नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम

ओमिक्रोन बिरुद्को खोप (12 वर्ष वा सो भन्दा माथिका उमेरका लागि थप खोप) सम्बन्धि( オミクロン株対応ワクチンの接種について)

2022.10.30

(यो पृष्ठ 2022 साल 10 महिना 21 गते सम्मको जानकारीमा आधारित रहेको छ।)

संक्रमण रोकथाम, संक्रमण प्रभाव रोकथाम, संक्रमण वृद्धिदर रोकथामको लागि ओमिक्रोन खोप लगाउन शुरु गरिएको छ।

खोप बारे विस्तृत जानकारी

खोप लक्षित व्यक्ति

पहिलो खोप (पहिलो पटक・दोस्रो पटकको खोप) लगाएर सकेका, 12 वर्ष वा सो भन्दा माथिका उमेरका नागोया नगर बासीहरू जसले अघिल्लो खोप लागाएको 3 महिना पूरा भएको अवस्थामा खोप लगाउन सकिने सम्भावना भएको ।  
(नोट 1) ओमिक्रोन विरुद्धको खोप वर्तमान समयमा प्रत्येक व्यक्तिलाइ एक पटक मात्र लगाइन्छ ।

खोप लगाउन सकिने अवधि

2023 साल 3 महिना 31 तारीख सम्म(योजना)

खोप शुल्क 

निःशुल्क (सबै सार्वजनिक खर्च)

प्रयोग गरिने खोप

नयाँ कोरोना भाइरसको सुरुवाती र ओमिक्रोन दुबैका लागि ओमिक्रोन खोप

प्रयोग गरिने खोप खोप लक्षित व्यक्ति
Pfizer 12 वर्ष वा सो भन्दा माथिका उमेर
Moderna 18 वर्ष वा सो भन्दा माथिका उमेर
ओमिक्रोन विरुद्धको खोपको प्रभाव बारे

यहाँ जाँच गर्नुहोस्।

खोप कुपन

・खोपको लागि, नागोया शहरद्वारा जारी गरिएको तेस्रो, चौथो वा पाँचौं कुनै एकको खोप कुपन आवश्यक पर्दछ।
・तेस्रो वा चौथो पटक खोप नलगाएको, त्यो समयको खोप कुपन प्राप्त गरेकाहरुले आफु संग भएको तर प्रयोग नगरिएको खोप कुपनले ओमिक्रोन विरुद्धको खोप लगाउन सक्दछन्। पहिलेनै खोप कुपन पठाइएकाहरुलाई फेरि पठाइने छैन। खोप कुपन हराएका अथवा बिगारेकाहरुले भने पुन: जारी गर्नको लागि आवेदन दिन आवश्यक पर्नेछ।
・दोस्रो, तेस्रो वा चौथो पटकको खोप लगाएको र अझै अर्को खोप कुपन प्राप्त नगरेकाहरुले भने अघिल्लो पटकको खोप लगाइएको मितिबाट 3 महिना पछि खोप कुपन पठाइन्छ। (खोप कुपनको वितरण तालिका शहरको वेबसाइट (जापानी भाषा) मा हेर्नुहोला) । यदि पठाउनको लागि निर्धारित गरिएको मितिबाट एक हप्ता कटे पछि पनि प्राप्त नगरेको अवस्थामा, खोप कुपन जारी गर्नको लागि आवेदन दिनुहोस्।

खोपको प्रकृया

चिकित्सा संस्थान तथा ठुला खोप केन्द्रमा खोप कार्यक्रम संचालन गरिएको छ। खोप प्राप्त गर्नका लागी औपचारिक बुकिङ गर्नु पर्ने छ।

विस्तृत जानाकरी, यहाँ  (PDF)

खोप कुपन जारी तथा पुन: जारी निवेदनको बारेमा 


नयाँ कोरोना भाइरस खोप लगाउन नागोया शहरद्वार जारी गरिएको खोप कुपन आवश्यक पर्दछ।
खोप कुपन प्राप्त नगरेमा वा खोप कुपन हराएको, बिग्रिएको खण्डमा खोप कुपन जारी गर्न वा पुन: जारी गर्न को लागी आवेदन दिनु पर्दछ।


निम्न लिखित बुँदाहरूमा मेल खान जाने व्यक्तिहरूले खोप कुपन जारी गर्नको लागि आवेदन अनिवार्य दिनुपर्नेछ।

・अघिल्लो खोप विदेशमा लगाएको खण्डमा* 
・अघिल्लो खोप, विदेशमा रहेका जापानी नागरिक लक्षित नयाँ कोरोना भाइरस खोप    कार्यक्रममा लगाएको खण्डमा*
・अघिल्लो पटक अमेरिकी सेनाले प्रदान गरेको खोप लगाएको खण्डमा*
・अघिल्लो पटकको खोप औषधि निर्माताको क्लिनिकल परीक्षणको रूपमा लगाएको खण्डमा*
・ बसोबास प्रमाणपत्रमा लेखिएको ठेगाना बाहेक अन्य ठेगानामा खोप कुपन पठाउन चाहेमा
・ खोप कुपन निर्धारित वितरण मिति बाट एक हप्ता बितिसक्दा पनि खोप कुपन प्राप्त नगरेको खण्डमा

