2020.01.31
【Updated on 25 August 2022】
नागोया शहर बाल-पालनपोषण घरेलु जीविकोपार्जन सहायताको विशेष लाभ बारे
名古屋市子育て世帯生活支援特別給付金について
बच्चा हुर्काइरहेका कम आय आर्जन हुने परिवारहरूले प्रतेक बच्चाको लागी 50,000 येन प्राप्त गर्न सक्छन्।
*मार्च 31, 2022 सम्म 17 वर्ष वा सोभन्दा कम उमेरका (अशक्त बालबालिकाका लागि 19 वर्ष वा साना) बालबालिकालाई हुर्काइरहेका घरपरिवारहरूमा लागू हुन्छ।
[आवेदन दिन आवश्यक नपर्ने ब्यक्ति]
(1) अप्रिल 2022 को बाल पालनपोषण भत्ता प्राप्त गरेको र नागरिक करमा छुट पाएको व्यक्ति:
जुन 9, 2022 मा नागोया शहरबाट तपाईंको बैंक खातामा पैसा पठाइएको छ ।
(2) 2022 जनुवरी 1 गते सम्म नागोया शहर बाहिर बसेका, आवासीय कर छुट भएका व्यक्तिहरू:
हामीले जुलाई 28 मा लाभ भुक्तानीको सूचना पठाउने छौँ।
अगस्ट 9 मा नागोया शहरबाट तपाईंको बैंक खातामा पैसा पठाइनेछ।
(3) नागरिक कर छुट भएका जसले अप्रिल 2, 2022 देखि फेब्रुअरी 28, 2023 को बीचमा जन्मेका बच्चाहरूलाई हुर्काउँदै गरेका साथै बाल भत्ता वा विशेष बाल पालन-पोषण भत्ता प्राप्त गर्ने योजना भएका ब्यक्ति:
जुलाई 11 पछि, हामी तपाईंलाई लाभहरूको भुक्तानीको सूचना पठाउनेछौं, र जुलाई 21 पछि पैसा तपाईंको बैंक खातामा नागोया शहरबाट पैसा पठाइनेछ।
[आवेदन दिन आवश्यक पर्ने व्यक्तिहरू] *आवेदन पेश गर्ने अन्तिम मिति: फेब्रुअरी 28, 2023
(1) एकल अभिभावक परिवार:
1. सरकारी पेन्सन आदि प्राप्त गरिरहेकाले अप्रिल 2022 को बाल-पालनपोषण भत्ता नपाएका व्यक्तिहरू।
2. जसले अप्रिल 2022 को लागि बाल पालन-पोषण भत्ता पाएका छैनन्, तर नयाँ कोरोना भाइरस संक्रमण इत्यादिको प्रभावका कारण तीनको आम्दानी घटेको, आम्दानी बाल पालन-पोषण भत्ता प्रापकको स्तरमा झरेको छ।
(2) गैर-एकल अभिभावक परिवारहरू:
1. 2022 मा आवासीय कर (समान दर) छुट पाएका र बाल भत्ताहरू प्राप्त नगरेका (जस्तै, उच्च विद्यालयका बच्चाहरूलाई मात्र हुर्काइरहेका व्यक्तिहरू)
2. नयाँ कोरोना भाइरस संक्रमणको प्रभावका कारण आम्दानी घटेको र 2022 आर्थिक वर्ष को आवासीय कर (समान दर) छुट हुने ब्यक्तिको स्तरको आय भएका व्यक्तिहरू।
आवेदन विधि:
नागोया सहर बाल-पालनपोषण घरेलु जीविकोपार्जन सहायताको विशेष लाभ फोन सेवामा फोन गर्दा, तपाईंलाई जानकारी पर्चिहरु, आवेदन फारमहरू, इत्यादि, र एउटा फिर्ता-खाम सहित पठाइनेछ।
नागोया सहर बाल-पालनपोषण घरेलु जीविकोपार्जन सहायताको विशेष लाभ फोन सेवा केन्द्र
● एकल अभिभावक परिवार TEL 052-269-1455
● गैर-एकल-अभिभावक परिवारहरू TEL 052-269-1450
फेब्रुअरी 28, 2023 सम्म खुला छ।
सोधपुछ : साताको दिन 9:00 देखि 17:30 सम्म
