नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】अब छिटै नै कोठा / घर सर्ने योजना छ। कोठा / घर सर्दा गर्नुपर्ने कामहरू के-के हुन्छन् कृपया बुझाइदिनुहोस्।(もうすぐ引越しをする予定です。引越しの時の手続きについて教えてください。)

2026.02.24

Q.

अब छिटै नै कोठा / घर सर्ने योजना छ। कोठा / घर सर्दा गर्नुपर्ने कामहरू के-के हुन्छन् कृपया बुझाइदिनुहोस्।

 

A.

जापानभित्र कोठा घर सर्दा ठेगाना परिवर्तनको निवेदन अनिवार्य गर्नुपर्छ।

सर्ने ठाउँ एउटै सहर/वार्ड  भित्र हो कि अर्को फरक सहर/वार्डमा हो भन्ने अनुसार प्रक्रिया फरक-फरक हुन्छ।

(उदाहरण)

- नागोया शहरको नाखामुरा वार्ड बाट नाखा वार्ड मा सर्नु एउटै सहर/वार्ड भित्रको साराइ

- नागोया शहरबाट टोयोटा शहरमा सर्नु अर्को फरक सहर/वार्ड मा साराइ

कुन-कुन प्रक्रिया चाहिन्छ र कहाँ जानुपर्छ भन्ने जानकारी तल विवरण हेरेर बुझन सकिन्छ।

 

1.नगरपालिका/वार्ड कार्यालयमा गर्ने कामहरूको सूची

यस तालिकामा लेखिएका बाहेक पनि अन्य आवश्यक प्रक्रिया हुन सक्छन्।

आफूलाई कुन-कुन प्रक्रिया चाहिन्छ भनेर सर्ने अघि र पछि दुवै समयमा

आफ्नै नजिकको नगरपालिका/वार्ड कार्यालयमा गएर बुझ्नुहोस्।

 

आवश्यक प्रक्रिया

घर सर्ने पहिलेको ठेगाना सम्बंधित नगरपालिकामा गर्नुपर्ने कुरा

(पहिले बसोबास गरेको ठेगाना)
नगरपालिकामा गर्ने कामहरू

नयाँ बसोबास गर्ने ठेगाना सम्बंधित नगरपालिकामा गर्नुपर्ने कुरा

(नयाँ बसोबास ठेगाना)
नगरपालिकामा गर्ने कामहरू

  •  

बसोबास दर्ता

ठेगाना परिवर्तन      

एउटै नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

कुनै प्रक्रिया आवश्यक हुदैन

उही शहरभित्र ठेगाना बदल्ने फारम             

अर्को नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

पुरानो शहर छोड्ने फारम

नयाँ शहरमा बस्ने फारम

  •  

माईनम्बर कार्ड

कुनै प्रक्रिया आवश्यक हुदैन

ठेगाना परिवर्तनको फारम बुझाउने

  •  

छाप दर्ता / इन्कान दर्ता

कुनै प्रक्रिया आवश्यक हुदैन

पुनः दर्ता गर्ने

  •  

राष्ट्रिय स्वास्थ्य बीमा

資格喪失届( सिकाकुसौसिचु ) बुझाउनेअधिकार/योग्यता समाप्त भएको जानकारी दिने

खान्युतोदोके बुझाउनेनयाँ रूपमा  खान्यु / सदस्यता सुरु गर्ने प्रक्रिया

  •  

बाल भत्ता प्रमाणपत्र आवेदन

एउटै नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

कुनै प्रक्रिया आवश्यक हुदैन

ठेगाना परिवर्तनको फारम बुझाउने      

अर्को नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

बाल भत्ता भुक्तानीको कारण समाप्तिको आवेदन पेश गर्नु

मान्यता निवेदन पत्र पेश गर्नु

  •  

सार्वजनिक विद्यालयमा ट्रान्सफर प्रक्रिया

स्थानान्तरण गर्नु अघि, स्थानान्तरणको योजना पहिलेको स्कूललाई जानकारी दिनु

स्थानान्तरण सूचना बुझाउनुहोस् र स्थानान्तरण सूचना प्राप्त गर्नुहोस्।

स्थानान्तरण सूचना नयाँ विद्यालयमा बुझाउनुहोस् ।

  •  

सामाजिक सुरक्षा भत्ता स्वास्थ्य प्रणाली

एउटै नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

कुनै प्रक्रिया आवश्यक हुदैन

ठेगाना परिवर्तनको फारम बुझाउने           

अर्को नगरपालिका/वार्ड क्षेत्रभित्र साराइ

सहायता प्राप्तकर्ता प्रमाणपत्र फिर्ता गर्नु

नयाँ आवेदन दिनु

 

