2024.07.04
Q.
म गर्भवती छु। बच्चा जन्मिएपछि पैसा पाउन सकिन्छ भन्नेकुरा सुनेको थिए।
यसको लागि मैले के के गर्नु पर्दछ ? बच्चाको जाइरोसिकाकु (जापानमा बसोबास गर्नको लागि आबश्यक हुने निबास स्थिति पत्र ) कुन प्रकारको हुनेछ ?
A.
सबैभन्दा पहिले, अस्पताल जानुहोस् र गर्भावस्था भएको प्रमाणपत्र लिनुहोस्, त्यसपछि स्वास्थ्य केन्द्रमा जानुहोस् र त्यहाँ "मातृ र बाल स्वास्थ्य पुस्तिका"को लागि अनुरोध गर्नुहोस । एक पटक मातृ र बाल स्वास्थ्य पुस्तिका पाउनु भए पछि , तपाईंले बच्चा जन्माउने र बाल हेरचाह सम्बन्धी विभिन्न सेवाहरू प्राप्त गर्न सक्नुहेनेछ ।
बच्चा जन्मिएपछि , ``बाल जन्म र हेरचाह एकमुष्ट भत्ता'' भुक्तानी गरिन्छ। तपाईंले बच्चा जन्म दिनकोलागी योजना बनाउनुभएको मेडिकल संस्था (अस्पताल) मा आवेदन दिनुहोस्।
तपाईंको बच्चाको जन्म भएपछि, तपाईंले अस्पतालबाट जन्म प्रमाणपत्र प्राप्त गर्नुहुनेछ र बच्चाको जन्म भएको 14 दिन भित्र तपाईंले आफ्नो नगरपालिका कार्यालयमा जन्म प्रमाणपत्र पेश गर्नुपर्दछ ।
साथै, 30 दिन भित्र अध्यागमन ब्यूरो(एम्बेसी )बाट निवास स्थिति(जाईरियू सिखाकु ) प्राप्त गर्नको लागि आवेदन दिनुहोस्। आवश्यक कागजातहरू निम्न प्रकारका छन् ।
- निवास स्थिति प्राप्त गर्नको लागि आवेदन फारम,
- प्रश्नावली
- जन्म दर्ता स्वीकृति प्रमाणपत्र
- भर्खरै जन्मिएको बच्चाको नाम सहित घरका परिवारको सबै सदस्यहरूको आवास प्रमाणपत्र
- बच्चाको राहदानी
- अभिभावक(आमाबाबु)को निवास कर प्रमाणपत्र र कर भुक्तानी प्रमाणपत्र
- अभिभावकको रोजगार प्रमाणपत्र
- अभिभावकको निवास कार्ड र राहदानी
- पहिचान ग्यारेन्टी
बच्चाको निवास स्थिति आमाबाबुको निवास स्थितिमा निर्भर गर्दछ। थप जानकारीको लागि, कृपया अध्यागमन ब्यूरो (0570-013-904) लाई सम्पर्क गर्नुहोस्।
बच्चाको जन्म भएपछि आमाबाबुको सो-देशमा पनि दर्ता गर्नु पर्दछ । जापान वंशवाद प्रणालीमा आधारित देश हो । त्यसैले बच्चाको जन्म जापानमा भएतापनि जापानको वंशवाद प्रणालि अनुसार बच्चालाइ जापानी राष्ट्रियता प्रदान गरिदैन । अभिभावकको सो-देशमा बच्चाको नागरिकताको लागि आवेदन दिनुहोस र नागरिकता प्राप्त गर्नुहोस्।
- नागोया सिटी मीनातो वार्ड बाल हेरचाह चार्ट (अंग्रेजी, चिनियाँ, कोरियन 、पोर्चुगल, स्पेनिश, फिलिपिन, भियतनामी, नेपाली, उर्दू, थाई)
<गर्भावस्था देखि प्रसव सम्म>
https://www.city.nagoya.jp/minato/page/0000136318.html
<जन्म दिएपछि>
https://www.city.nagoya.jp/es/minato/page/0000136327.html
- नागोया शहर चिकुसा वार्ड बाल हेरचाह सहयोग गाइड (अंग्रेजी, चिनियाँ, भियतनामी, नेपाली)
https://www.city.nagoya.jp/chikusa/page/0000140247.html
- सार्वजनिक चासो फाउन्डेशन कानागावा इन्टरनेशनल एक्सचेन्ज फाउन्डेशन
विदेशीहरूको लागि बाल हेरचाह समर्थन साइट
यो वेबसाइट कानागावा प्रिफेक्चर मा एक संगठन द्वारा संचालित छ। यहाँ यसले तपाईंको बच्चाको जन्म हुँदा के गर्ने भन्ने बारे धेरै भाषाहरूमा बुझ्न सजिलो व्याख्याहरू प्रदान गरिएको छ।




