नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी

【NEW】Q&A: सार्वजनिक उच्च विद्यालयहरूमा अनलाइन आवेदन दिने बारे (公立高校のWEB出願について)

2024.12.15

Q:

सार्वजनिक उच्च विद्यालयको परीक्षा अनलाइन आवेदन मार्फत हुनेछ भन्ने सुनेको थिएँ । त्यस आवेदनमा, सबै कुरा जापानी भाषामा भर्नु पर्ने भएकोले, मैले सहि तरिकाले भर्न सक्छु कि सक्दिन होला,  अलि चिन्ता लागको छ । कृपया प्रक्रिया इत्यादि बारेमा मलाई बताइदिनुहोस् ।

A:

वेब फारम आवेदन प्रणाली आइची प्रिफेक्चरल बोर्ड अफ एजुकेशनले सञ्चालन गर्दै आएको छ । आवेदन दिन, स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट जस्ता इन्टरनेट जडान गर्न सकिने यन्त्रहरू प्रयोग गरिनेछ। प्रिन्टरको पनि आवश्यकता पर्ने हुँदा, यदि तपाईंको घरमा प्रिन्टर छैन भने, तपाईंले कंविनियन्स स्टोरको प्रिन्ट सेवा प्रयोग गर्न सक्नुहुन्छ।

डिसेम्बर महिनाको मध्यान्तरबाट , आवेदन प्रणाली खुलेपछि, सर्वप्रथम तपाईंले प्रयोगकर्ता दर्ता गर्नु पर्नेछ। त्यसपछि आवेदन अवधिमा, तपाईंले इच्छित विद्यालयको जानकारी र अन्य विवरणहरू दर्ता गर्नु पर्नेछ । परीक्षण शुल्क तिर्न, क्रेडिट कार्ड भुक्तानीको अलावा, कंविनियन्स स्टोर भुक्तानी आदि प्रयोग गर्न सक्नु हुनेछ । आवेदन जानकारी जाँच सकेपछि, तपाईंले परीक्षा प्रवेश पत्र डाउनलोड गर्न सक्नुहुनेछ । यसलाई प्रिन्ट गरी, परीक्षा दिन जाने दिन, आफु संगै लिएर जान नबिर्सिनु होला ।

जापान बाहेक, अरु कुनै देशका माध्यमिक विद्यालयबाट स्नातक गरेका व्यक्तिले, स्नातक प्रमाणपत्र देखाएर, आफु आवेदन दिन योग्य भएको प्रमाणित गर्नु पर्नेछ। यसबारे थप जानकारीको लागि आइची प्रिफेक्चरल बोर्ड अफ एजुकेशनको उच्च विद्यालय शिक्षा विभागमा सम्पर्क गर्नुहोस्।

आइची प्रिफेक्चरल बोर्ड अफ एजुकेशन, हाई स्कूल शिक्षा डिभिजन

3-1-2 सन्नोमारु, नाका-कु, नागोया प्रिफेक्चरल अफिस वेस्ट बिल्डिङ 9 औं तला

सम्पर्क नं: 052-954-6786

समाचार र कार्यक्रम

Copyright © Nagoya International Center All rights reserved.