"निवासी दर्ता ( Jūmin-Tōroku / ज्युमिन तोउरोकु )" गर्दा निम्न कामहरू गर्न सकिन्छ:

  • तपाईंको ठेगानालाई प्रमाणित गर्ने कागजात "निवासी प्रमाणपत्र" प्राप्त गर्न र प्रयोग गर्न सकिन्छ।
  • जापानी नागरिकहरूको जस्तै, नाम, जन्म मिति, लिङ्ग, ठेगाना जस्ता आधारभूत जानकारीहरूको साथै, राष्ट्रिय स्वास्थ्य बीमा र राष्ट्रिय पेन्सनको बारेमा जानकारी पनि दर्ता गरिन्छ।
  • विदेशी नागरिकको रूपमा, नागरिकता र बसोबासको अनुमतिको जानकारी पनि दर्ता गरिन्छ।

 

महत्वपूर्ण बुँदाहरू

 

नागरिक दर्ता गर्नाले विभिन्न प्रशासनिक सेवाहरू प्राप्त गर्ने आधार बन्छ। नयाँ आवास स्थानमा बस्न थालेपछि १४ दिन भित्र यो प्रक्रिया अनिबार्य पूरा गर्नु पर्दछ।

 

हरेक नगरपालिका कार्यालयमा सर्नाको प्रक्रिया गर्नाले, तपाईंको निवासी कार्डको पछिल्लो पृष्ठमा नयाँ ठेगाना लेखिन्छ। यो प्रक्रिया, निवास र प्रवासन व्यवस्थापन कार्यालयमा रिपोर्ट गर्ने कार्य पनि समावेश भएकोले, अर्को कुनै प्रक्रिया मार्फत उक्त कार्यालयमा रिपोर्ट गर्नुको आवश्यकता छैन।

 

बालबालिका पालन पोषण र वृद्धजन सहायता का कार्यक्रमहरू नगरपालिका अनुसार फरक-फरक हुन्छन्। तपाईंको बसोबास गर्ने क्षेत्रको सहायता बारे जानकारी प्राप्त गर्नका लागि, सर्नु भएको पछि सोही नगरपालिका कार्यालयमा पुगेर बुझ्नुहोस्।

 

2. अन्य प्रक्रिया सूची:

 

बिजुली, ग्याँस, पानी प्रत्येक सम्झौताकारसँग पुष्टि गर्नुहोस्

सर्नु अघि पुरानो ठेगानामा प्रयोग बन्द गर्ने प्रक्रिया र सर्नु पछि नयाँ ठेगानामा प्रयोग सुरु गर्ने प्रक्रिया आवश्यक छ।

प्रक्रिया सर्ने मितिका १-२ हप्ता अगाडि गर्न राम्रो हुन्छ।

विशेष गरी, ग्याँसको कनेक्शन खोल्नको लागि प्रयोग सुरु गर्दा उपस्थित हुनु आवश्यक छ, त्यसैले प्रक्रिया चाँडो गर्नुहोस्।"

मेल स्थानान्तरणफर्वार्डिङप्रक्रिया हुलाक कार्यालय काउन्टरमा, मेलबक्समा छोडेर, वा अनलाइन (ई-मुभिङ/पोस्ट अफिस एप)। यो तपाईंको अघिल्लो ठेगानामा ठेगाना गरिएको मेल र प्याकेजहरू तपाईंको नयाँ ठेगानामा एक वर्षको लागि नि:शुल्क फर्वार्ड गर्ने प्रक्रिया हो।

 

चालक अनुमतिको ठेगाना परिवर्तन नयाँ ठेगानालाई जिम्मेवारी राख्ने प्रहरी चौकी, चालक अनुमति नवीकरण केन्द्र, या चालक अनुमति परीक्षा केन्द्रमा प्रक्रिया गर्नुहोस्।

आफ्नो देशका प्रशासनिक सेवाहरू (आवश्यकताअनुसार) आफ्नो देशको दूतावास वा वाणिज्य दूतावास/  काउन्सुलेट  कार्यालयमा प्रक्रिया गर्नुहोस्।

 

धेरै प्रक्रियाहरू छन् र यो कठिन हुन सक्छ, तर नयाँ स्थानमा पनि पुरानै जस्तो जीवनयापन गर्न सक्नुहोस् भन्ने आशामा, तपाईंको आवश्यकताअनुसार नयाँ जीवनको तयारी गर्नुहोस्।
, सर्नु भनेको केवल प्रक्रियाहरू मात्र होइन, वरिपरिका मानिससँग राम्रो सम्बन्ध बनाउने, जस्तै छिमेकीलाई अभिवादन गर्नु, यो पनि महत्त्वपूर्ण हुन सक्छ।
तपाईंको नयाँ जीवन सफल होस् !

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.