नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】विदेशी चालक अनुमतिपत्रलाई जापानी चालक अनुमतिपत्रमा परिवर्तन गर्ने तरिका बारे (Gaimen Kirikae) (外国の運転免許から日本の運転免許への切り替えについて(外免切り替え))

2025.10.16

Q:

म अहिले आइची केन् मा वसोवास गर्दै आइरहेको छु। अहिले म संग भयको आफ्नो देशको चालक अनुमतिपत्रलाई जापानको चालक अनुमतिपत्र मा परिवर्तन गर्न चाहन्छु।  अक्टोबरदेखि प्रणाली परिवर्तन भएको भन्ने सुनेको छु। मैले के-के गर्नुपर्छ?

 

A:

विदेशी चालक अनुमतिपत्र( लाईसेन्स)बाट जापानी चालक अनुमतिपत्रमा परिवर्तन  गर्न, तपाईंले परीक्षा पास गर्नुपर्छ।

आइची प्रान्तभित्र, तल उल्लेखित दुई स्थानहरूमा परीक्षण दिन सकिन्छ।

  • हीराबारी (Hirabari) सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र(ठेगाना: नागोया सी तेनपाकु कु हिराबारी मिनामी 3-605 फोन नं: 052-800-1352)
  • हिगासी मिकावा सवारी चालक अनुमतिपत्र केन्द्र (टोयोकावा सी , कानाया निशि माची 2-7 फोन नं: 0533-85-7181)

 

यो परीक्षा निम्न सबै सर्तहरू पूरा गर्ने ब्यक्तिहरुले दिन सक्नुहुनेछः

  • तपाईंले आफ्नो विदेशी चालक अनुमतिपत्र प्राप्त गर्नुभएको देशमा कुल तीन महिना वा सोभन्दा बढी समय बसोबास गर्नुभएको हुनुपर्छ।
  • उक्त विदेशी अनुमति पत्र सो देशमा मान्य र समय अवधि भयको हुनुपर्छ।
  • आइची केन् भित्र बसोबास गर्दै हुनुपर्छ।

→ 2025 साल अक्टोबर 1 देखि, तपाईंले निवासी अभिलेख (ज्युमिन-ह्योउ) पेश गर्नुपर्नेछ।

तपाईंले पेश गर्नुभएको निवासी अभिलेखमा तपाईंको राष्ट्रियता अथवा भिसाको प्रकार, तपाईंको भिसाको म्याद समाप्त हुने मिति, र तपाईंको निवास कार्ड (जाईर्युउ कार्ड) को नम्बर जस्ता जानकारीहरु समावेश हुनुपर्छ।

 

परीक्षा दिनको लागि, तपाईंले आइची प्रिफेक्चरल प्रहरीको वेबसाइट मार्फत अग्रिम आरक्षण गर्नुपर्छ।

जापानी भाषा बुझ्ने व्यक्तिसँगै आरक्षण (Appointment) र विवरण पुष्टि गर्नुहोस्।

★पूर्व-आरक्षण वेबसाइट (जापानी भाषा) :https://ttzk.graffer.jp/pref-aichi-police

★पूर्व-आरक्षण वेबसाइट प्रयोग गर्ने तरिका (जापानी भाषा) :https://x.gd/7S71D

 

एक पटक तपाईंले आरक्षण गरिसकेपछि, कागजात जाँच → भुक्तानी → योग्यता परीक्षण/ज्ञान जाँच → व्यावहारिक सीप जाँचको क्रममा प्रक्रिया अगाडि बढ्नेछ।

यदि सबै परीक्षा उत्तीर्ण गरियो भने, जापानी सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्रदान गरिन्छ।

★ कागजात जाँचको समयमा विदेशी चालक अनुमतिपत्रको जापानी भाषामा अनुवाद आवश्यक हुन्छ।

★ ज्ञान जाँच परीक्षा अंग्रेजी र पोर्चुगिज सहित अन्य 20 भाषाहरूमा उपलब्ध छ, बार अनुसार  उपलब्धित  भाषाहरू फरक फरक हुन्छ। (2025 साल अक्टोबर १ देखि टर्की भाषा भने उपलब्ध हुनेछैन)।

★ 2025 साल अक्टोबर १ देखि, ज्ञान परीक्षणको लागि प्रश्नहरूको संख्या 50 मा परिवर्तन गरिनेछ, र उत्तीर्ण अंक 90% वा सोभन्दा माथि हुनेछ।

★ 2025 साल अक्टोबर १ देखि, ज्ञान परीक्षण दिनको एक पटक मात्र हुनेछ, दिउँसो 13:30 बजेबाट सुरु हुनेछ। (हीराबारी (Hirabari) सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र)

 

※ संयुक्त राज्य अमेरिका (केही राज्यहरू), क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, ताइवान तथा अन्य केही देश वा क्षेत्रहरूमा प्राप्त अनुमति पत्रको हकमा, लेखित र व्यवहारिक दुवै परीक्षा छूट हुने सम्भावना पनि हुन सक्छ।

 

★विदेशी चालक अनुमति पत्रलाई जापानी अनुमति पत्रमा परिवर्तन गर्ने प्रक्रियामा अन्य पनि विभिन्न शर्तहरू लागू हुन्छन्। विवरणका लागि, कृपया अनिवार्य रूपमा तल दिइएको आइची प्रान्तीय प्रहरीको वेबसाइट हेर्नुहोस्।

https://x.gd/rhGMn

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.