नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】जापानमा कस्ता प्रकारका करहरू छन्? साथै, आफ्नो देश फर्कने बेलामा कुनै प्रक्रिया पूरा गर्नुपर्छ? (日本にはどのような税金がありますか?また、母国に帰国する際に、何か手続きが必要ですか?)

2026.09.29

Q.

"दीर्घकालीन निवासी" बसोबासको स्थितिमा नागोया शहरमा लामो समयदेखि काम गर्दै बसोबास गर्दै आएको छु।

मैले सुनेको छु कि यस वर्ष बसोबासको अवधि नवीकरण गर्न लाग्ने शुल्कमा ठूलो वृद्धि हुनेछ, त्यसैले आफ्नो मातृभूमि ब्राजिल फर्कने विचार पनि गरिरहेको छु। त्यस्तो अवस्थामा कर तिर्नुपर्ने अवस्था के हुन्छ होला?

साथै, जापानमा कस्ता-कस्ता करहरू छन्, कृपया बताइदिनुहोस्।

 

A.

जापानमा बस्ने विदेशीहरूले पनि जापानी नागरिकहरू जस्तै कर तिर्छन्। जापानमा करहरूलाई मुख्य रूपमा दुई प्रकारमा विभाजन गरिएको छ।

 

करका प्रकारहरू

कहाँ तिर्ने?

मुख्य करहरू

①

राष्ट्रिय कर (कोकु-जे)

देश

→ कर कार्यालय (जेमुशो)

आयकर (शोतोकु-जे) र उपभोग कर (शोही-जे), आदि।

②

स्थानीय कर (चिहो-जे)

प्रान्त तथा नगरपालिका

→ वडा कार्यालय वा बैंक आदि।

निवासी कर (जुमिन जेइ) तथा सवारीसाधन कर (जिदोउशा जेइ)

यहाँ मुख्य करहरू र जापानबाट देश छोडेर जाँदा गर्नुपर्ने करसम्बन्धी प्रक्रियाहरू बारे व्याख्या गरिएको छ।

 

● आयकर (शोतोकु जेइ)

आयकर भनेको काम गरेर प्राप्त गरेको तलब वा व्यवसायबाट प्राप्त गरेको आम्दानीमा लाग्ने कर हो।

कम्पनीमा काम गर्ने व्यक्ति (कम्पनीका कर्मचारी आदि) र आफैंले काम गर्ने व्यक्ति (स्वरोजगार गर्ने वा फ्रीलान्सर) ले कर तिर्ने तरिका फरक हुन्छ।

 

A) कम्पनी आदिमा काम गर्ने अवस्थामा (कम्पनीका कर्मचारी आदि)

 धेरैजसो कम्पनीका कर्मचारीहरूको हकमा, तल उल्लेख गरिएअनुसार हुन्छ (केही अपवादहरू पनि छन्)

 ・हरेक महिना, कम्पनीले कर्मचारीको तलबबाट आयकर कटौती गर्छ र कर्मचारीको तर्फबाट सरकारलाई कर तिर्छ ("रोक्का कर) गेन्सेन चोउशू)"।

・वर्षको अन्त्यमा, कम्पनीले "वर्षान्त कर समायोजन (नेन्मात्सु चोउसेइ)" गर्छ। यो भनेको हरेक महिना तिरिरहेको आम्दानी करलाई वार्षिक हिसाबले हेर्दा सही रकम कायम गर्ने प्रक्रिया हो। त्यसैले, कम्पनीमा काम गर्ने व्यक्तिले आफैंले 「अन्तिम कर विवरण पेश गर्ने प्रक्रिया (खाकुतेइ शिन्कोकु)」 गर्नुपर्ने आवश्यकता हुँदैन। तर, उदाहरणका लागि, 2 वटा वा सोभन्दा बढी कम्पनीबाट तलब प्राप्त गरिरहेको अवस्थामा वा अन्य केही अवस्थामा अन्तिम कर विवरण पेश गर्नुपर्ने हुन सक्छ। अन्तिम कर विवरण पेश गर्न आवश्यक छ कि छैन भन्ने कुरा कर कार्यालयमा पुष्टि गर्नुहोस्।

 

B) आफैंले काम गर्ने अवस्थामा (स्वरोजगार गर्ने व्यक्ति वा फ्रीलान्सर)

