【NEW】म नागोयामा बस्छु। अचानक मेरो बच्चालाई ज्वरो आयो वा चोटपटक लाग्यो भने कुन अस्पतालमा जानु उपयुक्त हुन्छ र कसरी खोज्न्य ?(名古屋市に住んでいます。子どもが急に熱を出した時や、けがをした時、どのように病院を探せばいいですか。)
2026.03.11
Q:
म नागोयामा बस्छु। अचानक मेरो बच्चालाई ज्वरो आयो वा चोटपटक लाग्यो भने कुन अस्पतालमा जानु उपयुक्त हुन्छ र कसरी खोज्न्य ?
A:
<आपतकालीन अवस्थामा 119 मा फोन गर्दा मातृभाषामा पनि कुरा गर्न सकिने सेवा उपलब्ध छ।>
पहिले, ठूलो चोटपटक लागेको भए वा अचानक बिरामी परेमा (आपतकालीन अवस्थामा) (119) मा फोन गरेर एम्बुलेन्स बोलाउनुहोस्। नागोया शहरमा 119 मा फोन गर्दा 22 वटा भाषामा कुरा गर्न सकिन्छ।
कुन अवस्थामा एम्बुलेन्स बोलाउनु उपयुक्त हुन्छ भन्ने कुरा तलको नागोया शहरको वेबसाइटमा हेरेर पहिले नै जानिराखौं।
(जापानी, अंग्रेजी, चिनियाँ, हान्गुल भाषामा उपलब्ध)
web: https://www.city.nagoya.jp/bousai/shoubou/1012724/1013205/1034492/1013365.html
★एम्बुलेन्स बोलाउने कि नबोलाउने भनेर दोधारमा परेमा→#7119 मा फोन गरेर (विदेशी भाषामा पनि सल्लाह लिन सकिन्छ।)
एम्बुलेन्स बोलाउने कि नबोलाउने भनेर दोधारमा परेमा #7119 ( क्युक्यु आन्सिन सेन्टर नागोया ) मा फोन गरेर सल्लाह लिन सकिन्छ।
यो सेवा 24 घण्टा, 365 दिन उपलब्ध छ।
अंग्रेजी, चिनियाँ लगायत 21 वटा भाषामा सल्लाह लिन सकिन्छ।
यदि(#7119 मा फोन नजोडिएमा, 052-951-7119 मा फोन गर्नुहोस्।)
<नियमित रूपमा देखाउने डाक्टर (かかりつけ医) भएको अवस्थामा>
"नियमित रूपमा देखाउने डाक्टर" भनेको आफू वा आफ्नो परिवारले सधैं जाने, आफूले खाइरहेको औषधि र अहिलेसम्म लागेको रोगबारे राम्रोसँग थाहा भएको अस्पतालका डाक्टरलाई जनाउँछ। नियमित रूपमा देखाउने डाक्टरको अस्पताल खुला भएको बेला सकेसम्म त्यहीँ जानुहोस्।
<तपाईंको बिदाको दिनमा वा रातमा>
यदि बिदाको दिन वा रातको समयमा नियमित रूपमा देखाउने डाक्टरको अस्पताल खुला छैन भने, नजिकको 「休日・夜間診療所(Kyūjitsu・Yakan Shinnryō jo)」 मा जानुहोस्। नजिकको 休日・夜間診療所 कहाँ छ भन्ने कुरा 「愛知救急医療ガイド」 को वेबसाइट (अंग्रेजी・पोर्तुगाली・चिनियाँ・हाङ्गुल) मा खोज्न सकिन्छ। त्यहाँ विदेशी भाषामा सेवा दिने अस्पताल पनि खोज्न सकिन्छ।
・WEB: https://www.qq.pref.aichi.jp/
★ बच्चाको रोग वा चोटपटकबारे विस्तृत रूपमा सल्लाह लिन चाहनुहुन्छ भने → #8000 मा फोन गर्न सकिन्छ (जापानी भाषा बुझ्ने व्यक्तिसँगै फोन गर्नुहोस्)।
#8000 मा 365 दिन, साँझ 7 बजेदेखि भोलिपल्ट बिहान 8 बजेसम्म 13 घण्टा,
(15 वर्षभन्दा कम उमेरका बच्चा) अचानक बिरामी परेमा वा चोटपटक लागेमा सल्लाह लिन सकिन्छ।
बच्चाको स्वास्थ्यबारे विस्तृत रूपमा परामर्श पाउन सकिन्छ।。
कृपया जापानी भाषा बुझ्ने व्यक्तिसँगै फोन गर्नुहोस्।
यदि #8000 मा फोन नजोडिएमा, 052-962-9900 मा फोन गर्नुहोस्।
<नजिकै जापानी भाषा बुझ्ने व्यक्ति भएको अवस्थामा>
यदि नजिकै जापानी भाषा बुझ्ने व्यक्ति हुनुहुन्छ भने, 'आपतकालीन स्वास्थ्य जानकारी केन्द्र (Kyūkyū Iryō Jōhō Center क्युक्यु इर्योउ ज्योउहोउ सेन्टर 「आपतकालीन स्वास्थ्य जानकारी केन्द्र」)' मा फोन गर्न सकिन्छ।
आपतकालीन स्वास्थ्य जानकारी केन्द्रमा, त्यतिबेला जान सकिने नजिकका अस्पतालहरूको जानकारी दिइनेछ । अस्पतालको नाम र फोन नम्बर सुनेपछि, तपाईंले जान चाहेको अस्पतालमा आफैँले सीधै फोन गर्नुपर्छ।
「आपतकालीन स्वास्थ्य जानकारी केन्द्र」
・TEL: 052-263-1133(24 घण्टा, 365 दिन सेवा उपलब्धछ)




