2022.07.17
कक्षा संचालन गरिने भनिएको मूल तालिकाबाट कक्षा संचालन मिति परिवर्तन गरिएको छ।
गर्मी बिदाको समय अवधिमा, जापानी भाषामा बोल्ने अवसर कम हुने विदेशी बालबालिकाहरूलाई जापानी भाषा अध्ययनको अवसर दिइने र बालबालिकाहरुले नयाँ सेमेस्टरमा विद्यालय जीवन सजिलो गरि सुरु गर्न सकुन भन्ने यस जापानी भाषा कक्षाको उदेश्य हो।
※ नयाँ कोरोनाभाइरसको प्रभावको कारण निर्धारित मिति वा समय, संचालन तरिका परिवर्तन हुने (जुम प्रयोग गरि अनलाइन बाट संचालन हुने) अथवा कक्षा स्थागित हुन सक्ने सम्भावना पनि रहेको छ।
मिति : 7 महिना 20 तारिख (बुधवार), 24 तारिख (आइतवार), 27 तारिख (बुधवार), 31 तारिख (आइतवार) 8 महिना 3 तारिख (बुधवार), 7 तारिख (आइतवार), 10 तारिख (बुधवार), 17 तारिख (बुधवार), 24 तारिख (बुधवार), 28 तारिख (आइतवार), 31 तारिख (बुधवार)
स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र, तेस्रो तल्ला, पहिलो प्रशिक्षण कोठा, दोस्रो प्रशिक्षण कोठा, जापानी शैलीको कोठा
क्षमता : 40 जना (पहिले आवेदन दिनेलाई प्राथमिकता)
शुल्क : 1,000 येन (कुल 10 पटक)
आवेदन : NIC को होमपेजबाट आवेदन लिइन्छ।
〇नागोया शहरमा बसोबास गरिरहेका, नागोया शहरमा रहेको कोउरिचु (सार्वजनिक) प्राथमिक・माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिका वा जाने योजना बनाउँदै गरेका बालबालिका
आवेदन अवधि: 7 महिना 5 तारिख (मंगलबार), 10:00 बजे ~
अन्तर्वार्ता मिति र समय : 7 महिना 17 तारिख (आइतवार), 12:30 बजे ~ 14:00 बजे सम्म
अन्तर्वार्ता स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, चौथो तल्ला, तेस्रो प्रशिक्षण कोठा
〇माथि उल्लेखित बाहेक अन्य बालबालिकाको हकमा (कोटा खाली भएको अवस्थामा मात्र। यधपी, यस अवधिमा पनि नागोया शहरमा बसोबास गरिरहेका र नागोया शहरमा रहेको कोउरिचु (सार्वजनिक) प्राथमिक・माध्यमिक विद्यालयमा अध्ययन गरिरहेकाहरूलाई प्राथमिकता दिइनेछ।)
आवेदन अवधि: 7 महिना 19 तारिख (मंगलबार), 10:00 बजे ~ 7 महिना 22 तारिख (शुक्रबार) 17:00 सम्म
सम्पर्क : आदानप्रदान तथा समन्वय विभाग
टेलिफोन : 052-581-5689 इ-मेल: vol@nic-nagoya.or.jp