 ・सामान्यतया, आफैंले आफ्नो आम्दानीको हिसाब गरी, कर कार्यालयमा "अन्तिम कर विवरण" पेश गरेर आम्दानी कर तिर्नुपर्छ।

यो भनेको हरेक वर्ष जनवरी 1 देखि डिसेम्बर 31 सम्मको एक वर्षमा प्राप्त गरेको सबै आम्दानी र त्यसमा लाग्ने करको हिसाब गरी, सरकार (कर कार्यालय) लाई जानकारी गराउने प्रक्रिया हो।

 

 विस्तृत जानकारीका लागि, राष्ट्रिय कर एजेन्सीको वेबसाइट हेर्नुहोस्।

राष्ट्रिय कर एजेन्सीको वेबसाइट: https://www.nta.go.jp/english/index.htm

 

 

● निवासी कर (जुमिन-जे)

निवासी कर भनेको हरेक वर्ष जनवरी 1 मा जापानमा ठेगाना भएका र अघिल्लो वर्ष आम्दानी भएका व्यक्तिहरू आदिमा लाग्ने कर हो।

निवासी करलाई प्रान्तीय कर (आइची प्रान्तलाई तिर्ने कर) र नगरपालिका कर (नागोया शहरलाई तिर्ने कर) मा विभाजन गरिन्छ। तर, यी दुवै करलाई एकैसाथ नागोया शहरलाई तिरिन्छ। निवासी करको रकम अघिल्लो वर्ष (जनवरीदेखि डिसेम्बरसम्म) को आम्दानीको रकम आदिका आधारमा गणना गरिन्छ।

उदाहरण)

・2025 जनवरी 1 मा नागोया शहरको नाका वडामा बसोबास गरिरहेको थियो।

・2025 जुन 1 देखि हाल (2026 सेप्टेम्बर) सम्म, नागोया शहरको नाकामुरा वडामा बसोबास गरिरहेको छु।

↓

・"आर्थिक वर्ष 2026 को निवासी करको रकम" 2025 जनवरीदेखि डिसेम्बरसम्मको आम्दानीलाई आधार मानी गणना गरिन्छ।

・"आर्थिक वर्ष 2026 को निवासी करको रकम" तिर्नुपर्ने स्थान भनेको 2026 जनवरी 1 मा बसोबास गरेको नगरपालिका हो।

त्यसैले, यस अवस्थामा "आर्थिक वर्ष 2026 को निवासी कर" नागोया शहरलाई तिर्नुपर्छ।

नाकामुरा वडाको जिम्मेवारी हेर्ने नगर कर कार्यालयमा प्रक्रिया पूरा गर्नुपर्छ।

A) कम्पनी आदिमा काम गर्ने अवस्थामा (कम्पनीका कर्मचारी आदि)

यो रकम 2026 जुनदेखि 2027 मेसम्म हरेक महिना तलबबाट निवासी करका रूपमा कट्टा गरिन्छ।

B) आफैंले काम गर्ने अवस्थामा (स्वरोजगार गर्ने व्यक्ति वा फ्रीलान्सर)

नाकामुरा वडाबाट कर भुक्तानी फाराम पठाइन्छ। सामान्यतया, 2026 जुन, अगस्ट, अक्टोबर र 2027 जनवरी गरी 4 पटकमा विभाजन गरेर कर तिर्नुपर्छ।

विदेशी नागरिकहरूका लागि व्यक्तिगत निवासी करसम्बन्धी प्रणालीको व्याख्या तल दिइएको वेबसाइटमा हेर्न सकिन्छ।

★आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको वेबसाइट → https://x.gd/ohfnv

 

 

★आफ्नो देश फर्कँदा गर्नु पर्ने करसम्बन्धी प्रक्रियाहरूको बारेमा★

आफ्नो देश फर्कने योजना छ र जापानमा आफ्नो ठेगाना नरहने अवस्था छ भने, जापानबाट प्रस्थान गर्नुअघि गर्नुपर्ने आवश्यक करसम्बन्धी प्रक्रियाहरूको पुष्टि गर्नुहोस्।

