नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

समाचार र कार्यक्रम(NICからのお知らせ)

रेईवा 8 वर्षको भाषा तथा विपद्-सम्बन्धी भाषा स्वयंसेवक दर्ता विवरण- कार्यक्रम(語学・災害語学ボランティア登録説明会)

2027.03.31

■ भाषा स्वयंसेवक

(कार्य-विवरण)

जापानमा बसोबास गर्ने विदेशी नागरिकलाई भाषा सहयोग आवश्यक पर्ने अवस्थामा

अनुवाद वा दोभाषे सेवा प्रदान गर्नु मुख्य गतिविधि हो।

बाल-बालिका केन्द्र, प्रशासनिक काउन्टर जस्ता सार्वजनिक संस्थानहरूमा

दोभाषे सेवा गर्नु, तथा पत्र वा सरल कागजातहरूको (सरकारी कागजात बाहेक)

अनुवाद गर्नु प्रमुख कामहरू हुन्।

 

■ विपद्-सम्बन्धी भाषा स्वयंसेवक

(कार्य-विवरण)

भूकम्प जस्ता ठूलो विपद् आएको बेला, जापानी भाषा राम्रोसँग नबुझ्ने विदेशी नागरिकले

आवश्यक जानकारी पाउन कठिन हुने भएकाले, उनीहरूलाई सहयोग गर्न

वार्ड कार्यालय, आश्रयस्थल (避難हिनान्न - खतरा भएकाले सुरक्षित ठाउँमा जानु।) आदि स्थानमा दोभाषे तथा अनुवाद कार्य, जानकारी संकलन र जानकारी प्रदान गर्ने गतिविधि गरिन्छ।

सामान्य अवस्थामा भने, विदेशीहरूलाई लक्षित गरी गरिने विपद्-जागरूकता कार्यक्रम वा प्रशिक्षणमा दोभाषे सेवा प्रदान गरिन्छ।

त्यसका साथै, NIC (नागोया अन्तर्राष्ट्रिय केन्द्र) ले आयोजना गर्ने तालिम तथा कार्यक्रमहरूमा पनि

सक्रिय रूपमा सहभागी हुनुपर्ने हुन्छ।

 

■ भाषा स्वयंसेवक

(कार्य आवृत्ति / गतिविधि हुने समय) आवश्यकता अनुसार। गतिविधि NIC

(नागोया अन्तर्राष्ट्रिय केन्द्र) को अनुरोधमा आधारित हुन्छ।

(दर्ता गर्ने शर्तहरू)

● अंग्रेजी भाषा स्वयंसेवकका लागि

तलका तीनै शर्तहरू पूरा गर्ने व्यक्ति

➀अंग्रजी भाषाको क्षमता परीक्षा स्तर पूर्व-१(अंग्रजी भाषाको क्षमता परीक्षा , उच्च स्तर / सबैभन्दा माथिको स्तर) वा TOEIC 750 अंक बराबर वा सोभन्दा माथि

➁सप्ताहका कार्यदिवसहरूमा गतिविधि गर्न सक्ने

➂विपद्-सम्बन्धी भाषा स्वयंसेवक मा पनि दर्ता गर्न सक्ने (२० वर्षभन्दा माथि)

● अन्य भाषाहरूका लागि

- जापानी भाषा र जापानी बाहेकको भाषा दुवै उच्च स्तरमा प्रयोग गर्न सक्ने व्यक्ति।

 

■ विपद्-सम्बन्धी भाषा स्वयंसेवक

(कार्य आवृत्ति / गतिविधि हुने समय)

आवश्यकता अनुसार गतिविधि NIC (नागोया अन्तर्राष्ट्रिय केन्द्र) को अनुरोधमा आधारित हुन्छ।

(दर्ता गर्ने शर्तहरू)

- विपद्-व्यवस्थापन तथा सुरक्षा, मा चासो भएको व्यक्ति

- जापानी भाषा र जापानी बाहेकको भाषा दुवैमा दैनिक कुराकानी गर्न सक्ने

- २० वर्ष भन्दा माथिको उमेर भएको व्यक्ति

* विपद्-सम्बन्धी भाषा स्वयंसेवकमा दर्ता हुने व्यक्तिहरूले जानकारी दिने कार्यक्रम, पछि सञ्चालन हुने「विपद्-सम्बन्धी भाषा स्वयंसेवक तालिम」मा अनिवार्य रूपमा सहभागी हुनुपर्छ।

 

सूचना सत्र मिति र समय: रेईवा 8 वर्ष 6 महिना 6 तारिक (शनिबार) , 10 महिना 14 तारिक (बुधबार) रेईवा 9 वर्ष 2 महिना 27 तारिक (शनिबार)

सबै दिन: 13:30~14:30

 

स्थान: नागोया अन्तर्राष्ट्रिय केन्द्र (एनआईसी), चौथो तला, तालिम कक्ष ३

 

दर्ता प्रक्रिया: जानकारी दिने कार्यक्रमको अघिल्लो दिनको दिउँसोको बिच भित्र आवेदन गर्नुहोस्।

फोन , इमेल , वेबसाइट , प्रत्यक्ष (नागोया अन्तर्राष्ट्रिय केन्द्र) NIC मा आएर आवेदन गर्न सकिन्छ।

 


 सम्पर्क:(कार्य विभाग)

फोन:052-581-5689

इमेल:vol@nic-nagoya.or.jp

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.