नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी

Q&A: पेन्सन को सम्बन्धमा: के म पेन्सन प्राप्त गर्न सक्छु? (年金について:私は年金をもらうことができますか?)

2024.10.18

Q.

जापानमा आउँदा म चाँडै आफ्नो देश फर्कने सोचमा थिएँ, र चाँडै फर्कने हो भने पेन्सन तिर्नु नपर्ने भनिएको थियो, त्यसैले मैले पेन्सन तिरेको थिएन। कम्पनीमा सामाजिक बीमा गर्न थालेदेखि पेन्सन तिर्दै छु। के म पेन्सन पाउन योग्य छु?

A.

A.जापानको पेन्सन प्रणाली, 2017 साल अगस्ट महिना देखि फरक भएको छ, 10 वर्ष सम्म बीमा प्रणालीमा सामेल हुँदै आउनुभएको छ भने, वृद्ध पेन्सनको भुक्तानी पाउन सकिने भएको छ। यदि कम्पनीमा 10 वर्षभन्दा बढी सामाजिक बीमा गरेर बीमा प्रिमियम तिर्दै हुनुहुन्छ भने, वृद्ध पेन्सन प्रदान गरिनेछ। पेन्सनमा छिर्नु भएको अवधि 10 वर्षभन्दा छोटो भए पनि, तपाईंको जापानमा पहिलोपटक आउने समय सामिल भएको खण्डमा वृद्ध पेन्सन प्राप्त गर्ने सम्भावना छ। यदि पेन्सन कार्यालयले तपाईं जापानमा कहिले आउनु भएको हो भनेर सोध्ने हो भने, आव्रजनले जारी गरेको विदेशी नागरिक रजिस्ट्रेशन कागजात तयारी गर्नुहोस्।

पेन्सन प्राप्त गर्ने रकम पेन्सन भुक्तानी गरिएका महिना संख्यामा आधारित हुन्छ। यदि तपाईंले पेन्सन तिर्न नसकेको अवधि छ भने, तपाईंले पाउने वृद्ध भत्ता रकम घट्नेछ।

यदि तपाईंले वृद्ध भत्ता प्राप्त गर्न सक्ने अवस्था छ भने, भुक्तानी सुरु हुने उमेरमा 3 महिना अघि पेन्सन कार्यालयबाट हरियो लिफाफामा सूचना आउँछ। यो लिफाफामा भएका आवेदन पत्रहरू पेन्सन कार्यालयमा बुझाउनु पर्छ, नत्र तपाईंले पेन्सन पाउन सक्नुहुन्न। यदि तपाईंले 10 वर्षभन्दा बढी पेन्सन भुक्तानी गरिसक्नुभएको छ भने, जापानमा नभए पनि प्रक्रिया गरेर पेन्सन प्राप्त गर्न सक्नुहुन्छ। थप जानकारीको लागि कृपया पेन्सन कार्यालयमा सम्पर्क गर्नुहोस्।

01 年金封筒.png

परामर्श फोन: 0570-05-1165 (अंग्रेजी, चिनियाँ, कोरियन, पोर्चुगिज पो, स्पेनिश, तागालोग, भियतनामी, इन्डोनेशियाली, थाई, नेपाली) ।

पेन्सन कार्यालयमा सम्पर्क गर्दा आधार पेन्सन नम्बर आवश्यक हुन्छ । आधार पेन्सन नम्बर पेन्सन पुस्तिकामा लेखिएको हुन्छ ।

02 年金手帳_オレンジ.jpg03 年金手帳_青.jpg

<नोट>

  • संलग्न गर्न सकिने अवधि

 पेन्सन नतिरेको भए पनि वृद्ध पेन्सन प्राप्त गर्न आवश्यक भएको पेन्सनमा भर्ना भएको अवधि।

 

  • विदेशी नागरिक रजिस्ट्रेशन कागजातको फारमको खुलासाको लागि अनुरोध

https://www.moj.go.jp/isa/publications/privacy/foreigner.html

 

<छवि स्रोत>

जापान पेन्सन निकायको वेब साइट"

https://www.nenkin.go.jp/international/index.html

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.