 तल्ला जापानी-शैली कोठा
लक्षित वर्ग:
・जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2006 देखि अप्रिल 1, 2015 सम्म जन्मिएका मात्र)
・अप्रिल 2, 2006 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु
※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।
※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) स्योउ गाक्कोउ・च्यु गाक्कोउ जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।
सहभागी क्षमता: 40 जना (पहिला आउनेलाई पहिलो प्राथमिकता)
शिक्षण शुल्क: 1000 येन (कुल10 वटा कक्षा)
निबेदन दिने तरिका:
6 महिनाको 27 तारिख (आइतबार) बिहान 10 बाट 7 महिना 14 तारिख (बुधबार) बेलुका 5 बजेसम्म नागोया अन्तर्राष्ट्रिय केन्द्रको वेब साइट बाट आवेदन दिनुहोला।
★7 महिना 18 तारिख (आइतबार) 12:30 देखि 15:00 बजे भित्र 30 मिनेट देखि 1 घण्टा नागोया अन्तर्राष्ट्रिय केन्द्रको चौंथो तल्लाको 3 नम्बर प्रशिक्षण कोठा मा अन्तर्वार्ता र भुक्तानी हुनेछ।


थप जानकारी: नागोया अन्तर्राष्ट्रिय केन्द्र आदानप्रदान तथा समन्वय बिभाग
☎ 052-581-5689 ✉vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.