नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】छात्रवृत्तिको बारेमा(奨学金について)

2026.01.29

Q ेरो तीन जाना छोरा छोरी छन्। जेठो सन्तानले विश्वविद्यालयमा भर्ना हुन चाहिरहेको छ, तर पढाइ शुल्कको कारणले अलि चिन्ता लागेको छ। कृपया छात्रवृत्तिको बारेमा  विस्तृत जानकारी दिनुहोस्।

 

A ात्रवृत्तिमा अनुदान 「給付型 ( क्योउफ़ुगाता )" र ऋण 「貸与(たいよ) ( ताइयोगाता )भन्ने दुई प्रकारका हुन्छन्।

"अनुदान" प्रकारको छात्रवृत्ति फिर्ता गर्नुपर्दैनतर "ऋण" प्रकारको छात्रवृत्ति पछि गएर फिर्ता गर्नुपर्छ।

 

नुदान 「給付型 ( क्योउफ़ुगाता ) चाहि जापान विद्यार्थी सहायता संस्था (JASSO) को छात्रवृत्तिमार्फत प्रयोग गरिन्छ।

विद्यार्थी उच्च माध्यमिक विद्यालय  को तेस्रो वर्षमा (कक्षा १२) पुगेपछि, उनीहरूले अध्ययन गरिरहेको विद्यालयबाट यसबारे जानकारी दिइन्छ।

यो अनुदान छात्रवृत्ति प्रत्येक महिना केही हजार येन को रूपमा प्रदान गरिन्छ। यो एकैपटक ठूलो रकम दिइने होइन, महिनावार किस्तामा दिइने सहयोग हो। यस छात्रवृत्ति प्रदान गर्दा विद्यालयको शैक्षिक नतिजा लाई पनि आधार मानिन्छ।

 

JASSO को छात्रवृत्तिमा ऋण-प्रकार ( ताइयोगाता ) पनि हुन्छ।

यसबारे थप विस्तृत जानकारी JASSO को होमपेजमा हेर्न सकिन्छ।

https://www.jasso.go.jp/shogakukin/about/index.html

 

 

भर्ना को समयमा (१ लाख येन ) जति ठूलो रकम आवश्यक पर्छ।

यदि तपाईं " स्थायी बसोबास「 永住者 ( एइजिउस्या ) "वा " दीर्घकालीन बसोबास 「定住者 ( तेइजिउस्या ) "को रुपमा हुनुहुन्छ भने "राष्ट्रिय शिक्षा ऋण「国の教育ローン」( कुनिनो क्योउइकु लोन )" प्रयोग गर्न सकिन्छ।

राष्ट्रिय शिक्षा ऋणमार्फत एक वर्षको खर्च एकैपटक ऋणस्वरूप लिन सकिन्छ।

https://www.jfc.go.jp/n/finance/search/ippan.html

 

"तीन वा सोभन्दा बढी बच्चा पाल्ने 「扶養する ふよう ( फुयोउ )"परिवारले "बहु-सन्तान परिवार सहायता 「多子世帯支援 ( तासीसेताइसिएन् )" प्राप्तगर्न सक्छन्।

यदि निजी विश्वविद्यालयमा भर्ना हुने हो भने, वर्षमा ९ लाख ६० हजार येन बराबरको सहायता प्राप्त हुन्छ।

यसबारे जानकारी विद्यार्थीले अध्ययन गरिरहेको उच्च माध्यमिक विद्यालय (हाईस्कूल) बाट पनि दिइन्छ, र तल उल्लेख गरिएको पेजमा पनि विस्तृत रूपमा हेर्न सकिन्छ।यो सहायता विश्वविद्यालयमा भर्ना भएपछि पनि आवेदन दिन सकिन्छ।

  https://www.shogakukinsupport.jp/

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.