2025.04.08
Q:
अप्रिल महिनादेखि काम गर्न सुरु गरी, मेरो पहिलो तलब पनि पाएँ। तलब सगैँ तलब पर्ची भन्ने पत्र पनि पाएँको थिएँ। कृपया मलाई मेरो तलब र मेरो तलब पर्चीमा के लेखिएको छ भन्ने बारे बुझाँइदिनु हुन अनुरोध गर्दछु ।
A:
तपाईंले तलबको रूपमा प्राप्त गर्नुहुने रकममा तपाईंको आधारभूत तलब (तपाईंको सम्झौता पत्रमा ``तलब' भनेर लेखिएको रकम), साथै आवतजावत खर्च, ओभरटाइम भत्ता, आवास भत्ता, परिवार भत्ता(निर्भर भत्ता), र योग्यता भत्ता जस्ता भत्ताहरुपनि थपिएको हुन्छ। कम्पनी अनुसार थपिने भत्ता रकमचाहिँ फरक-फरक हुने गर्दछ।
साथै, तपाई कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ भने , तपाईको तलबबाट प्रत्यक महिना केहि रकम कटौती गरिने गरिन्छ। सामाजिक बीमा (स्वास्थ्य बीमा, कल्याण पेन्सन, रोजगारी बीमा) ,आयकर , निवासी कर, र कम्पनी द्वारा तोकिएको अन्य शुल्क( खाजा शुल्क, संघ शुल्क, आदि) इत्यादि रकम कटौती गरिने गरिन्छ।
सामान्यतया, थपिने रकम र कटौती गरिने रकमबारे तपाई उक्त कम्पनीमा कार्यरत हुनु अगाडिनै व्याख्या गर्नुको साथै सम्झौता पत्रमा पनि लेखिएको हुन्छ। यदि तपाईंलाई यस बारेमा थाहा छैन भने, तपाईंको कम्पनीको तलब बिभागको सम्बन्धित ब्यक्तिलाई सोध्न पनि सक्नुहुन्छ।
■तलब पर्चीको नमुना
■तलब पर्ची मा समाबेश गरिने कुराहरु (नमुना मात्रै)
- भुक्तानी रकम : प्राप्त गरिने जम्मा रकम
- आधारभूत तलब: आधारभूत तलब (सम्झौता पत्रमा तोकिएको रकम)
- ओभरटाइम भत्ता: अफ्नो तोकिएको समय भन्दा बढि समय काम गरे बापतको भत्ता।
- योग्यता भत्ता: यदि तपाईंसँग तपाईको कार्यरत क्षेत्र सम्बन्धित कुनै योग्यता पत्र छ भने त्यस बापत प्राप्त गर्न सकिने भत्ता।
- आवास भत्ता: घर भाडाको लागि सहायक रकम
・पारिवारिक भत्ता: सँगै बस्ने सदस्यको लागि आश्रित भत्ता (जस्तै बच्चाहरूको लागि ) ।
- आवतजावत खर्च: काममा आउन जानको लागि लाग्ने यातायात खर्च (कर छुट)
- कटौती: कटौती गरिने रकम
- स्वास्थ्य बीमा: चिकित्सा हेरचाह प्राप्त गर्नको लागि गरिने बीमा।
- कल्याण पेन्सन : वृद्ध वा अशक्त भई काम गर्न नसक्ने अवस्थामाको लागि गरिने बीमा ।
- रोजगारी बीमा: तपाईंले आफ्नो जागिर छोड्दाको लागि गरिने बीमा।
- आयकर: प्राप्त तलब रकम अनुसार राष्ट्रलाई तिर्नु पर्ने कर।
निवासी कर: तपाई आफु बस्नुभएको नगरपालिकालाई तिर्नु पर्ने कर ( कार्यरत हुनु भयको १ वर्ष पछिदेखि तिर्नु पर्ने हुन्छ)।
■थप जनकारी यहाँबाट पाउन सक्नुहुन्छ।
https://www.pref.aichi.jp/soshiki/tabunka/soukitekioucurriculum.html
आइची प्रिफेक्चर द्वारा प्रकाशित: ``आइची प्रिफेक्चरमा शान्ति र सुरक्षित जीवनको आनन्द लिनको लागि समर्थन गाइडबुक, अध्याय १: काम/पैसा'' ( २०२० साल जनवरीमा प्रकाशित)
<जापानी भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319506.pdf
<अंग्रेजी भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319581.pdf
<पोर्चुगालि भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319518.pdf
<स्पेनिश भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319559.pdf
<चाइनिज भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319530.pdf
<फिलिपिनो भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319539.pdf
<भियतनामी भाषा>
https://www.pref.aichi.jp/uploaded/attachment/319549.pdf
<इन्डोनेसियाली भाषा>