2025.01.17
Q:
जब म ६५ वर्ष पुगें, मैले नर्सिङ हेरचाह बीमा प्रिमियम तिर्ने प्रक्रियाहरू सम्बन्धी कागजातहरू प्राप्त गरें। मलाई अहिले नर्सिङ हेरचाहको आवश्यकता नभएकोले, मैले यो बीमा तिर्नु पर्छ कि पर्दैन ?
A:
वास्तवमा, नर्सिङ हेरचाह बीमा प्रिमियमहरू 40 वर्षको उमेरदेखि स्वास्थ्य बीमा प्रिमियमहरू सँग सङ्कलन गरिन्छ।
40 वर्षको उमेर पुग्दासम्म उच्च सम्भावना हुन सक्छ कि, तपाई वा तपाईका आमाबाबुलाई बिरामी वा अन्य कारणले गर्दा नर्सिङ हेरचाह चाहिन्छ किनभने, यो समय जीवनको लगभग त्यो ताका हुन आउंछ। 40 वर्षभन्दा माथिका मानिसहरूले, पहिले नै स्वास्थ्य बीमा प्रिमियमहरू तिरिसकेका हुन्छन।
यद्यपि, एक पटक तपाईं 65 वर्षको उमेरमा पुग्नुभयो भने, तपाईं आफ्नो कम्पनी मार्फत स्वास्थ्य बीमामा भर्ना भए पनि, वा तपाईंले राष्ट्रिय स्वास्थ्य बीमाको लागि आफैले तिरिराख्नु भएपनि, आफ्नो नर्सिङ हेरचाह बीमा प्रिमियमहरू भने, तपाईं बस्नुभएको सहर, वार्ड, वा गाउँमै नतिरी नहुने हुन्छ। ।
आफु ६५ वर्ष पुग्नुभएको महिनामा, तपाईंले आफ्नो सहर, वार्ड वा गाउँबाट नर्सिङ हेरचाह बीमा प्रिमियमको भुक्तानी स्लिप प्राप्त गर्नुहुनेछ।
जापानमा "निवासी रेकर्ड" भएका सबै व्यक्तिहरूले नर्सिङ हेरचाह बीमा प्रिमियमहरू तिर्नु आफ्नो दायित्व हो भन्ने कुरा बुझेर, तिर्नु पर्छ।
नर्सिङ हेरचाह बीमा प्रिमियमहरू स्वास्थ्य बीमा प्रिमियमहरू जस्तै हुन्छन, र यसको रकम पनि तपाईंको अघिल्लो वर्षको आम्दानीमा निर्भर गर्दछ।
65वर्षको उमेरदेखि, तपाईंले वृद्धावस्थासम्म पेन्सन प्राप्त गर्न सक्नु हुनेछ।
प्रति वर्ष, 180,000 येन वा सोभन्दा बढी पेन्सन प्राप्त गर्ने व्यक्तिहरूले, नर्सिङ हेरचाह बीमा प्रिमियमको रकम पेन्सनमै कटाएर मात्र प्राप्त गर्न सक्नेछ।
तपाईंको पेन्सनबाटै कटौती नहुँदासम्म, तपाईंले आफैले भुक्तानी पर्ची प्रयोग गरि बैंक मार्फत सो तिर्नु पर्नेछ।
नर्सिङ हेरचाह बीमा प्रिमियमहरू तिरेर, तपाईंले विभिन्न प्रकारका नर्सिङ हेरचाह सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
65 वर्ष वा सोभन्दा माथिका, बीमा गरेका व्यक्ति, जो श्रेणी 1 अन्तर्गतमा पर्नु हुन्छ र उनीहरुलाई नर्सिङ हेरचाह तथा सपोर्टको आवश्यकता परेको प्रमाणित हुन्छ भने, यस दायरामा परेका व्यक्तिले नर्सिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ।
40 वर्ष वा सोभन्दा माथिको तर 65 वर्षभन्दा कम उमेरको श्रेणी 2 बीमा गरेका व्यक्ति, जसलाई उमेर बढेर लाग्ने रोग (विशिष्ट रोग) लाग्छ, अनि त्यस रोग कै कारणले नर्सिङ हेरचाह आवश्यक परेको प्रमाणित हुन्छ भने, यस दायरामा परेका व्यक्तिले नर्सिङ सेवा प्राप्त गर्न सक्नुहुनेछ।
* विशिष्ट रोगहरूमा क्यान्सर र डिमेन्सिया सहित 16 प्रकारका रोगहरूमा पर्छन। विशिष्ट रोगको रूपमा पहिचान गर्न, उपस्थित चिकित्सकबाट निदान आवश्यक छ।