【NEW】सिरिज ① म नागोयामा बस्छु। अहिले सबै ठीक छ, तर भविष्यमा यदि परिवारका कसैको देहान्त भएमा हामीले के-के प्रक्रिया गर्नु पर्छ भन्ने कुरा जानिराख्न चाहन्छु। कृपया आवश्यक महत्वपूर्ण जानकारी दिनुहोस्।(名古屋市に住んでいます。今はみんな元気ですが、将来家族が亡くなった時の手続きについて知っておきたいです。)
2026.05.17
A:जापानमा कुनै विदेशी नागरिकको मृत्यु भए पनि, प्रक्रियाहरू जापानी कानून (परिवार दर्ता ऐन) अनुसार गरिनेछ।
1)मृत्यु प्रमाणपत्र पेश गर्नुहोस्।
■ आवश्यक कागजातहरू:
・ मृत्यु दर्ता फारम(यो फारम नगरपालिका / वडा कार्यालय, अस्पताल, वा अन्त्येष्टि सेवा कम्पनीबाट प्राप्त गर्न सकिन्छ ।)
मृत्यु प्रमाणपत्र(यो अस्पतालबाट प्राप्त गर्न सकिन्छ) । अथवा शव परीक्षण प्रतिवेदन (यो प्रहरीबाट प्राप्त गर्न सकिन्छ)।
मृत्यु दर्ता गर्न जाने व्यक्तिको परिचयपत्र(जस्तै: पासपोर्ट, बसोबास कार्ड आदि ) र छाप -- यदि भएमा।
《*1》मृत्यु प्रमाणपत्र भनेको, अस्पतालमा मृत्यु भएको र चिकित्सकले रोगको कारण मृत्यु भएको हो, भनेर पुष्टि गरेपछि दिइने कागजात हो।
शव परीक्षण प्रतिवेदन भनेको :अस्पताल बाहिर मृत्यु भएको, अचानक मृत्यु भएको, वा कुनै असामान्य परिस्थितिमा मृत्यु भएको र मृत्यु हुनु अघि चिकित्सकको उपचार नपाएको अवस्थामा, प्रहरीद्वारा जारी गरिने कागजात हो।
■कहिलेसम्म बुझाउने?:मृत्यु भएको कुरा थाहा पाएको मितिबाट ७ दिनभित्र बुझाउनुपर्छ।
■कसले बुझाउने?: परिवारका सदस्य, सँगै बस्ने व्यक्ति, घर वा जग्गाधनी, वा घर / जग्गा व्यवस्थापन गर्ने व्यक्तिले बुझाउन सकिन्छ ।अन्त्येष्टि सेवा कम्पनीले परिवारको तर्फबाट बुझाइदिने व्यवस्था छ।
■कहाँ बुझाउने?:मृत्यु भएको स्थानको नगरपालिका/ वडा कार्यालयमा,वा मृत्यु दर्ता बुझाउने व्यक्ति बसोबास गर्ने नगरपालिकामा बुझाउनुपर्छ।
2)(まい माइ )माटोमा गाड्ने अन्तिम संस्कार)・वा (かそうखासोउ ) दाहसंस्कार भनेको शवलाई जलाएर बाँकी रहेका अस्थिहरूलाई कलशमा राख्ने प्रक्रिया हो।) यसका लागि नगरपालिकाबाट अनुमति पत्र प्राप्त गर्नुपर्छ।
मृत्यु प्रमाणपत्र बुझाएपछि र प्रक्रियाहरू पूरा भएपछि, तपाईंले "दफन/शव दाहसंस्कार अनुमति" प्राप्त गर्नुहुनेछ।
यो जापानमा शव गाड्न वा दाहसंस्कार गर्नको लागि एक आवश्यक कागजात हो। यसलाई प्राप्त गर्न र सुरक्षित राख्न निश्चित गर्नुहोस्।
जापानमा, जमिन र सरसफाइको कारणले गर्दा दाहसंस्कार (*3) मानक अभ्यास हो।
त्यसैले जापानका सबै क्षेत्रमा अग्नि दाहसंस्कार गर्ने स्थान हुन्छन् र प्रायः मानिसको मृत्यु भएपछि अग्नि दाहसंस्कार गरिन्छ।
जापानमा, प्रिफेक्चर गभर्नरले अनुमति दिएको स्थानहरूमा मात्र दफन (*4) गर्न सकिन्छ, र अनधिकृत स्थानमा शव गाड्नु कानूनद्वारा दण्डनीय छ ("लाश त्याग्ने अपराध")।
यदि मृतकको धर्म वा इच्छाअनुसार (どそう दोसोउ) जमिन मुनि गाडेर अन्त्येष्टि गर्न चाहनुहुन्छ भने, पहिले नै आफ्नो देशको दूतावास/ कन्सुलेट, धार्मिक संस्था, वा बसोबास गर्ने क्षेत्रको नगरपालिका / समुदायसँग परामर्श गर्नु राम्रो हुन्छ।
