2022.08.27
"NIC विश्वव्यापी नागरिक क्लास" एक अन्तर्राष्ट्रिय समझदारी शिक्षा परियोजना हो जसमा दर्ता भएका प्रशिक्षकहरूले विभिन्न विषयवस्तुहरूमा आफ्नो देशको परिचय दिन विद्यालयहरू र स्थानीय संस्थाहरू भ्रमण गर्छन्। हामी यस शिक्षण कार्यक्रम मा सक्रिय भूमिका खेल्न सक्ने प्रशिक्षकहरूको खोजी गरिरहेका छौं।
अनुरोधकर्ताले नागोया शहर भित्र एकपटक लेक्चरको लागि 8,000 ऐन र शहर बाहिर लेक्चरको लागि 10,000 ऐन (कर र यातायात खर्च सहित) को प्रशिक्षक शुल्क तिरिनेछ। थप विवरणहरूको लागि, कृपया आवेदन निर्देशहरू जाँच गर्नुहोस्।
* नयाँ कोरोनाभाइरस आदिको प्रभावका कारण, कार्यक्रम आयोजना गर्ने तरिकामा परिवर्तन हुन सक्छ। कुनै परिवर्तन भएमा वेबसाइटद्वारा घोषणा गरिनेछ।
कसका लागी: विदेशी बासिन्दाहरू
- मुख्य सर्तहरू:
① जपनीमा लेक्चर दिन सक्नेहरू (कागजात जाँचग गरी निर्णय गरिनेछ)।
② तलको A र B दुबैमा भाग लिन सक्नेहरू।
A: अन्तर्वार्ता र परीचय /ब्याख्या: अगस्ट 27 (शनि) 13:30 -16:00
B: प्रशिक्षण: सेप्टेम्बर 10 (शनिवार) 12:45-16:30
*समय परिवर्तन हुन सक्नेछ ।
- कसरी आवेदन भर्ने: हुलाक वा इमेल मार्फत आवेदन फारम पठाउनुहोस्, वा व्यक्तिगत रूपमा ल्याउनुहोस्
- आवेदन समय सीमा: अगस्ट 19 (शुक्रबार) 17:00 सम्म (आइपुगेको हुनुपर्ने)
- आवेदन निर्देशहरू र आवेदन फारमहरू कसरी प्राप्त गर्ने: कृपया NIC वेबसाइटबाट डाउनलोड गर्नुहोस्।
मिति:
・अन्तर्वार्ता र परीचय /ब्याख्या: अगस्ट 27 (शनि) 13:30 -16:00
・प्रशिक्षण: सेप्टेम्बर 10 (शनिवार) 12:45-16:30
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 5 तल्ला, पहिलो सम्मेलन कार्यालय (1-47-1, नागोनो, नाकामुरा-कु, नागोया)
कती जना: तोकिएको छैन (छनौट)
आवेदन: अगस्ट 2 (मङ्गलबार) 10:00 देखि अगस्ट 19 (शुक्रबार) 17:00 सम्म, हुलाकको पत्र, वा व्यक्तिगत रूपमा। (हुलाक द्वारा
पठाएको पत्र अगस्त 19 सम्म आइपुग्नु पर्छ।)
आवेदन/जिज्ञासा: सांस्कृतिक आदानप्रदान सहयोग बिभागमा
फोन: 052-581-5691
इमेल: koryu@nic-nagoya.or.jp