नागोया अन्तर्राष्ट्रिय केन्द्र वेबसाइट

अप्ठेरोमा यहााँ हेर्नुहोस

रंगको परिबर्तन

फन्टको साइज

  • S
  • M
  • L
अप्ठेरोमा यहााँ हेर्नुहोस

 अप्ठेरोमा यहााँ हेर्नुहोस

जीिनयापन सम्बप्न्ध जानकारी(生活情報)

【NEW】Q: हाम्रो उच्च विद्यालयमा प्रवेश गर्ने बेला भयको (छोरा /छोरी) छ। भर्ना गर्दा कति जति खर्च आउँछ होला ?(高校へ進学する子どもがいます。入学する時に、いくら費用がかかりますか。)

2025.09.20

A : सार्वजनिक उच्च विद्यालयमा, सरकारबाट सहयोग रकम प्राप्त हुने भएकोले, अभिभावकलाई पाठ्यक्रम शुल्क तिर्नु पर्ने आवश्यकता छैन। तथापि, भर्ना गर्दा अन्य खर्चहरू आवश्यक पर्छ। भर्ना शुल्कजस्ता खर्चहरू लगभग 40,000 येन, पाठ्यपुस्तक र पाठ्यक्रमसँग सम्बन्धित सामग्रीहरूको लागि लगभग 50,000 येन, र पोशाकको लागि लगभग 50,000 येन लाग्छ। जम्मा गरेर भर्ना गर्दा लगभग 1,40,000(थप रूपमा, कम्प्युटर किन्नको लागि खर्च आवश्यक पर्न सक्छ।) येन खर्च आउँछ। केही अनुदान योजना पनि छन् जुन फर्काउनुपर्ने छैन, तर ती अनुदानहरू विद्यालयमा भर्ना भइसकेपछि मात्र दिइन्छ। भर्ना हुनुअघि अनुदान दिइन्न, त्यसैले भर्ना गर्नुअघि ती रकम तयार गर्नु आवश्यक छ।

  अर्कोतर्फ, निजी उच्च विद्यालयमा भर्ना गर्नुअघि लगभग 6,00,000 येन तयारी गर्नु आवश्यक छ। पाठ्यक्रम शुल्क भनेको, सरकार र प्रान्तको सहयोग रकमहरूद्वारा सहयोग गरिन्छ, तर ती रकमहरू भर्ना पछि मात्र दिइन्छ।

तेसैगरि , सार्वजनिक अंशकालिक उच्च माध्यमिक विद्यालय (※)मा भर्ना शुल्क र पाठ्यक्रम शुल्क सस्तो हुन्छ र प्रायः पोशाकको आवश्यकता हुँदैन, त्यसैले भर्ना गर्दा आवश्यक रकम केहि हजार येनको आसपास मात्र हुन्छ। स्नातक पछि, विश्वविद्यालयमा प्रवेश गर्ने अवसर पनि उपलब्ध हुन्छ।

(* अंशकालिक उच्च विद्यालयहरूले आधारभूत कुराहरूलाई जोड दिने सजिलै बुझ्न सकिने पाठहरू प्रदान गर्छन्।)

सन्दर्भ https://www.nic-nagoya.or.jp/nepali/living-in-nagoya/living-information/living_information/2024/09131533.html

समाचार र कार्यक्रम(NICからのお知らせ)

Copyright © Nagoya International Center All rights reserved.