कर तिर्ने प्रक्रिया वा बढी तिरेको कर फिर्ता पाउने प्रक्रिया गर्नुपर्ने हुन सक्छ।

विशेष गरी ध्यान दिनुपर्ने करहरू आम्दानी कर र निवासी कर हुन्।

 

[आयकर सम्बन्धी प्रक्रियाहरू]

अन्तिम कर विवरण पेश गर्नुपर्ने व्यक्ति जापानबाट बाहिरिने अवस्थामा, "कर भुक्तानी व्यवस्थापक (नोउजेइ कान्रि-निन)" नियुक्त गर्नुपर्छ वा जापानबाट प्रस्थान गर्नुअघि कर कार्यालय (जेइमुशो) मा अन्तिम कर विवरण (काकुतेइ शिन्कोकु) पेश गर्नुपर्छ। 

※तर, कम्पनीमा काम गर्ने व्यक्तिको हकमा, जापानबाट प्रस्थान गर्नुअघि नै कार्यस्थलले वर्षान्त कर समायोजन (नेन्मात्सु चोउसेइ) गरिदिने अवस्था आदिमा, अन्तिम कर विवरण पेश गर्न आवश्यक पर्दैन। कम्पनीमा काम गर्ने व्यक्तिहरूले सबैभन्दा पहिले आफ्नो कार्यस्थलका सम्बन्धित जिम्मेवार व्यक्तिसँग राम्रोसँग पुष्टि गर्नुहोस्।

A) "कर व्यवस्थापक" नियुक्त गर्ने अवस्थामा

→ जापानबाट प्रस्थान गर्नुअघि अन्तिम कर विवरण पेश गर्ने प्रक्रिया पूरा गर्न नसकिने अवस्थामा वा जापानबाट प्रस्थान गरेपछि पनि करसम्बन्धी प्रक्रिया गर्नुपर्ने अवस्थामा, जापानमा बसोबास गर्ने कुनै व्यक्तिलाई "कर व्यवस्थापक" का रूपमा नियुक्त गर्न सकिन्छ।

कर व्यवस्थापकले आफ्नो तर्फबाट कर कार्यालयमा कागजात पेश गर्ने तथा कर भुक्तानी गर्ने लगायतका प्रक्रियाहरू पूरा गर्छ।

※सामान्यतया, कर व्यवस्थापक बन्न सक्ने व्यक्ति जापानमा ठेगाना भएको व्यक्ति मात्र हुनुपर्छ।

B) "कर व्यवस्थापक" नियुक्त नगर्ने अवस्थामा

→ सामान्यतया, जापानबाट प्रस्थान गर्ने दिनसम्म आफैंले अन्तिम कर विवरण पेश गरी कर तिर्नुपर्छ।

※जापानबाट प्रस्थान गरेपछि पनि, जापानको आम्दानी करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने वा कर तिर्नुपर्ने अवस्था आउन सक्छ। आफूले कुन-कुन प्रक्रिया पूरा गर्न आवश्यक छ भन्ने कुरा आफ्नो बसोबास गर्ने क्षेत्रको जिम्मेवारी हेर्ने कर कार्यालयमा अनिवार्य रूपमा पुष्टि गर्नुहोस्।

[निवासी करसम्बन्धी प्रक्रिया (नागोया शहरको हकमा)]

यदि जापानबाट प्रस्थान गर्ने समयमा अझै भुक्तानी नगरेको निवासी कर बाँकी छ भने, तलका दुईमध्ये कुनै एक तरिकाबाट नगर कर कार्यालय (शिजेइ जिमुशो) मा परामर्श गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।

A) "कर व्यवस्थापक" नियुक्त गर्ने अवस्थामा

→ जापानबाट प्रस्थान गरेपछि पनि निवासी कर तिर्न बाँकी रहने अवस्थामा, जापानमा बसोबास गर्ने कुनै व्यक्तिलाई "कर व्यवस्थापक" का रूपमा नियुक्त गर्न सकिन्छ।

कर व्यवस्थापकले सम्बन्धित व्यक्तिको तर्फबाट नगर कर कार्यालयबाट पठाइएका कागजातहरू प्राप्त गर्ने तथा कर भुक्तानी गर्ने लगायतका कामहरू गर्नुपर्छ।

※सामान्यतया, कर व्यवस्थापक बन्न सक्ने व्यक्ति जापानमा ठेगाना भएको व्यक्ति मात्र हुनुपर्छ।

