सोधपुछ
नागोया अन्तर्राष्ट्रिय केन्द्र अन्तर्राष्ट्रिय विध्यार्थी केन्द्र
〒455-0015 नागोया-सी मिनातो-कु कोउएइ 2-2-29
फोन नं. : 052-654-3511
रर्इमेल : isc@nic-nagoya.or.jp
आबासीय सुबिधाहरू
आईएससीले (ISC) अन्तर्राष्ट्रिय विध्यार्थीहरूको आवास सुविधा प्रदान गर्दछ, । यहाँ रहेका 80 वटा एकल-व्यक्ति कोठा र 10 वटा जोडी कोठाहरू (कुल 100 जना विध्यार्थी क्षमता) मा अन्तराष्ट्रिय बिधार्थिहरु बसोबास गर्न सक्दछन।
प्रशिक्षणा कार्यक्रमहरू
जापानी संस्कृति बारे बिध्यार्थीहरूलार्इ बुझाउन प्रत्येक वर्ष दुइ पटक प्रशिक्षण सत्र आयोजना गरिनेछ।
सहयोगी संघ-सस्था
अन्तर्राष्ट्रिय विध्यार्थीहरूले उनीहरुको आफ्नो देश र जापान बीचको मित्रतालाई बलियो बनाउन 'पुल' को रूपमा कार्य गर्दछन। जब 1990 मा स्थानीय व्यवसाय, समूह र मिनातो वार्ड निवासीहरुको सहयोग-संगठनको रुपमा आईएससी खुल्यो, यसले अन्तराष्ट्रिय विध्यार्थीहरुलाई सहयोग गर्ने र समुदाय भित्रको अन्तर्राष्ट्रिय भलाइलार्इ प्रबर्धन गर्ने गर्दछ।
ISC स्वयंसेवकहरू
दुई प्रकारका आधिकारिक स्वयंसेवकहरुबाट सहयोग पाइरहेको छ। जापानी भाषा स्वयंसेवकहरुले भाषागत सहयोग चाहिने अन्तराष्ट्रिय बिधार्थीहरुलाई जापानी भाषा पढाउछन। साँस्कृतिक आदानप्रदान स्वयंसेवकहरुले आफ्नो गृहदेशबाट टाढा अपरिचित बाताबरणमा बसिरहेका अन्तराष्ट्रिय बिधार्थिहरुलाई मनोरन्जरुपी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने र उनीहरुलाई सहयोगी बाताबरण प्रदान गर्ने गर्दछन।
पहुँच
मेट्रो रेल मेइको लाइन, मिनातो वाड कार्यालय स्टेशन (गेट नं. 2) बाट दक्षिण पट्टितिर हिडेर 200 मिटर।