नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

जनगणनाको बारेमा(国勢調査について)

2025.08.17

Q:

①जनगणना भनेको के हो?

②के जनगणनामा विदेशीहरू पनि समावेश हुन्छन्?

③जनगणना कहिले र कसरी गरिन्छ?

 

A:

①・यो जापानमा सबैभन्दा महत्वपूर्ण तथ्यांक सर्वेक्षण हो। प्रश्नावली (調査票) मार्फत, जापानमा बसोबास गर्ने मानिसहरू र तिनीहरूको परिवार (*1) को अवस्था बारे जानकारी सङ्कलन गरिन्छ।

・जनगणनाबाट प्राप्त तथ्यांक र जानकारीहरू जीवनस्तर सुधार गर्न, भूकम्पजस्ता प्रकोपको तयारी गर्न योजना बनाउँदा आधार सामग्रीको रूपमा प्रयोग गरिन्छ, साथै विभिन्न क्षेत्रहरूमा व्यापक रूपमा उपयोग गरिन्छ।

 

②जापानमा बसोबास गर्ने विदेशीहरू सहित सबै व्यक्ति र परिवारहरू जनगणनाको लक्षित समूहमा पर्छन्, त्यसैले विदेशीहरू पनि पर्छन्।

 

③・यो सर्वेक्षण प्रत्येक 5 वर्षमा एक पटक गरिन्छ। यस वर्ष जापानको जनगणनाको वर्ष हो, र 2025 अक्टोबर 1 को अवस्थालाई आधारित गरेर जानकारी सङ्कलन गरिनेछ।

・त्यसकारण, सेप्टेम्बर महिनाको अन्त्यतिर सर्वेक्षण कर्मचारीहरू (*२) घरमै आएर सर्वेक्षण फारामहरू बाँड्नेछन्। यदि घरमा कोही नभएमा, सर्वेक्षण फारामहरू पोस्ट बक्समा राखिने सम्भावना पनि हुन्छ।

・यदि गणक घरमा आएका छन् वा प्रश्नावली पोष्टबक्समा राखिएको छ भने, कृपया सो कागजमा उत्तर दिनुहोस्। तपाईं इन्टरनेटमार्फत उत्तर दिन सक्नुहुन्छ, वा कागजी प्रश्नावली हुलाकमार्फत पठाउन अथवा गणकलाई प्रत्यक्ष बुझाउन पनि सक्नुहुन्छ।

 

 

*1:「世帯(परिवार)」 भन्नाले :

एउटै घरमा बसोबास गर्ने र खर्च (जस्तै खाना, भाडा, बिजुली आदि) सँगै गर्ने मानिसहरूको समूहलाई जनाइन्छ।

एउटै मानिस एक्लै बस्ने अवस्थामा पनि, त्यो व्यक्ति छुट्टै परिवार को रूपमा मानिन्छ।

*2:「जनगणना अधिकृत」 भन्नाले:

जापान सरकारको आन्तरिक मामिला मन्त्रीले नियुक्त गर्ने अस्थायी राष्ट्रिय कर्मचारी (अस्थायी सरकारी कर्मचारी) लाई जनाइन्छ।

इन्टरनेटमार्फत, तपाईं आफ्नै शब्दमा जनगणनाको प्रश्नहरूको उत्तर दिन सक्नुहुन्छ र सोधिएका प्रश्नहरूको विषयवस्तु गर्न सक्नुहुन्छ , हेर्नासक्नुहुन्छ ।

 → https://www.kokusei2025.go.jp/language/

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.