नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

NIC जापानी भाषाको कक्षाहरू(NIC日本語の会1~3月ターム)

2022.01.16

दैनिक जीवनको लागि आवश्यक शब्द र बानीहरू संस्कृति आदि स्वयंसेवकहरू सँग सिक्नुहोस्। नयाँ कोरोनाभाइरस संक्रमणको फैलावट रोक्नको लागि, कार्यान्वयन विधि र सामग्री अवधिको सुरु वा मध्यदेखि महत्त्वपूर्ण परिवर्तन हुन सक्नेछ। हामी समय समयमा वेबसाइटमा जानकारी अपडेट गर्नेछौं त्यसैले कृपया जाँच गर्नुहोस्।

मिति र समय: 2022 साल 1 महिना 16 तारिक (आइतबार) देखि 3 महिना 27 तारिक (आइतबार) सम्म को हरेक आइतबार (तर 2 महिना 13 तारिक बन्द रहनेछ।)
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र पाँचौं तलाको बैठक कोठा
लक्षित व्यक्ति: जापानी भाषालाई आफ्नो मातृभाषाको रूपमा नबोल्ने आइची・गिफु・मीए केन भित्र बस्ने व्यक्ति (प्राथमिक र जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई अनुमति छैन, नागोया शहरमा बस्नेहरूलाई प्राथमिकता दिइने)
क्षमता: प्रत्येक कक्षामा 8 देखि 18 जना (क्षमता नाघेको खण्डमा गोलाप्रथा मार्फत चयन गरिने)
लागत: 2,500 येन (10 पटक को, अलग पाठ्यपुस्तक शुल्क 500 देखि 1,000 येन)

आवेदन: आवेदनहरू नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइटमा वा सीधा कार्यालय भ्रमण गरेर स्वीकार गरिन्छ।
आवेदन अवधि: 12 महिना 26 तारिक (आइतबार) 12:00 बजे बाट 1 महिना 7 तारिक (शुक्रबार) 12:00 बजे सम्म
*आवेदकहरूलाई अन्तर्वार्ता लिन अनुरोध गरिन्छ।
अन्तरबार्ता मिति र समय: 1 महिना 9 तारिक (आइतबार) समय कक्षा अनुसार फरक हुनेछ।
अन्तरबार्ता स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र पाँचौं तलाको बैठक कोठा


सोधपुछ: कोउरियु क्योउरिकु खा
फोन : 052-581-5689 इमेल : vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.