【NEW】Q&A: म आइची प्रिफेक्चरको सार्वजनिक माध्यमिक विद्यालयमा , विदेशी विद्यार्थी छनोट चयनद्वारा प्रवेश परीक्षा दिन चाहन्छु। त्यसैले उक्त चयन परिचालन गर्दै आएका माध्यमिक विद्यालयहरूको सुची उपलब्ध गरिदिनुहुन आग्रह गर्दछु । (愛知県内の公立高校を、外国人生徒等選抜で受検したい)
2025.03.25
Q: म आइची प्रिफेक्चरको सार्वजनिक माध्यमिक विद्यालयमा , विदेशी विद्यार्थी छनोट चयनद्वारा प्रवेश परीक्षा दिन चाहन्छु। त्यसैले उक्त चयन परिचालन गर्दै आएका माध्यमिक विद्यालयहरूको सुची उपलब्ध गरिदिनुहुन आग्रह गर्दछु ।
A:२०२५सालमा विदेशी विद्यार्थी छनोट चयनद्वारा प्रवेश परीक्षा सञ्चालन गर्ने सार्वजनिक माध्यमिक विद्यालयहरूको सुची निम्नानुसार छ।
आइची प्रिफेक्चरल नागोया मिनामी हाई स्कूल, सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल कोमाकी हाई स्कूल ,सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल हिगाशिउरा हाई स्कूल ,सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल कोरोमोदाइ हाई स्कूल, सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल आनज्यॊउ मिनामी हाई स्कूल, सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल मितो आओबा हाई स्कूल, सामान्य पाठ्यक्रम
आइची प्रिफेक्चरल टोयोटा कोउखा हाई स्कूल ,औद्योगिक पाठ्यक्रम
आइची प्रिफेक्चरल टोयोकावा प्राविधिक हाई स्कूल औद्योगिक विभाग
आइची प्रीफेक्चरल नाकागावा सेइवा हाई स्कूल क्यारियर व्यवसाय विभाग
आइची प्रिफेक्चरल इवाकुरा जनरल हाई स्कूल समग्र शाखा विभाग
आइची प्रिफेक्चरल चिर्यु हाई स्कूल समग्र शाखा विभाग
आइची प्रिफेक्चरल टोयोहाशी निशी हाई स्कूल समग्र शाखा विभाग
・प्रवेश क्षमता, सम्बन्धित उच्च विद्यालय र शैक्षिक कार्यक्रमको विद्यार्थी सङ्ख्याको लगभग 5% सम्म सीमित छ।
・विदेशी विद्यार्थी छनोट प्रक्रियामा सहभागी हुनका लागि, जापान आएको ६ वर्षभन्दा बढी समय नहुने व्यक्तिहरूलाई मात्र अनुमति दिइन्छ।
・शैक्षिक योग्यता को परीक्षा चाही,भाषा, गणित र अंग्रेजीका आधारभूत विषयहरूमा आधारित हुनेछ, र खान्जी मा फुरीगाना दिइनेछ। परीक्षा समाप्ति पछि अन्तर्वार्ता हुनेछ।




