नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

प्राथमिक विद्यालयमा प्रवेश गर्ने प्रक्रियाहरू बारे(小学校入学の手続き)

2025.08.01

जापानमा, अप्रिल 2, 2019 देखि अप्रिल 1, 2020 सम्म मा जन्मेका बच्चाहरू 2025 को अप्रिल मा प्राथमिक विद्यालयमा प्रवेश गर्नेछन्।


विदेशी नागरिकता भएको बच्चा यदि नागोया नगरपालिकाको प्राथमिक विद्यालयमा भर्ना गर्ने इच्छा भएमा , कृपया तपाईको वडा कार्यालय अफिस, नागरिक प्रभाग (वा शाखा कार्यालय, नागरिक बिभाग कर्मचारी) मा आवेदन दिनुहोस्।(नागोयाको बासिन्दाको रूपमा दर्ता नभएका बालबालिकाहरूलाई पनि विद्यालयमा भर्ना गर्न सकिने अवस्था हुन सक्छ )


नागोया शहरमा,तपाइको बस्ने ठाउँ अनुसार भर्ना गर्न सकिने विद्यालय निर्धारण हुन्छ त्यसकारण बालबालिकाहरूलाई नागोया नगरपालिकाको कुन प्राथमिक विद्यालयमा भर्ना गर्ने भनेर स्वतन्त्र रूपमा छनौट गर्न मिल्दैन । यदि तपाईं नागोया नगरपालिकाको प्राथमिक विद्यालय बाहेक अरू विद्यालयमा भर्ना गर्न चाहनुहुन्छ भने, कृपया ती प्रत्येक विद्यालयमा गएर भर्ना प्रक्रियाहरू पूरा गर्नुहोस्।


नागोया शहरमा, विदेशी नागरिकता भएको बालबालिकाहरुको विद्यालय भर्ना स्थितिको पुष्टि गर्दैछौं। अर्को वर्षको अप्रिलमा प्राथमिक विद्यालयमा प्रवेश गर्ने बालबालिका भएका परिवारहरूका लागि, हामीले अर्को कागज "विद्यालय भर्ना स्थितिको सर्वेक्षण" पठाएका छौं। त्यसैले, कृपया वडा कार्यालय नागरिक  प्रभाग (वा शाखा कार्यालयको नागरिक बिभाग कर्मचारी) मा जवाफ पठाउनुहोस । सहयोगको लागि धन्यवाद।

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.