2021.03.04
नागोया शहरले, नयाँ प्रकारको कोरोना भाइरस संक्रमणले मृत्यु हुने व्यक्ति र गम्भीर बिरामीको संख्या घटाई, नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलान बाट रोक्नको लागि खोप ल्याएको छ।
नयाँ प्रकारको कोरोनाभाईरसको खोप बारे
(1) शुल्क: नि: शुल्क
(2) लक्षित व्यक्ति: खोप लगाउने दिन, नागोया शहरको निवास कार्ड (ज्युमिनह्योउ) भएका व्यक्तिजो खोप लगाउन चाहने व्यक्ति
※ यधपी, लामो समय सम्म अस्पतालमा भर्ना भएका अथवा हेरचाह केन्द्रमा बसेका व्यक्ति आदि, अपरिहार्य अवस्थामा, अपवादको रूपमा, नागोया शहर बाहेकको नगरपालिकामा खोप लिन सकिन्छ।
(3) ल्याउन पर्ने सामग्री: नागोया शहरले हुलाकबाट पठाएको कुपन र व्यक्ति स्वयम्को पहिचान खुलाउने सामग्री
※ कुपन खोप लगाउने व्यक्तिलाई पठाइने छ। यधपी, प्राथमिकता अनुरुप खोप प्रदान गरिने हुनाले, 2021 साल 3 महिना (मार्च) अन्तिम पछि 65 वर्ष भन्दा माथिका जेष्ठ नागरिक, 4 महिना (अप्रिल) पछि क्रमबद रुपमा कुपन पठाउने योजना गरिएको छ।
※ पर्याप्त जानकारी प्रदान पछि, खोप लिने व्यक्तिको सहमतिमा मात्र खोप दिइनेछ।
नयाँ प्रकारको कोरोनाभाईरसको खोप बारे
गम्भीर बिरामीको जोखिम भएका, चिकित्सा सेवा प्रणाली सुरक्षित गर्न, सर्बप्रथम चिकित्सा पेशेवरहरलाई खोप दिइने छ। त्यस पछि, 65 बर्ष भन्दा माथिका जेष्ठ नागरिक, त्यस बाहेक ठुला रोग लागेका व्यक्ति र जेष्ठ नागरिक हेरचाह केन्द्रमा कार्यरत कर्मचारीलाई खोप लगाइन्छ। त्यसपश्चात, अन्य व्यक्तिलाई क्रमिक रुपमा खोपको मात्रा (उपलब्धता) को आधारमा खोप दिइनेछ।
नयाँ प्रकारको कोरोनाभाईरसको खोपको आरक्षण बारे
शहर भित्र 「सामूहिक खोप लगाउने साइट」अथवा 「लक्षित चिकित्सा संस्था」 मा खोप लागाउन सकिन्छ। सामूहिक खोप साइटको लागि 2021 साल 4 महिना (अप्रिल) पछि "कोउहोउ नागोया" को प्रत्येक वार्ड संस्करणमा प्रकाशित गरिनेछ। खोप लगाउन अघि अनिवार्य आरक्षण आवश्यक पर्दछ।
नयाँ प्रकारको कोरोना भाइरस खोप संग सम्बन्धित कल सेन्टर
(जापानी, अंग्रेजी, पोर्तुगाली, स्पेनिश, चिनियाँ, कोरियन, तागालोग, भियतनामी, नेपाली भाषा)
फोन नम्बर 050-3135-2252
फ्याक्स 052-972-4386
कल सेन्टरमा, खोप सम्बन्धि जानकारी, खोप लगाउने स्थल बारे जानकारी र सामूहिक खोप लगाउने साइटको आरक्षण गर्न सकिन्छ।
※ लक्षित चिकित्सा संस्थानहरूमा खोपको आरक्षणको लागि, कृपया प्रत्येक लक्षित मेडिकल संस्थानमा सम्पर्क गर्नुहोस्।
- लक्षित चिकित्सा संस्थामा लागाइने खोप → आफूले छानेको लक्षित चिकित्सा संस्थामा सिधा सम्पर्क गर्नुहोस्।
- सामूहिक खोप लगाउने साइटमा लागाइने खोप → कल सेन्टर अथवा वेबसाइट बाट आरक्षण
टेलिफोन रिजर्भेसनका बाहेक स्मार्टफोन वा कम्प्युटरबाट आरक्षण प्रणाली प्रयोग गरी ठाउँहरू खोज्न र आरक्षण गर्न सकिन्छ।
लक्षित चिकित्सा संस्थामा र सामूहिक खोप साइटको स्थान र आरक्षण बारे स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको खोप सूचना साइट 「कोरोना खोप (コロナワクチンナビ)」मा खोज्न र जांच गर्न सकिन्छ।
※स्थानको खोज, आरक्षण बारे पुष्टि गर्न सकिन्छ。कृपया ध्यान दिनु होला।