【नागोया सिटीको जीवनसम्बन्धी जानकारी】नागोया शहरबाट प्राथमिक विद्यालयको नयाँ पहिलो कक्षामा भर्ना सम्बन्धी सूचना(小学校新1年生の入学案内)
2026.09.18
नागोया शहरबाट प्राथमिक विद्यालयका नयाँ कक्षाका विद्यार्थीहरूको भर्ना सम्बन्धी जानकारी तल उल्लेख गरिएको छ:
① भर्ना अघि स्वास्थ्य जाँच:
अक्टोबरको मध्यतिर शिक्षा समितिले सूचना पठाउनेछ।
② भर्ना सूचना पत्र:
आउने जनवरी महिनामा, भर्ना हुने प्राथमिक विद्यालयको नाम र भर्ना मितिको उल्लेख गरेको सूचना पत्र जिल्ला कार्यालय वा शाखा कार्यालयबाट पठाइनेछ।
③ विदेशी नागरिकहरूले सार्वजनिक प्राथमिक विद्यालयमा भर्ना गर्न चाहने भएमा:
जिल्ला कार्यालयको नागरिक सेवा विभाग वा शाखा कार्यालयको समुदाय सेवा विभागमा आवेदन दिनुहोस्।
※ ठेगाना झुठ्याएर अन्य क्षेत्रको विद्यालयमा जान अनुमत गरिएको छैन। (विशेष परिस्थितिहरूका लागि अन्य क्षेत्रको विद्यालयमा भर्ना गर्नका लागि क्षेत्र बाहिरको भर्ना वा विद्यालय बाहिरको भर्ना प्रक्रिया बारेमा तल सम्पर्क गर्नुहोस्।)
【थप विवरणको लागि यहाँ हेर्नुहोस्】https://www.city.nagoya.jp/kodomo/schools/1034352/1016772/1016776.html




