नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

NIC ग्लोबल सिटिजन क्लास" को लागि प्रशिक्षकहरू भर्ती गरिंदै(NIC地球市民教室 講師募集)

2026.09.02

NIC ग्लोबल सिटिजनशिप क्लासरूम एक अन्तर्राष्ट्रिय समझदारी शिक्षा परियोजना हो, जसमा दर्ता हुनुभएका प्रशिक्षकहरूले प्राथमिक र जुनियर हाईस्कूलहरू र स्थानीय संस्थाहरूको भ्रमण गरि  विभिन्न विषयवस्तुहरू समेटेर  आफ्नो र अन्य देशहरूको परिचय गराउनु हुन्छ। हामी यस कक्षामा सक्रिय भूमिका खेल्न सक्ने प्रशिक्षकहरूको खोजिमा छौं (प्रोत्साहन स्वरूप पारिश्रमिक प्रदान गरिनेछ)❘ विस्तृत जानकारीको लागि कृपया आवेदन विवरण हेर्नुहोस्।

लक्षित व्यक्ति: तोकाइ क्षेत्रमा बसोबास गर्ने विदेशी नागरिकहरू वा विदेशी मूल भएका व्यक्तिहरू।

मुख्य सर्तहरू:

जापानी भाषामा प्रस्तुती दिने क्षमता भएको (कागजात स्क्रीनिंग आवश्यक हुनेछ)।

अन्तर्वार्ता/अभिमुखीकरण र तालिम दुवैमा भाग लिन सक्षम भएको ।

मिति र समय:

[अन्तर्वार्ता/अभिमुखीकरणओरियन्टेसन] 2026 सेप्टेम्बर 2 (बुधवार), दिउँसो 1:30 देखि 4:30 सम्म
स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र, 5औं तलामा रहेको पहिलो बैठक कक्ष

          

आवेदन अवधि: जुलाई 14 (मंगलवार) बिहान 10:00 बजेबाट अगस्ट 18 (मंगलवार) बेलुका 5:00 बजे सम्म)

आवेदन गर्ने तरिका: इमेल, केन्द्रमा प्रत्यक्ष आएर, वा हुलाकमार्फत

भर्ती जानकारी

आवेदन फारम

फ्लायर


सम्पर्क: कार्यक्रम विभाग
फोन052-581-5691

इमेल ठेगानाkoryu@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.