2025.03.12
NIC ग्लोबल सिटिजनशिप क्लासरूम, एक अन्तर्राष्ट्रिय समझदारी शिक्षा परियोजना हो, जसमा दर्ता भएका प्रशिक्षकहरूले विभिन्न विषयवस्तुहरू मार्फत, आफ्नो देश र अन्य देशहरूको परिचय गराउन, प्राथमिक र जुनियर हाईस्कूलहरू तथा स्थानीय संस्थाहरू भ्रमण गर्छन्। हामी, यस कक्षाकोठामा सक्रिय भूमिका खेल्न सक्ने प्रशिक्षकहरू को खोजिमा छौं (प्रशिक्षकको लागि पारिश्रमिकको बन्दोबस्त गरिने छ )। विस्तृत विवरणको लागि, कृपया भर्ती हुने प्रक्रिया हेर्नुहोस्।
●लक्षित व्यक्ति: टोकाई क्षेत्रमा बसोबास गर्ने बिदेशी वा, बिदेशी भूमिसित सम्बन्ध भएका व्यक्ति
●मुख्य सर्तहरू:
① जापानी भाषामा प्रस्तुती दिने क्षमता भएको (कागजात स्क्रीनिंग आवश्यक हुनेछ)।
② अन्तर्वार्ता/अभिमुखीकरण र तालिम, दुवैमा भाग लिन सक्ने व्यक्ति ।
●मिति र समय (अन्तर्वार्ता / अभिमुखीकरण / प्रशिक्षण): मार्च १२, २०२० (बुधवार) १३:३०-१६:३०
नागोया इन्टरनेशनल सेन्टरको पाँचौं तल्लास्थित सम्मेलन कोठा #१
●आवेदन अवधि: फेब्रुअरी 11 (मङ्गलबार/बिदा) 10:00 देखि मार्च 1 (शनिबार) 17:00 (बजे भित्र आइपुग्नुपर्ने)
●आवेदन विधि: इमेल, भ्रमण, वा मेल द्वारा स्वीकृत।
सोधपुछ: व्यापार विभाग
टेलिफोन: ०५२-५८१-५६९१
इ-मेल: koryu@nic-nagoya.or.jp