नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

2026 साल NIC बालबालिकाको जापानी भाषा कक्षाहरू (NIC子ども日本語教室)

2027.03.31

आवेदन प्रक्रिया "चिठ्ठा (लटरी)" मार्फत हुनेछ।पहिले आवेदन गरे पनि, यदि क्षमता भन्दा धेरै आवेदन आए भने "चिठ्ठा" पर्न सक्छ, त्यसैले सबैले सहभागी हुन पाउने निश्चित हुँदैन।

हामी विद्यालय र दैनिक जीवनमा आवश्यक जापानी भाषाको अध्ययन समर्थनको आवश्यकता भएका बालबालिकाहरूको लागि जापानी भाषा कक्षाको आयोजना गर्नेछौं।

 

【गर्मी बिदा अवधि】★फ़्लायर

【9 महिना टर्म】★फ़्लायर


लक्क्षित समूह

・जापानी भाषा आफ्नो मूल मातृभाषा नभएका 6 वर्ष देखि 15 वर्ष सम्मका बालबालिकाहरु (अप्रिल 2, 2011 देखि अप्रिल 1, 2020 सम्म जन्मिएका मात्र)

・अप्रिल 2, 2011 अघि जन्मिएका र हाल निम्न माध्यमिक विध्यालयमा भर्ना भएका बच्चाहरु

※ यदि तपाईं निम्न माध्यमिक विध्यालयको सन्ध्याकालीन कक्षामा भर्ना हुनुभएको छ भने कृपया NIC उच्चमाध्यामिक तहका बिद्ध्यार्थीहरुको लागि जापानी भाषाको कक्षाहरूमा सहभागी हुनुहोस्।

※ नागोया शहरमा बस्नुहुने व्यक्ति, नागोया शहर भित्रको कोउरिचु (पब्लिक) माध्यमिक विध्यालय・निम्न माध्यमिक विध्यालय जाने विद्यार्थीलाइ आथवा जाने योजना बनाएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

 

मिति र समय:  

・【मेई(5) महिना टर्म】5 महिना 17 गते आइतबार बाट 7 महिना 19 गते आइतबार,  हरेक हप्ता आइतबार 10:00 बजेदेखि 11:30 बजे (सबै गरेर 10 पटक)

अन्तरबार्ता मिति र समय:5 महिना 10 तारिक (आइतबार) 10:00 बजे बाट

・【गर्मी बिदा अवधि】

7 महिना 22 गते (बुधबार), 7 महिना 26 गते (आइतबार), 7 महिना 29 गते (बुधबार), 8 महिना 2 गते (आइतबार),

8 महिना 5 गते (बुधबार),

8 महिना 12 गते (बुधबार), 8 महिना 16 गते (आइतबार), 8 महिना 19 गते (बुधबार), 8 महिना 23 गते (आइतबार),

8 महिना 26 गते (बुधबार) 10:00 बजेदेखि 11:30 (सबै गरेर 10 पटक)

अन्तरवार्ता र भुक्तानी: जुलाई 19 (आइतबार) 12:30~

【9 महिना टर्म】

9 महिना 20 गते आइतबार बाट 11 महिना 22 गते आइतबार, हरेक हप्ता आइतबार 10:00 बजेदेखि 11:30 बजे (सबै गरेर 10 पटक)

*अन्तरबार्ता मिति र समय:9 महिना 13 तारिक (आइतबार) 10:00 बजे बाट

 

【1 महिना टर्म】

1 महिना 17 गते बाट 3 महिना 28 गते, हरेक हप्ता आइतबार 10:00 बजे -11:30 बजे (सबै गरेर 10 पटक)

*2 महिना 14 गते (आइतबार) को कक्षा हुँदैन

*अन्तरबार्ता मिति र समय:1 महिना 10 तारिक (आइतबार) 10:00 बजे बाट

※यदि अन्तर्वार्ता र पैसा भुक्तानीको मितिमा भाग लिनु भएन भने, तपाईंले अध्ययन गर्न सक्नुहुन्न। 

※अनिवार्य रूपमा आफ्नो अभिभावकसँगै अन्तर्वार्ता र पैसा भुक्तानी गर्न आउनुपर्छ।

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 3 तल्ला प्रशिक्षण कोठा, 5 तल्ला बैठक कोठा

प्रवेश शुल्क: 1000 येन (जम्मा 10 पटकको शुल्क)

※एक पटक भुक्तानी गरिसकेको सहभागीता शुल्क फिर्ता हुने छैन।

क्षमता:

50 जना (लटरी प्रक्रिया) (1 देखि 3 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 20 जना, 4 देखि 6 कक्षाका प्राथमिक विद्यालयका विद्यार्थीहरू 10 जना, जुनियर हाई स्कूलका विद्यार्थीहरू 20 जना)

आवेदन: वेबसाइटमा स्वीकृत

निबेदन दिने तरिका:

*कृपया आवेदन अवधि भित्र वेब फारम प्रयोग गरेर आवेदन गर्न निश्चित हुनुहोस्।

※यदि आवेदनको संख्या निर्धारित सीमाभन्दा बढी भएमा, लटरी प्रक्रिया हुनेछ। दाजु- भाई दिदि-बहिनीले सँगै आवेदन गर्दा, उनीहरूलाई सँगै सहभागी हुने ग्यारेन्टी छैन। 

※आवेदन एक व्यक्ति द्वारा एक पटक मात्र गर्नुपर्छ। दुई पटक वा सो भन्दा बढी आवेदन (दोहरिएको) अस्वीकृत हुनेछ।

 

यहाँबाट आवेदन गर्नुहोस्→https://nic-nagoya-form.jp/children/index.php?stt_lang=ne

आवेदन अवधि:

・【5 महिना टर्म】4 महिना 15 गते (बुधबार) 10:00~ 4 महिना 24 गते (शुक्रबार) 12:00

・【गर्मी बिदा अवधि】6 महिना 24 गते (बुधबार) 10:00~ 7 महिना 3 गते (शुक्रबार) 12:00

・【9 महिना टर्म】8 महिना 19 गते (बुधबार) 10:00~ 8 महिना 28 गते (शुक्रबार) 12:00

・【1 महिना टर्म】12 महिना 9 गते (बुधबार) 10:00~ 12 महिना 18 गते (शुक्रबार) 12:00


सम्पर्क: नागोया अन्तर्राष्ट्रिय केन्द्र, कार्यक्रम विभाग

टेलिफोन: 052-581-5689

इ-मेल: vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.