नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

नयाँ कोरोना भाइरसको चौथो पटकको खोप बारे (新型コロナウイルスワクチン4回目接種について)

2022.06.08

नयाँ कोरोना भाइरसको संक्रमण वृद्धहरू र अन्तर्निहित रोगहरू भएकाहरूमा बढी गम्भीर हुने भएको पत्ता लागेको छ। नयाँ कोरोना भाइरस सङ्क्रमण फैलनबाट रोक्नको लागि चौथो पटकको खोप ल्याइदै छ।

लक्षित व्यक्ति

तेस्रो पटकको खोप लगाएको 5 महिना भन्दा बढी समय भएको
(1) 60 वर्ष वा सो भन्दा माथिका व्यक्ति
(2) 18 वर्ष वा सो भन्दा माथि र 60 वर्ष वा सो भन्दा मुनि अन्तर्निहित रोग भएकाहरू
(3) त्यस बाहेक, अन्य जो डाक्टरद्वारा गम्भीर हुन सक्ने भएको भनिएका व्यक्तिहरू

खोपको लागि आरक्षण प्रणाली जारी गरिएको र आरक्षणको लागि भने खोप कुपन आवश्यक पर्नेछ।
नागोया शहरमा निम्न लिखित व्यक्तिहरुको हकमा खोप लगाउने समय हुने बितिकै आवेदन पत्र बिनानै खोप कुपन पठाइनेछ।
① 60 वर्ष वा सो भन्दा माथिका
② 18 वर्ष वा सो भन्दा माथिका र 60 वर्ष वा सो भन्दा मुनिका व्यक्तिहरू जो संग अपाङ्गता प्रमाणपत्र वा चिकित्सा लाभार्थी प्रमाणपत्र आदि भएमा (मे 30, 2022 सम्म वैधता भएको हुनु पर्ने)
※ ①② मा नपर्ने व्यक्तिहरुको हकमा भने खोप कुपनको आवेदन पत्र आवश्यक पर्नेछ।

विस्तृत जानकारीको लागि, कृपया नागोया शहरको आधिकारिक वेबसाइट वा खोप कुपनको साथ पठाईएको सूचना पत्र जाँच गर्नुहोस्।

नागोया नयाँ कोरोना भाइरस खोप कल सेन्टर
052-3135-2252 (प्रत्येक दिन 9:00 देखि 17:30 सम्म)

नागोया शहरको आधिकारिक वेबसाइटको लागि यहाँ क्लिक गर्नुहोस् (जापानी भाषा) →
https://www.city.nagoya.jp/kenkofukushi/page/0000144989.html

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.