नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】विदेशी मुलुकका विद्यार्थीहरूको विश्वविद्यालय प्रवेश परीक्षासम्बन्धीको विषयमा(外国ルーツ生徒の大学受験について)

2026.04.01

Q चार वर्षअघि जापान आएको मेरो बच्चा हाल उच्च माध्यामिक तहको दोस्रो वर्षमा अध्ययनरत छ। उसले विश्वविद्यालयमा भर्ना हुने इच्छा राखेको छ भने ।

के विश्वविद्यालयको प्रवेश परीक्षा दिनका लागि 'क्योउचू टेस्ट' (共通テスト) अनिवार्य रूपमा दिनु आवश्यक हुन्छ?

 

A 

सामान्य तरिकाले विश्वविद्यालयको परीक्षा दिने अवस्थामा, धेरै विश्वविद्यालयहरूले (大学入学共通テスト "जापान भरिको विश्वविद्यालय प्रवेश परीक्षा")अनिवार्य गर्छ यो परीक्षा नदिएमा प्रवेश नपाइने अवस्था पनि छ। तर विदेशी पृष्ठभूमि भएका विद्यार्थीहरूका लागि यो 'क्योउचू टेस्ट' (共通テスト) भाषाका कारण धेरै कठिन हुन्छ। त्यसैले,'क्योउचू टेस्ट' (共通テスト)  नचाहिने "विदेशी विद्यार्थीका लागि विश्वविद्यालय प्रवेश परीक्षा" अथवा "विदेशी मुलुकका विद्यार्थीहरूको विद्यालय प्रवेश परीक्षा" जस्ता प्रणालीहरूको जानकारी दिइरहेका छौँ।

 

「留学生受験 रिउगाकुसेइ ज्युकेन्न 」विदेशबाट आएका विद्यार्थीका लागि मात्र होइन; जापानमा हाईस्कूल सकेका विदेशी मुलुकका विद्यार्थीहरूले पनि दिन सकिन्छ। हाल धेरै विश्वविद्यालयले विदेशी मुलुकका  विद्यार्थीका लागि विशेष प्रवेश प्रणाली बनाइरहेका छन्।

 

कुनै पनि प्रवेश प्रणाली प्रयोग गरेर विश्वविद्यालयमा भर्ना भए पनि, भर्नाभए पछि सबै विद्यार्थीहरूले एउटै कक्षा र एउटै पाठ्यक्रम पढ्छन्। कक्षाहरू जापानी भाषामा हुने भएकाले, कम्तीमा JLPT N2 स्तरको जापानी भाषा क्षमता आवश्यक पर्छ।

 

उच्च विद्यालय (हाईस्कूल) मा प्राप्त गरेको नतिजा राम्रो भएमा,( "指定校推薦受験 सितेइकोउसुइसेनज्युकेन्न  - स्कूलले सिफारिस गर्ने विशेष सिफारिस प्रवेश परीक्षा" वा "一般推薦受験 ईप्पानसुइसेनज्युकेन्न  - सामान्य सिफारिस प्रवेश परीक्षा) जस्ता, "大学入学共通テスト - जापान भरिको विश्वविद्यालय प्रवेश परीक्षा" ( 共通テスト- क्योउचू टेस्ट )" नचाहिने प्रणालीमार्फत विश्वविद्यालयको परीक्षा दिन सकिने अवस्थामा पनि पर्न सक्छ। त्यसैले, राम्रोसँग जानकारी खोजेर, विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्नुहोस्।

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.