2023.11.26
बिद्यालय र दैनिक जीवनयापनको लागि आवश्यक पर्ने जापानी भाषा अध्यन गर्न चाहने बालबालिकाहरुको लागि जापानी भाषाको कक्षाहरु संचालन हुदैछ।
मिति: 9 महिना 17 तारीक (आइतबार) बाट 11 महिना 19 तरीक (आइतबार), हरेक हप्ता आइतबार (10:00 बजे -11:30 बजे) (कुल 10 वटा कक्षा)
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, तेस्रो तल्ला, पहिलो प्रशिक्षण कोठा, दोस्रो प्रशिक्षण कोठा, जापानी शैलीको कोठा
लक्षित वर्ग:
・जापानी भाषा आफनो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु
(अप्रिल 2, 2008 देखि अप्रिल 1, 2017 सम्म जन्मिएका मात्र)
・अप्रिल 2, 2008 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु
※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।
※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) स्योउ गाक्कोउ・च्यु गाक्कोउ जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।
सहभागी क्षमता: 40 जना (पहिला आउनेलाई पहिलो प्राथमिकता)
शिक्षण शुल्क: 1000 येन (कुल 10 वटा कक्षा)
निबेदन दिने तरिका:वेब फारम प्रयोग गरि आवेदन दिनुहोस्।
〇 नागोया शहर भित्र बसोबास गरि नागोया शहर भित्रको सार्वजनिक प्राथमिक र माध्यमिक स्कूल गइरहेको र शहर भित्र पढ्ने योजना गरिरहेकोहरु लाई
2023 साल 8 महिना 23 तारिक (बुधबार) 10:00 बजे बाट 9 महिना 9 तारिक (शनिबार) 12:00 बजे सम्म सहभागी क्षमता पुगेकोले आबेदन लिइने छैन। माफ गर्नु होला।
・अन्तरबार्ता मिति र समय : 2023 साल 9 महिना 10 तारिक (आइतबार) 10:00 बजे बाट
・अन्तरबार्ता लिइने स्थान : नागोया अन्तर्राष्ट्रिय केन्द्र 4 तल्ला 3 प्रशिक्षण कोठा
〇 माथिका बाहेक अन्य व्यक्तिलाई (सिट खाली भएमा मात्र)
2023 साल 9 महिना 13 तारिक (बुधबार) 10:00 बजे बाट 9 महिना 16 तारिक (शनिबार) 12:00 बजे सम्म
※ पहिला आउनेलाई पहिलो प्राथमिकता❘क्षमता पुग्नेबित्तिकै यसलाई बन्द गरिनेछ ।
※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) स्योउ गाक्कोउ・च्यु गाक्कोउ जाने विद्यार्थीलाइ प्राथमिकता दिइनेछ।
※ आबेदन, अबिभाबक संगै मिलेर भर्नु होला।
※यदि वेब अनलाइन आबेदन गर्न कठिन भएमा टेलिफोन मार्फत हामीलाई सम्पर्क गर्नु होला।
सम्पर्क:
टेलिफोन : 052-581-5689
इ-मेल: vol@nic-nagoya.or.jp