नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

5 वर्ष देखि 11 वर्ष उमेरका बालबालिकाहरूका लागि लगाइने नयाँ कोरोना भाइरसको खोपको बारेमा(5歳から11歳の方への 新型コロナワクチン接種について)

2022.02.27

5 वर्ष देखि 11 वर्ष उमेरका बालबालिकाहरूले पनि नयाँ कोरोना भाइरसको खोप लगाउन पाउने भएका छन्। जापानमा नयाँ कोरोना भाइरस संक्रमितहरुको अनुपातमा बालबालिकाहरुमा वृद्धि भैरहेको अवस्था छ।
नागोया शहरले तोकिएको समूहमा पर्ने सम्पूर्ण व्यक्तिहरूलाई क्रमबद्ध रूपमा खोप बारे जानकारी वितरण गर्नेछ। कृपया, उल्लेखित निर्देशन पढेर खोप लगाउने कि नलगाउने भन्ने बारेमा आफ्नो बच्चासँग छलफल गर्नुहोस्।

◎ खोप बारे जानकारी

ne-gaiyou.png

(※) एक पटकको खोपको मात्रा 0.2ml (12 वर्ष वा माथिका लागि 0.3ml) हुन्छ। फाइजरको 12 वर्ष वा त्यस भन्दा माथिको उमेरका लागि लगाइने खोपको तुलनामा, प्रयोग मात्रा 1/3 गरिएको छ।

(※※) 5 वर्ष देखि 11 वर्ष उमेरका लागि नयाँ कोरोना भाइरस खोप, पहिलो पटकको खोप लगाएको समयको उमेरको आधारमा निर्धारण गरिन्छ। पहिलो पटकको खोप लगाउँदा 11 वर्ष भएका बालबालिकाहरू, दोस्रो पटकको खोपको समय सम्म 12 वर्षमा लागेमा, बालबालिकाहरुलाई दोस्रो पटकको खोप पनि बालबालिका लक्षित खोप लगाइनेछ।

◎ खोपक लागि लक्षित वर्ग

● 5 वर्ष देखि 11 वर्ष उमेरका बालबालिकाहरू
विशेष गरी, दीर्घकालीन श्वासप्रश्वास बिरामी भएका, जन्मजात हृदय रोग जस्ता गम्भीर हुन सक्ने अन्तर्निहित रोग भएका बालबालिकाहरूलाई खोप लगाउन सिफारिस गर्दछौं। खोप लगाउने विषयमा, कृपया आफू गइरहने डाक्टरसँग पहिलेनै राम्ररी परामर्श गर्नुहोस्।

◎ कुपन वितरण योजना

ne-schedule.png

(※) 5 देखि 6 वर्ष उमेरका बालबालिकाहरूको लागि वितरण मिति, भविष्यको खोपको स्थितिको आधारमा पछिको मितिमा निर्णय गरिनेछ। साथै, 5 देखि 6 वर्ष उमेरका बालबालिका लक्षित खोप कुपन वितरण मिति पछि, भर्खरै 5 वर्षमा टेकेका बालबालिकाहरुको हकमा कुपन, जन्मिएको महिनाको अर्को महिनाको सुरुतिर वितरण गर्ने योजना रहेको छ।

◎ नागोया शहरबाट वितरण गरिने सामाग्री

खाम (अगाडि भाग)

おもて.jpg

खाम (पछाडि भाग)

★うら.jpg

mochimono-NEPALi.png

वृस्तृत जानकारीको लागि, कृपया कुपनसँग समावेश गरिएको सूचना अथवा नागोया शहरको आधिकारिक वेबसाइट जाँच गर्नुहोस्।

◎ सम्पर्क ठेगाना

नयाँ कोरोना भाइरस खोप कल सेन्टर, नागोया
प्रत्येक दिन 9:00 बजे देखि 17:30 बजे सम्म
【नयाँ कोरोना भाइरस खोप बारे】
050-3135-2252
【बालबालिकाको लागि नयाँ कोरोना भाइरस खोप तथा स्वास्थ्य बारे】
050-3205-1661

नागोया शहरको आधिकारिक वेबसाइटको लागि यहाँ क्लिक गर्नुहोस् (जापानी भाषा) ↓

市HPQRコード(日本語).png

https://www.city.nagoya.jp/kenkofukushi/page/0000149668.html

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.