नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

स्वयंसेवक फोरम - भाषण तथा स्वयंसेवक आवेदन जानकारी बैठक -R.4 ボランティアフォーラム ~ 講演会 & ボランティア募集説明会 ~

2022.12.18

कार्यक्रम सुनेर, सहभागीहरूले स्वयंसेवक गतिविधिहरूको महत्त्व र सहयोगी मनोभावनाको बारेमा सिक्नेछन् र आफुले गर्न सक्ने पहिलो चरणको रूपमा स्वयंसेवक क्रियाकलावको बारेमा सोच्नेछन। साथै,  2023 साल 4  महिना देखि यस केन्द्रमा स्वयंसेवक दर्ताको लागि आवेदन खुल्ला गरिनेछ। 

[भाग 1] मुख्य नारा "स्वयंसेवक ~ म परिवर्तन हुनेछु, समुदाय परिवर्तन हुनेछ ~"

《वक्ता》 श्री नोबुयुकी कुरिता ज्यु

(मान्यता प्राप्त गैर सरकारी संस्था "रेस्क्यु स्टक यार्ड" प्रतिनिधि निर्देशक)

[भाग 2 ] जानकारी बैठक "नागोया शहरको बहुसांस्कृतिक सह-अस्तित्व र NIC दर्ता स्वयंसेवक" 

नागोया शहरमा बसोबास गर्ने विदेशी नागरिकहरूको हालको अवस्था, अन्तर्राष्ट्रिय सांस्कृतिक आदान-प्रदान साथै अन्तर्राष्ट्रिय सहयोग र बहुसांस्कृतिक सह-अस्तित्वको क्षेत्रमा सक्रिय यस केन्द्रको दर्ता स्वयंसेवक प्रणाली बारे परिचय दिनेछौँ।

[भाग 3] स्वयंसेवक सांस्कृतिक आदान-प्रदान कार्यक्रम

नागोया अन्तर्राष्ट्रिय केन्द्रमा दर्ता भएका स्वयंसेवकहरू बीच सांस्कृतिक आदान-प्रदान कार्यक्रम गर्नेछौं।

मिति: 2022 साल 12 महिना 18 तारीख (आइतवार), 13:30-16:30 बजेसम्म

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र बेत्तोउ हल (नागोया शहर नकामुरा वार्ड नगोनो 1-47-1)

सिट संख्या: 100 जना (पहिले निवेदन दिनेलाई प्राथमिकता)

शुल्क: नि: शुल्क

आवेदन मिति: 2022 साल 11 महिना 11 तारीख (शुक्रबार), 10:00 बजे देखि, आवेदक संख्या नपुगे सम्म वेबसाइट, इ-मेल वा टेलिफोन मार्फत आवेदन लिईनेछ ।


आवेदन तथा सोधपुछ: नागोया अन्तर्राष्ट्रिय केन्द्र सांस्कृतिक आदान-प्रदान तथा सहयोग विभाग

https://www.nic-nagoya.or.jp/

052-581-5689

seminar-vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.