नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】म नागोया शहरमा बस्ने विदेशी नागरिक हुँ। "प्रचलित नाम" दर्ता गर्न सकिन्छ भन्ने सुनेको छु। यो के हो? के यो आवश्यक छ?(名古屋市に暮らす外国人です。「通称名」を登録できると聞きました。これは何ですか?必要ですか?)

2026.08.18

Q:

 म नागोया शहरमा बस्ने विदेशी नागरिक हुँ। "प्रचलित नाम" दर्ता गर्न सकिन्छ भन्ने सुनेको छु।

यो के हो? के यो आवश्यक छ?

 

A:

विदेशी नागरिकले प्रयोग गर्न सक्ने "प्रचलित नाम" भनेको जापानमा बसोबास गर्दा दैनिक रूपमा प्रयोग गर्ने नाम हो।

निर्धारित सर्तहरू पूरा गरेमा, उक्त प्रचलित नामलाई बसोबास दर्ता प्रमाणपत्र (जुमिन्ह्यो) मा आफ्नो वास्तविक नाम (आधिकारिक नाम) सँगै उल्लेख गर्न सकिन्छ।

(प्रचलित नाम प्रयोग नगर्ने व्यक्तिले दर्ता गर्न आवश्यक छैन।)

 

आफ्नो देशमा प्रयोग हुने वास्तविक (आधिकारिक) नाम पढ्न गाह्रो वा धेरै लामो भएमा, जापानमा विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्दा असुविधा हुन सक्छ (जस्तै: नाम लेख्न गाह्रो हुने, नाम गलत लेखिने, आफ्नो पहिचान पुष्टि गर्न कठिन हुने आदि)।

प्रचलित नाम दर्ता गरेमा यस्ता समस्याहरू कम हुन सक्छन् र अरूसँग कुराकानी तथा सम्पर्क गर्न सजिलो हुन सक्छ।

 

प्रचलित नामसम्बन्धी ध्यान दिनुपर्ने कुराहरू

  • प्रचलित नामलाई बसोबास दर्ता प्रमाणपत्र (जुमिन्ह्यो) मा दर्ता गर्नका लागि निर्धारित सर्तहरू पूरा गर्नुपर्छ।

विस्तृत जानकारीका लागि आफू बसोबास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गरी बुझ्नुहोस्।

  • केही प्रक्रिया वा सम्झौतामा प्रचलित नाम प्रयोग गर्न नमिल्ने अवस्था पनि हुन सक्छ।

कुनै प्रक्रिया पूरा गर्दा प्रचलित नाम प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर पुष्टि गर्नुहोस्।

  • एक व्यक्तिले एउटा प्रचलित नाम मात्र दर्ता गर्न सक्छ।

  • एकपटक दर्ता गरिएको प्रचलित नाम सजिलै परिवर्तन गर्न सकिँदैन।

  • प्रचलित नाम हटाएपछि धेरैजसो अवस्थामा पुनः दर्ता गर्न नमिल्ने भएकाले, दर्ता गर्नुअघि राम्ररी विचार गर्नुहोस्।

 

प्रचलित नाम दर्ता गर्ने तरिका

1. प्रचलित नाम तय गर्ने

  • जापानी पारिवारिक दर्ता (कोसेकि) मा प्रयोग गरिने कान्जी, हिरागाना र काताकाना अक्षरहरू मात्र प्रयोग गर्न सकिन्छ। अल्फाबेट, हाङ्गुल, सरलीकृत चिनियाँ अक्षर र परम्परागत चिनियाँ अक्षर आदि प्रयोग गर्न सकिँदैन।

  • समाजमा प्रयोग गर्ने नामका रूपमा उपयुक्त नमानिने नाम स्वीकृत नहुन सक्छ।

 

2. दर्ता प्रक्रियाका चरणहरू

  • आफ्नो बसोबास दर्ता भएको वडा कार्यालयको नागरिक मामिला शाखामा दर्ता प्रक्रिया गर्नुपर्छ।

  • प्रचलित नाम दैनिक सामाजिक जीवनमा प्रयोग गर्दै आएको प्रमाणित गर्ने कागजात पेस गर्नुपर्छ।

उदाहरणः कर्मचारी परिचयपत्र, कार्यरत रहेको प्रमाणपत्र, तलब विवरण (पेस्लिप), विद्यार्थी परिचयपत्र आदि

  • यसका अतिरिक्त, अन्य आवश्यक कागजात पनि पेस गर्न अनुरोध गरिन सक्छ।
  • विस्तृत जानकारीका लागि आफू बसोबास गर्ने वडा कार्यालयको सम्बन्धित सेवा काउन्टरमा बुझ्नुहोस्।

 

विदेशी नागरिकहरूले प्रचलित नाम अनिवार्य रूपमा दर्ता गर्नुपर्छ भन्ने छैन।

प्रचलित नाम नभए पनि कुनै असुविधाबिना जीवनयापन गरिरहेका धेरै मानिसहरू छन्।

प्रचलित नाम दर्ता गर्ने वा नगर्ने भन्ने कुरा आफ्नो जीवनयापनका लागि उपयुक्त छ कि छैन भनेर विचार गरी निर्णय गर्नु राम्रो हुन्छ।

 

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.