B) जापानबाट प्रस्थान गर्नुअघि निवासी कर तिर्ने अवस्थामा

→ जापानबाट प्रस्थान गर्नुअघि, अझै भुक्तानी नगरेको निवासी कर एकमुष्ट रूपमा तिर्न सकिने अवस्था हुन सक्छ।

कम्पनीमा काम गर्ने र तलबबाट निवासी कर कट्टा भइरहेको व्यक्तिले, जापानबाट प्रस्थान गर्नुअघि बाँकी निवासी कर तलबबाट एकमुष्ट कट्टा गरिदिन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर आफ्नो कार्यस्थलमा पुष्टि गर्नुहोस्।

कर भुक्तानी फाराममार्फत निवासी कर तिर्ने व्यक्तिले, जापानबाट प्रस्थान गर्नुअघि जनवरी 1 मा बसोबास गरेको वडाको जिम्मेवारी हेर्ने नगर कर कार्यालयमा परामर्श गर्नुहोस्।

※जापानबाट प्रस्थान गर्ने समयअनुसार, निवासी कर एकमुष्ट रूपमा तिर्न नसकिने अवस्था पनि हुन सक्छ। त्यसैले, अनिवार्य रूपमा पुष्टि गर्नुहोस्।

★महत्त्वपूर्ण कुरा

जापानबाट प्रस्थान गरेपछि पनि कर तिर्नुपर्ने दायित्व समाप्त हुन्छ भन्ने निश्चित छैन।

जापानबाट प्रस्थान गर्नुअघि, आम्दानी करका लागि कर कार्यालयमा र निवासी करका लागि जनवरी 1 मा बसोबास गरेको वडाको जिम्मेवारी हेर्ने नगर कर कार्यालयमा सम्पर्क गरी, आफूले पूरा गर्नुपर्ने आवश्यक प्रक्रियाहरूको बारेमा सकेसम्म चाँडै पुष्टि गर्नुहोस्।

 

★अन्य प्रमुख करहरू

[सवारी साधन कर]

हरेक वर्ष अप्रिल 1 मा सामान्य सवारीसाधन (हल्का सवारीसाधन तथा मोटरसाइकल आदि समावेश हुँदैन) लगायतका सवारीसाधन भएका व्यक्तिहरूमा लाग्ने प्रान्तीय कर हो। प्रान्तीय कर कार्यालयबाट कर भुक्तानी सूचना फाराम प्राप्त भएपछि, तोकिएको समयसीमाभित्र बैंक, कन्भिनियन्स स्टोर आदि ठाउँमा कर तिर्नुपर्छ।

[हल्का सवारीसाधन कर]

हरेक वर्ष अप्रिल 1 मा हल्का सवारीसाधन वा मोटरसाइकल आदि भएका व्यक्तिहरूमा लाग्ने नगरपालिका कर हो।

नगरपालिका कार्यालयबाट कर भुक्तानी सूचना फाराम प्राप्त भएपछि, तोकिएको समयसीमाभित्र बैंक, कन्भिनियन्स स्टोर आदि ठाउँमा कर तिर्नुपर्छ।

[स्थिर सम्पत्ति कर]

हरेक वर्ष जनवरी 1 मा जग्गा, घर आदि स्वामित्वमा भएका व्यक्तिहरूमा लाग्ने नगरपालिका कर हो। सूचना फाराम प्राप्त भएपछि कर तिर्नुपर्छ।

[अचल सम्पत्ति प्राप्ति कर]

जग्गा वा घरजस्ता अचल सम्पत्ति प्राप्त गर्दा लाग्ने प्रान्तीय कर हो। सूचना फाराम प्राप्त भएपछि कर तिर्नुपर्छ।

[उपभोग कर]

वस्तु खरिद गर्दा वा सेवा प्राप्त गर्दा, उक्त वस्तु वा प्राप्त गरेको सेवाको मूल्यमा मानक कर दर 10% वा घटाइएको कर दर 8% लागू हुन्छ। ※ उपभोग करमा राष्ट्रिय सरकारको "उपभोग कर" र स्थानीय सरकारको "स्थानीय उपभोग कर" समावेश हुन्छ।

 

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.