* फाइजर, मोदरेना, एस्ट्राजेनेका, ताकेदा (नोभाभ्यक्स), अथवा जान्सेन् फर्माको खोप लगाएकाहरुमा सिमित ।
* फोसन मेडिकल, (फोसन फर्मा )/बायोनटेक द्वारा निर्मित (कमिर्नाती ) साथै भारतको सीरम अनुसन्धान संस्थान द्वारा निर्मित ''कोभिशिल्ड" ''कोभोभ्याक्स" समेत रहेकोछ।
* जान्सेन् फर्माको खोप, यदि विदेशमा एक पटक लगाएमा, जापानमा दोस्रो पटकको खोप लगाइएको मानिन्छ र यदि विदेशमा दुई पटकको खोप पूरा गरेको अवस्थामा, जापानमा तेश्रो पटकको खोप मानिन्छ।

निम्न मध्ये पर्ने व्यक्तिहरूले खोप कुपन पुन: जारी गर्न आवेदन दिनुपर्नेछ:

・ खोप कुपन हराएको वा च्यातिएको अवस्थामा 
・ खोप कुपन खोप लगाउनमा प्रयोग नगरी, डाक्टरसँगको परामर्श (पूर्व-परीक्षण) को लागि मात्र प्रयोग गरेको अवस्थामा

[आवेदन विधि]

इन्टरनेट वा हुलाक मार्फत आवेदन दिनुहोस्।
* अघिल्लो खोपको स्थिति पुष्टि गर्नको आवश्यक भएकोले फोनबाट आवेदन स्वीकार गरिने छैन ।

(इन्टरनेट मार्फत आवेदन)
यहाँ क्लिक गर्नुहोस् (जापानी भाषा मात्र)

(हुलाकबाट पठाउँदा)

〒460-8799 Nagoya Naka Yubin Kyoku Dome (Nagoya-shi Naka-ku Sannomaru 3-1-1)

To: Nagoya-shi Shingata Korona Uirusu Kansensho Taisakushitsu Sesshuken Hakko Tanto

*कृपया खाममा "खोप कुपन जारी आवेदन पत्र (औं खोपको लागि "Sesshuken Hakko Shiseishokaime sesshu yo"zaichu)" भनेर रातो अक्षरमा लेख्नुहोस्, 
↑ कृपया आवेदन गरिरहनु भएको खोप कुपनको सङ्ख्या लेख्नुहोस्।

【पेस गर्नु पर्ने कागजातहरु】

* नयाँ कोरोना भाइरस खोप कुपन (पुनः) जारी गर्ने आवेदन र मेलिङ ठेगाना परिवर्तन आवेदन (सामान्य तेस्रो, चौथो र पाँचौं पटक)

* अघिल्लो पटकको खोप स्थिति पुष्टि गर्न सक्ने निम्न कागजातहरू मध्ये कुनै एकको प्रतिलिपि

・ खोप प्रमाणपत्र (खोप लगाएको सिल टाँसिएको)
・ खोप रेकर्ड
・ खोप प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)
・अन्य नगरपालिकाको खोप कुपन (अघिल्लो पटकको खोपको स्थिति छापिएको कागजात)
(नोट) यदि तपाईंसँग माथिको कुनै पनि एक कागजात छैन भने, तपाईंको पहिचान प्रमाणिकरण कागजातको प्रतिलिपि (ड्राइभिङ इजाजतपत्र, स्वास्थ्य बीमा कार्ड, माई नम्बर कार्ड, आदि) आवश्यक पर्दछ।

आवेदन फारम (PDF)


12 वर्ष वा सोभन्दा माथिका लागि पहिलो खोप (पहिलो र दोस्रो पटकको खोप) पनि जारी गरिएको छ।


पहिलो र दोस्रो पटकको खोप चाहिं ओमिक्रोन विरूद्धको खोप नभई नयाँ कोरोना भाइरसको सुरुवाती खोप मात्रा हो। खोप कुपन नभएका व्यक्तिले खोप कुपन (पुन:) जारी गर्नका लागि आवेदन दिनु पर्नेछ।
 इन्टरनेट मार्फत आवेदन (जापानी भाषा)
・  फोन न.(052-228-7874 दर्ता समय  हरेक दिन बिहान 9:00 बजे देखि साँझ 5:30 बजे सम्म  ※ 12/29 ~1/3 बाहेकको दिन) आवेदन दिनुहोस्।


सोधपुछको लागि सम्पर्क

नागोया नयाँ कोरोना भाइरस सम्पर्क केन्द्र

・नयाँ कोरोना भाइरस खोप लगाउने सम्बन्धि सोधपुछ
 050-3135-2252 (प्रत्येक दिन बिहान 9:00 देखि साँझ 5:30 बजे सम्म) ※12/29~1/3 बाहेकको दिन

श्रवण कमजोरी (कान नसुन्ने तथा सुन्नमा कठिनाइ) आदिका कारण फोनमा कुराकानी गर्न कठिनाइ हुनेहरूको लागि सोधपुछ।
FAX:052-972-4386

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.