त्यसका साथै, जापानमा गर्न सक्ने (どそう दोसोउ) जमिन मुनि गाडेर अन्त्येष्टि सेवा कम्पनीहरू धेरै कम भएकाले, पहिले नै राम्रोसँग बुझिराख्नु आवश्यक हुन्छ।
《*3》अग्नि दाहसंस्कार भनेको शवलाई जलाएर, बाँकी रहेका अस्थिहरूलाई भाँडो / कलशमा राख्ने प्रक्रिया हो।
《*4》(どそう दोसोउ) जमिन मुनि गाडेर अन्त्येष्टि भनेको शवलाई नजलाई कफिनमा राखेर जमिनभित्र गाड्ने प्रक्रिया हो।
3) बसोबास कार्ड फिर्ता गर्ने बारेमा
■कहिलेसम्म?: मृत्यु भएको मितिबाट 14 दिनभित्र बसोबास कार्ड फिर्ता गर्नुपर्छ।
■कहाँ फिर्ता गर्ने? : तपाईंले यसलाई आफ्नो बसोबास स्थानको लागि जिम्मेवार अध्यागमन कार्यालयमा लैजान सक्नुहुन्छ वा हुलाक मार्फत पठाउन सक्नुहुन्छ।
:हुलाकमार्फत पठाउने ठेगाना:खामको अगाडिको भागमा (बसोबास कार्ड फिर्ता) भनेर अवश्य लेख्नुहोस्।
〒135-0064 टोक्यो-तो (東京都)कोतो-कु (江東区)आओमि (青海) 2-7-11
(टोक्यो कोउवन्न गोउदोउ च्योउ स्या ) ९ औँ तल्ला टोक्यो प्रवेश-बसोबास व्यवस्थापन कार्यालयको काउन्टर अनलाइन जाँच विभाग
(ओदाइबा )शाखा कार्यालय
4) दूतावास वा कन्सुलेटमा सम्पर्क
परिवारका सदस्यहरूले सकेसम्म चाँडो आफ्नो देशको दूतावास वा कन्सुलेटमा सम्पर्क गर्नु आवश्यक हुन्छ।
दूतावास/कन्सुलेटले प्रदान गर्ने सहयोगको प्रकार देश अनुसार फरक-फरक हुन्छ।
त्यसैगरी, मृतकको नागरिकता र जापानमा रहेको बसोबास अनुमति अनुसार गर्नुपर्ने प्रक्रिया पनि फरक हुन सक्छ।
त्यसैले, कृपया अनिवार्य रूपमा दूतावास वा कन्सुलेटसँग सम्पर्क गरी पुष्टि गर्नुहोस्।
5)पेन्सन र स्वास्थ्य बीमा आदि रोक्ने / रद्द गर्ने प्रक्रिया
■कहिलेसम्म गर्ने?: मृत्यु भएको मितिबाट 5 दिनदेखि 14 दिनभित्र प्रक्रिया पूरा गर्नुपर्छ।
■कहाँ प्रक्रिया गर्ने?
यदि मृतकले (राष्ट्रिय स्वास्थ्य बीमा) वा (राष्ट्रिय पेन्सन) मा सदस्य लिनुभयको अवस्थामा(जस्तै: स्व-रोजगार / फ्रीलान्स) भने, प्रक्रिया मृतक बसोबास गरेको नगरपालिकाको कार्यालयमा गर्नुपर्छ।
यदि मृतकले (सामाजिक बीमा) वा (कल्याणकारी पेन्सन) मा गरेको थियो(जस्तै: कम्पनीमा काम गर्ने कर्मचारी) भने, प्रक्रिया मृतकले काम गरेको कम्पनीमार्फत गर्नुपर्छ।
「समवेदना कर्नर」
नागोया शहरका प्रत्येक वडा कार्यालयमा "समवेदना कर्नर" नामक विशेष सहायता काउन्टर व्यवस्था गरिएको छ।
यो सहायता काउन्टरमा, मृत्यु भएका व्यक्तिको परिवारले गर्नुपर्ने सबै आवश्यक सरकारी प्रक्रिया एकै ठाउँमा बुझ्न सकिन्छ (त्यसका लागि पहिले नै आवेदन गर्न आवश्यक हुन्छ)।
विस्तृत जानकारीका लागि नागोया शहरको वेबसाइट हेर्नुहोस्।
https://www.city.nagoya.jp/kurashi/todokede/1007851/103470 2/1008118.html
नागोया शहरको वेबसाइटमा तपाईंले हेर्न चाहेको भाषा छान्न सकिन्छ। दायाँपट्टि माथि रहेको "LANGUAGE" मा थिच्नुहोस्।

★अबको अर्को जुन ६ महिनाको अंकमा, 1)〜5) बाहेक जापानमा आवश्यक हुने अन्य प्रक्रियाहरू र
मृतकको शव आफ्नै देशमा पठाउँदा गर्नुपर्ने प्रक्रिया बारे जानकारी दिइनेछ।




