नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】नयाँ वर्षमा केही समयका लागि आफ्नो देश जानेछु। त्यसपछि जापान फर्केपछि के-के प्रक्रिया गर्नुपर्ने हुन्छ?(年末年始に一時的に母国に帰ります。その後、日本に戻ってくる時の手続きはどうしますか?)

2025.12.25

Q:

नयाँ वर्षमा केही समयका लागि आफ्नो देश जाने योजना छ। जापानबाट जानु अघि पुनःप्रवेश अनुमति लिन जरुरी छ कि छैन?

त्येस वेलामा अहिले हालको भिषाको प्रकार (जाइर्युशिकाकु- बसोबास योग्यता) के हुन्छ?

फेरि पुनःप्रवेश अनुमति लिनुपर्ने बेलामा ध्यान दिनुपर्ने कुराहरू सिकाइदिनुहोस्。

 

A:

पुनःप्रवेश अनुमति, भनेको जापानमा बस्ने विदेशीले व्यापार, भ्रमण वा अस्थायी रूपमा आफ्नै देश फर्केर फेरि जापान फर्किन सजिलो हुने व्यवस्था हो।

पुनःप्रवेश अनुमति लिएर फर्केपछि पहिलेको पुरानै भिषाको प्रकार (जाइर्युशिकाकु- बसोबास योग्यता) र बसाइ अवधि कायम रहन्छ। 

तर विदेशमा हुँदा (जाइर्युकार्ड - बसोबास योग्यता) को म्याद सकिएमा अनुमति लिए पनि भिषा (जाइरिउशिकाकु- बसोबास योग्यता) समाप्त हुन्छ, त्यसैले ध्यान दिनुपर्छ।

पुनःप्रवेश अनुमति भनेको, एक वर्षभन्दा बढी विदेश गएर फर्किने वा एक वर्षभित्र फर्किने अनुसार प्रणाली फरक हुन्छ।

एक वर्षभन्दा बढी विदेश गएर जापान फर्किने अवस्थामा 'पुनः प्रवेश अनुमति' लिनुपर्छ।

यदि एक वर्षभन्दा बढी विदेश गएर जापान फर्किने योजना छ भने, 'पुनःप्रवेश अनुमति' लिनको लागि (आव्रजन कार्यालयमा, Immigration Office)  (नागोया शहरमा बस्ने भए नागोया आव्रजन कार्यालयमा「Immigration Office) आवेदन दिनु र अनुमति प्राप्त गर्नु आवश्यक हुन्छ।

पुनःप्रवेश अनुमति दुई किसिमका हुन्छन्।

  • एकपटक मात्र मान्य हुने पुनःप्रवेश अनुमति

→शुल्क: 4,000 येन (अनलाइन आवेदन गर्दा 3,500 येन)

②मान्य अवधि भित्र जति पटकपनि पुनःप्रवेश गर्न सकिने अनुमति

→・शुल्क: 7,000 येन (अनलाइन आवेदन गर्दा 6,500 येन)

 →・मान्य अवधि: हालको भिषाको प्रकार '在留資格' को अवधि भित्र, अधिकतम 5 वर्ष (विशेष स्थायी बसोबास अधिकार भएका व्यक्तिका लागि 6 वर्ष)

※विस्तृत जानकारी र आवेदन फारम यहाँबाट हेर्न सकिन्छ।↓

  https://www.moj.go.jp/isa/immigration/procedures/16-5.html

 *2025 साल 12 डिसेम्बरमा

एक वर्ष भित्रमा जापान फर्किर आउने अवस्थामा (मिनासी - कानूनी रूपमा मानिएको ) पुनःप्रवेश अनुमति」>

आफ्नो देश फर्किएको अथवा जापानबाट बाहिरिएको मितिबाट 1 वर्षभित्र (विशेष स्थायी निवासीको हकमा 2 वर्षभित्र) फेरि जापान फर्कने योजना छ भने,प्रस्थान-प्रवेश व्यवस्थापन कार्यालय (आप्रवासन तथा बसोबास नियन्त्रण कार्यालय) मा गएर पुनःप्रवेश अनुमति लिनु आवश्यक हुँदैन। यसको सट्टामा, जापान छोड्ने बेला एयरपोर्टको इमिग्रेशन अफिसरलाई (मिनासी - कानूनी रूपमा मानिएको ) पुनःप्रवेश)"को रूपमा बाहिरिँदैछु भनेर बताउनुपर्छ।

