नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

NIC (नागोया अन्तर्राष्ट्रिय केन्द्र) अन्तर्राष्ट्रिय मित्रता वकिङ्ग 2026(NIC国際交流ウォーキング 2026秋)

2026.08.15


NIC (नागोया अन्तर्राष्ट्रिय केन्द्र); अन्तर्राष्ट्रिय मित्रता वकिङ्ग 2026 शरद "रितोआनियाको राजधानी भिल्नियस-नागोया सहरको दिदीबहिनी सहर सम्झौता औपचारिक रूपमा सम्पन्न भएको स्मरण , नागोया सिटी संग्रहालयको विशेष प्रदर्शनी ' रितोआनिया - बाल्टिकका जंगलमाहरुमा गुन्जने गीत ' अवलोकन र मिजुहोकु वार्डको यामाजाकी नदी किनार वकिङ्ग "

विदेशी तथा जापानी नागरिकले संगै नागोयाको इतिहास र संस्कृति चिन्ने"NIC अन्तर्राष्ट्रिय मित्रता वकिङ्ग " कार्यक्रम हो।NIC वकिङ्ग गाइड स्वयंसेवकहरूले मार्गदर्शन गर्नेछन्।
यसपालि, रितोआनियाको राजधानी भिल्नियस र नागोया सहरबीच सेप्टेम्बर महिनामा हुने दिदीबहिनी सहर सम्झौता (सिस्टर सिटी सम्झौता) सम्पन्न भएको स्मरणमा, हामी नागोया सिटी संग्रहालयको विशेष प्रदर्शनी " रितोआनिया - बाल्टिकका जंगलमाहरुमा गुन्जने गीत " अवलोकन गर्नेछौँ।
संग्रहालयतर्फ जाँदै गर्दा, मिजुहो वार्डबाट बग्ने यामाजाकी नदी किनारको "(四季の道 सिकिनो मिची ) चार ऋतुको बाटो " मा हिँड्दै, मिजुहो वार्डका आकर्षक स्थानहरू पनि हेर्नेछौँ।


कार्यक्रममा सहभागी सबैलाई भिल्नियस-नागोया दिदीबहिनी सहर सम्झौता स्मरण पिनब्याज र क्लियर फाइल उपहार दिइनेछ।

※ कार्यक्रमको जानकारी अंग्रेजी तथा बुझ्न सजिलो जापानी भाषामा दिइनेछ।


★पर्चा


समय:2026 अक्टोबर 24 (शनिबार) 10:00-13:00 (हल्का वर्षा भए पनि कार्यक्रम सञ्चालन हुनेछ।)
स्थान:पारोमा मिजुहो स्टेडियम → "चार ऋतुको बाटो" → नागोया सिटी संग्रहालय
भेट्ने स्थान:सबवे मेइज्योउ लाइन, मिजुहो उन्दोउज्योउ - हिगासी स्टेशनको गेट
सहभागी संख्या:विदेशी नागरिक (पहिलो आवेदन गर्नेहरूलाई प्राथमिकता) करिब २० जना, जापानी नागरिक (चिट्ठामार्फत छनोट) १५ जना।
शुल्क:निःशुल्क ( सुविधा प्रवेश शुल्क छुट्टै तिर्नु पर्नेछ )
नागोया सिटी संग्रहालय विशेष प्रदर्शनी प्रवेश शुल्क (समूह दर):वयस्क (एडल्ट) : 1200 येन , उच्च माध्यमिक (हाईस्कूल): 900 येन , माध्यमिक विद्यालय (मिडिल स्कुल) तथा त्यसभन्दा तल: निःशुल्क

आवेदन:सेप्टेम्बर 23 (बुधबार) बिहान 10:00 बजेदेखि वेबसाइट वा इमेलमार्फत आवेदन सुरु हुन्छ। सहभागी संख्या पूरा भएपछि आवेदन बन्द गरिनेछ। जापानी सहभागीहरूका लागि:सेप्टेम्बर 23 (बुधबार) 10:00 देखि अक्टोबर 10 (शनिबार) 17:00 सम्म वेबसाइटमार्फत मात्र आवेदन गर्न सकिन्छ।


ध्यान दिनु पर्ने कुराहरू

  • आवेदन फारम एक व्यक्तिले एकपटक मात्र भर्न सकिन्छ। एकैपटक धेरै जनाको आवेदन गर्न मिल्दैन।

  • यस कार्यक्रममा सहभागीहरूलाई ग्रुपमा विभाजन गरेर हिँडाइनेछ। ग्रुप विभाजन अन्य सहभागीहरूसँग मिलन तथा अन्तरक्रिया बढाउने उद्देश्यले गरिएको हो
    आवेदनमा दिएको जानकारीका आधारमा आयोजकले निर्णय गर्नेछन्। त्यसैले परिवार वा साथीहरू अलग-अलग ग्रुपमा पर्न सक्ने सम्भावना छ।

  • माध्यमिक विद्यालय (मिडिल स्कुल) वा त्यसभन्दा तलका विद्यार्थी सहभागी हुने भए अभिभावकको साथ अनिवार्य हुन्छ। साथ आउने अभिभावकले पनि अलगै आवेदन दिनुपर्छ। ग्रुप विभाजन गर्दा अभिभावक र बच्चा उही ग्रुपमा रहने व्यवस्था गरिनेछ।

  • यो कार्यक्रम मुख्यतः वयस्क (एडल्ट) लक्षित भएकाले मिडिल स्कुल वा त्यसभन्दा तलका सहभागीहरूलाई पर्याप्त सहयोग गर्न नसकिने अवस्था आउन सक्छ भन्ने बुझिदिनुहोस्।

  • सानो बच्चा सहभागी भएमा, बच्चाको हेरचाह तथा सुरक्षा अभिभावकले नै गर्नु पर्नेछ।



सम्पर्क गर्ने स्थान:नागोया अन्तर्राष्ट्रिय केन्द्र (NIC)
इमेल: nicwalking@nic-nagoya.or.jp
फोन: 052-581-5689


NIC International Walking Autumn 2026(NIC国際交流ウォーキング2026秋)
First Name / Surname / Middle Name
(1-30 characters)
(1-30 characters)
(1-30 characters)
A. Listening
B. Speaking
(10-16 characters)
Entry example: xxx-xxxx-xxxx
Entry example:foo@example.com
Would you like to visit the Nagoya City Museum special exhibition ”Lithuania Songs Echo in the Baltic Forests”?required
Have any of your family members or friends also applied?required
(1-25 characters)
If your family member or friend wouldn't be chosen, do you withdraw your application?required
(If you have no accompanier, select 'No'.)
Would you like to be in the same group as your family members or friends?required
(If you have no accompanier, select 'No'.)
NIC International Walking activities are featured on the Nagoya International Center’s website, and photos from this event may be posted there. Do you consent to this? required
(1-25 characters)
(1-100 characters)
★ Those who wish to bring a young child must provide the child’s name and age.

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.