क्षेत्रीय अन्तर्राष्ट्रियकरण सम्बन्धी सेमिनार
"व्यवस्थित सहअस्तित्व" को उद्देश्य के हो? -- बहुसांस्कृतिक सहअस्तित्वको विगत, वर्तमान र भविष्यबारे विचार गरौँ --(地域の国際化セミナー)
2027.01.15
सन् २०२६ जनवरीमा, जापानको बहुसांस्कृतिक सहअस्तित्वसम्बन्धी भावी सरकारी नीतिका विषयमा "विदेशी नागरिकहरूको स्वीकार तथा व्यवस्थित सहअस्तित्वका लागि व्यापक उपायहरू" नामक सरकारी नीति मन्त्रिपरिषद्बाट पारित गरिएको थियो।
यससँगै, विदेशी नागरिकहरूको जापानमा बसोबास तथा आवासीय स्थिति व्यवस्थापन र जाँचसम्बन्धी नियमहरूलाई अझ कडा बनाइएको छ। साथै, जापानी भाषा शिक्षासम्बन्धी सहयोगलाई अझ विस्तार गर्नुपर्ने विषयमा पनि सक्रिय रूपमा छलफल भएको छ।
यसरी अहिले, जापानी र विदेशी नागरिकहरूले एउटै समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने विषयमा जापानको नीतिगत दिशा पनि महत्त्वपूर्ण परिवर्तनको चरणमा पुगेको छ।
"व्यवस्थित सहअस्तित्व भएको समाज" ले कस्तो स्वरूपलाई आफ्नो लक्ष्य बनाएको छ?
हामीले यी परिवर्तनहरूलाई कसरी बुझ्ने र स्वीकार गर्ने? अनि भविष्यमा हामीले के गर्नुपर्छ?
यस सेमिनारमा यिनै विषयहरूबारे स्थानीय प्रशासन, विदेशी नागरिक, सहयोगी संस्था तथा व्यक्तिहरू र विभिन्न कम्पनीका प्रतिनिधिहरूले आ-आफ्नो दृष्टिकोणबाट सामूहिक रूपमा विचार-विमर्श गर्नेछन्।
सेमिनारको विवरण:
• मिति: सन् २०२७ जनवरी १६, शनिबार
• समय: दिउँसो १:३० देखि ४:३० बजेसम्म
• स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र (Nagoya International Center), छुट्टै भवनको सभा हल (別棟ホール)
• सहभागी: सर्वसाधारण नागरिक
• क्षमता: १०० जना (पहिले आवेदन दिनेहरूलाई प्राथमिकता)
• सहभागिता शुल्क: निःशुल्क
• आवेदन अवधि: सन् २०२६ नोभेम्बर २०, शुक्रबार, बिहान १०:०० बजेदेखि
आवेदन दिने तरिका
निम्न माध्यमबाट आवेदन दिन सकिन्छ:
• नागोया अन्तर्राष्ट्रिय केन्द्र (NIC) को वेबसाइटमार्फत
आवेदन फारम
https://forms.gle/pa19NPqRwZ8DRdH96
• टेलिफोनमार्फत
• केन्द्रमा प्रत्यक्ष उपस्थित भएर
भाषासम्बन्धी जानकारी:
यो सेमिनार जापानी भाषामा सञ्चालन गरिनेछ।
यदि तपाईं अनुवाद एपमार्फत आफ्नो भाषामा अनुवादित उपशीर्षक (Subtitles) हेर्दै सेमिनारमा भाग लिन चाहनुहुन्छ भने, कृपया आवेदन दिने बेलामै आयोजकलाई जानकारी गराउनुहोस्।
सम्पर्क:
इमेल: seminar-vol@nic-nagoya.or.jp
फोन: 052-581-5689