अझ बिस्तृत रूपमा, 「पुनःप्रवेशको लागि बाहिरीने रेकर्ड (पुनःप्रवेश) ( ईडी कार्ड - प्रस्थान प्रवेश कार्ड )」 भर्नुपर्ने हुन्छ।
त्यहाँ रहेको "यो अस्थायी रुपमा जापानबाट बाहिरिनु हो र पुनः जापान फर्कने योजना छ" भन्ने ठाउँमा
चेक () लगाउनुपर्छ।

पुनःप्रवेश बाहिरिने रेकर्ड (पुनःप्रवेश) ( ईडी कार्ड - प्रस्थान‑प्रवेश कार्ड )

 इमिग्रेशन कार्यालयमा अधिकारीलाई देखाएर, "मिनाशी पुनःप्रवेश अनुमति" प्रयोग गरेर बाहिरिने इच्छा रहेको कुराचाहि जानकारी दिनुहोस्।

※मान्य पासपोर्ट र (जाइर्युकार्ड - बसोबास योग्यता) (विशेष स्थायी बसोबास अनुमति पाउको व्यक्तिले "विशेष स्थायी बसोबास प्रमाणपत्र") साथमा लैजानु आवश्यक छ।

★ध्यान दिनुपर्ने कुरा: देश छोडेको दिनदेखि एक वर्ष पूरा हुनु अघि नै बसोबास अवधि समाप्त भएमा, बसोबास अवधि समाप्त हुने दिन नै पुनःप्रवेशको अन्तिम मिति हुनेछ।

→देश छोडेको दिनदेखि एक वर्षभित्र र बसोबास अवधि भित्रै जापान फर्किनु जरुरी छ।

पुनःप्रवेश अनुमति वा ( मिनासी - कानूनी रूपमा मानिएको ) पुनःप्रवेश अनुमति दुवै प्रयोग गरेर, बसोबास अवधि थप्न आवेदन दिएको बेलामा पनि जापान बाहिर जान सकिन्छ।

तर, इमिग्रेशन कार्यालयमा (Immigration Office) बाट जाँच प्रक्रियासम्बन्धी सम्पर्क आउन सक्ने भएकाले, जापान बाहिर हुँदा पनि सम्पर्क गर्न सकिने अवस्था बनाउनु राम्रो हुन्छ।

★जापानबाट बाहिरिनु अघि अवश्य पुनःप्रवेश अनुमति सम्बन्धी कुरा इमिग्रेशन कार्यालयमा (Immigration Office) मा जानकारी गराउनुहोस्।

★विस्तृत जानकारीका लागि, इमिग्रेशन कार्यालयमा (Immigration Office) को "पुनःप्रवेश अनुमति आवेदनको "( WEBPAGE बाट )हेर्न सक्नुहुन्छ।

  https://www.moj.go.jp/isa/immigration/procedures/16-5.html

 

*विशेष स्थायी बसोबास अनुमति पाउने व्यक्ति

विशेष स्थायी बसोबास अनुमति पाउने व्यक्तिहरूले "जापानसँगको शान्ति सन्धि अनुसार जापानी नागरिकता छोडेका व्यक्तिहरूको इमिग्रेशन कार्यालयमा (Immigration)व्यवस्थापन सम्बन्धी विशेष कानुन ( निउखानतोकुरेइहोउ - आप्रवासन विशेष व्यवस्था कानून )" अनुसार बसोबास अधिकार पाउँछन्। दोस्रो विश्वयुद्धपछि भएको सान फ्रान्सिस्को शान्ति सन्धि अनुसार जापानी नागरिकता छोडेका कोरियाबाट आएका मानिसहरू वा ताइवानका व्यक्तिहरू तथा तिनका सन्तानहरू यसमा पर्छन्।

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.