नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

2025 NIC जापानी भाषा कक्षा शिक्षार्थी भर्ना (NIC日本語教室)

2026.03.29

8.NEスライダー R5大人日本語.jpg

फ्लायर

  • यो 16 वर्ष या सो भन्दा माथिका व्यक्तिहरूको लागि लक्षित, वयस्कहरूको लागि जापानी भाषा कक्षा हो।
  • यो कक्षा बोल्ने वा कुराकानी गर्ने अभ्यासमा केन्द्रित छ। स्वयंसेवकहरूसँग कुरागर्दै, जापानी भाषा र जापानी जीवनशैलीको बारेमा सिक्नेछौ।
  • किताबको प्रयोग गरिने छैन।

<लक्षित वर्ग>16 वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू जसले आफ्नो मातृभाषाको रूपमा जापानी भाषा बोल्दैनन्.(नागोया शहरका बासिन्दाहरूलाई प्राथमिकता दिइन्छ)

<अवधि>हरेक हप्ता आइतबार・3महिना(1पटक 90 मिनेट×10 पटक)

【5 महिना टर्म】2025 साल 5 महिना 18 तारिख बाट 7 महिना 20 तारिख

अन्तरबार्ता・भुक्तानी (भ्रमण):5 महिना 11 तारिख आइतबार 10:00 बजे अथवा 12:00 बजे

【9 महिना टर्म】2025 साल 9 महिना 21 तारिख बाट 11 महिना 23 तारिख

अन्तरबार्ता・भुक्तानी (भ्रमण):9 महिना 14 तारिख आइतबार 10:00 बजे अथवा 12:00 बजे

【1 महिना टर्म】2026 साल 1 महिना 18 तारिख बाट 3 महिना 29 तारिख (※ यधपी 2 महिना 8 गते बिदा)

अन्तरबार्ता・भुक्तानी (भ्रमण):1 महिना 11 तारिख आइतबार 10:00 बजे अथवा 12:00 बजे

<स्थान>नागोया अन्तरराष्ट्रीय केन्द्र, पाँचौं तला, बैठक कोठा

<लागत>सहभागीता शुल्क: 1,000 येन (सबै 10 पटकको लागि) ※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।

<कक्षा>

कक्षा समय संख्या क्षमता तह・विषय सामग्री

निहोंगो1

(にほんご1)

10:00-11:30 15 जाना

आधारभूत ~ प्राथमिक स्तर लाई लक्षित गरिएको छ ।

दैनिक जीवनको लागि आवश्यक सरल अभिवादन र कुराकानीहरू सिक्नुहुनेछ।

12:00-13:30 15 जाना

निहोंगो2

(にほんご2)

10:00-11:30 15 जाना

प्राथमिक ~ मध्यम स्तर लाई लक्षित गरिएको छ ।

दैनिक जीवनको लागि आवश्यक कुराकानी, अझै सुविधाजनक जीवनको लागि जापानी अभिव्यक्तिहरू र यस्तै कुराहरु सिक्नुहुनेछ ।

12:00-13:30 15 जाना

※ कृपया आफ्नो स्तर पत्ता लगाउनुहोस र तपाइँ कुन पाठ्यक्रममा भाग लिन चाहनुहुन्छ निर्णय गर्नुहोस्।

【 स्तर पत्ता लगाउने तरीका 】

कृपया आवेदन भर्नु अघि अनिवार्य रूपमा, "TSUNAHIRO" वेबसाइट मा आफ्नो स्तर जाँच गर्नुहोस् ।

https://tsunagarujp.mext.go.jp/question?lang_id=NP

कृपया NIC आवेदन फारममा स्तर जाँचको नतिजा लेख्नुहोस् ।

※ स्तर जाच आफुले बुझ्ने भाषामा गर्नुहोस् ।

※ माथिल्लो दायाँ पट्टि को मेनुबाट भाषा रोज्न सक्नुहुन्छ।

※ स्तरको जाँच अनिवार्य रुपमा विद्यार्थी आफैले लिनुपर्छ।

【तपाईंको लागि स्तर जाँच परिणाम र सिफारिस गरिएको कक्षाहरू】

●「लेबल 1 बाट पढेर हेरौँ|」→ कृपया 「निहोन्गो 1」 को साथ आवेदन गर्नुहोस्।

●「लेबल 2 बाट पढेर हेरौँ|」→ कृपया 「निहोन्गो 2」 को साथ आवेदन गर्नुहोस्।

●「सुरुमै सम्झौँ ! जापानी भाषाको उपयोगी वाक्यांश」

→「एनआईसी जापानी कक्षा」 को 「निहोन्गो 1」 र 「निहोन्गो 2」 तपाईंको लागि गाह्रो हुन सक्छ। यदि तपाईं निम्न बुझ्नुहुन्छ र 「एनआईसी जापानी कक्षा 」 मा भाग लिन चाहनुहुन्छ भने, कृपया 「निहोन्गो 1」 मा आवेदन गर्नुहोस्।

・पहिलो पटक जापानी अध्ययन गरिरहेकाहरूका लागि आधारभूत कुराहरू सिक्न चाहनेहरूका लागि, हामी नागोया शहर द्वारा संचालित 「जापानी कक्षा मारुहाची」 सिफारिस गर्दछौं।

https://www.nic-nagoniho.jp/classroom/227/

●「लेबल 3 बाट पढेर हेरौँ|」「तपाईंको जापानी भाषाको क्षमता यो साइटले सोचेको लेबल भन्दा उच्च छ|」

→「एनआईसी जापानी कक्षा」को 「निहोन्गो 1」 र 「निहोन्गो 2」 तपाईंको लागि धेरै सजिलो हुन सक्छ। यदि तपाईं निम्न कुरा बुझेपछि 「एनआईसी जापानी कक्षा」 मा भाग लिन चाहनुहुन्छ भने, कृपया 「निहोन्गो2」 मा आवेदन गर्नुहोस्।

<आवेदन (पहिले आउने वेक्ति पहिलो सेवा)【अनलाइन】>

*नागोया शहरका बासिन्दाहरूलाई प्राथमिकता दिइन्छ

यहाँबाट आवेदन गर्नुहोस् https://nic-nagoya-form.jp/adults/index.php?lang=ne

  • 【5 महिना टर्म】4 महिना 20तारिख आइतबार 10:00 बजे ~
  • 【9 महिना टर्म】8 महिना 24 तारिख आइतबार 10:00 बजे~
  • 【1 महिना टर्म】12 महिना 14 तारिख आइतबार 10:00 बजे~

※ पहिला आउनेलाई प्राथमिकता दिइने भएकोले कोटा पुरा भएलगतै रद्द प्रतिक्षा सुचिमा रहने छ।

यदि वेब सर्भरको समस्याको कारणले आवेदन फारम खोल्न सक्नु भयको छैन भने,कृपया केही समय पछि पुनः आवेदन गर्नुहोस्।


सम्पर्क: कार्यक्रम विभाग

टेलिफोन: 052-581-5689

इ-मेल:vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.