*अगस्त 31 सम्म शनिबार, आइतवार, र बिदाको दिन पनि खुला छ।
*यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, नागोया अन्तर्राष्ट्रिय केन्द्र (052-581-6112) मा ट्राइफोन सेवा प्रयोग गर्नुहोस्।
【Updated on 25 February 2023】
- ज्वरो आएको र नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित भएको हो कि भनेर चिन्तित हुनुहुन्छ भने (नागोया शहर)(感染が疑われるときの相談先)
・जाने गरेको अस्पताल अथवा नजिकैको अस्पतालमा फोन गरेर सोधपुछ गर्नु होला। कृपया फोन गरेर मात्र अस्पताल जानु होला।
・सधै जाने गरेको अस्पताल नभएको र कुन अस्पतालमा सोधपुछ गर्दा हुन्छ भनेर थाहा नभएमा,「परामर्श・सोधपुछ केन्द्र」मा सम्पर्क गर्नुहोस्।
<परामर्श・सोधपुछ केन्द्र>
निम्न लिखित अवस्थामा, परामर्श・सोधपुछ केन्द्रमा सम्पर्क गर्नु होला।
・कहाँको अस्पतालमा जाँदा उचित हुने हो भन्ने बारे थाहा नभएमा
・नयाँ प्रकारको कोरोना भाइरसको लक्षण र जाँच, संक्रमण रोकथाम विधि, कीटाणुशोधन विधि आदि बारे सोधपुछ गर्न चाहनुहुन्छ भने
सम्पर्क समय:24 घण्टा
टेलिफोन 050-3614-0741 फ्याक्स 050-8882-9703
इमेल nagoya_jyushinsoudan@medi-staffsup.com
※ नयाँ प्रकारको कोरोना भाइरस संक्रमित व्यक्ति, निकट सम्पर्कमा आएका व्यक्ति, आफू बसेको वार्डको स्वास्थ केन्द्र (होकेन सेन्टर) मा सोधपुछ गर्नुहोला।
स्वास्थ केन्द्र (होकेन सेन्टर) को सम्पर्क ठेगाना(PDF)
※परामर्श・सोधपुछ केन्द्र र प्रत्येक वार्डको स्वास्थ केन्द्र (होकेन सेन्टर) मा नेपाली भाषामा परामर्श लिन सक्नुहुन्छ।
बहुभाषी सेवाको सुरुवात : 2020 साल 12 महिना 29 तारीक (मंगलबार)
उपलब्ध भाषा:अंग्रेजी, पोर्तुगाली, स्पेनिस, चिनियाँ, कोरियन, तागालोग (फिलिपिनो), भियतनामी, नेपाली, थाई, इन्डोनेशियन, मलेशियन, फ्रान्सेली, रसियन, जर्मनी, इटालियन, म्यान्मार (बर्मिज़), खुमेर (कम्बोडियन) , मंगोल।
〈 आफैँले परीक्षण गर्नेको लागि प्रयोग गर्ने परीक्षण किटको बारे 〉
सरकारले मान्यता दिएको 「第一類医薬品」(दाईईछी - रूई ईयाकूहीन।पहिलो ग्रेड औषधी)वा 「体外診断用医薬品」(ताईगाई शीनदानयोऊ ईयाकूहीन ।इन-भिट्रो डायग्नोस्टिक्स)को परीक्षण किट प्रयोग गर्नुहोस्।
URL https://www.city.nagoya.jp/kenkofukushi/page/0000151025.html
※ लक्षणहरू नभए पनि,संक्रमणको चिन्ता भएमा
लक्षण नदेखिए पनि, यदि फेरि संक्रमण शंका गरिएका व्यक्ति संगको निकट सम्पर्कमा नआएको व्यक्ति,नि:शुल्क परीक्षण लिन सकनुहुन्छ।
URL https://www.aichi-pcrfree.jp/(जापानी भाषा मात्र)
※परीक्षणको नतिजा संक्रमण पुष्टि भएमा,तलको वेब पृष्ठ हेर्नुहोस्।
https://www.city.nagoya.jp/kurashi/category/422-2-1-0-0-0-0-0-0-0.html
※「名古屋市陽性者登録センター」(नागोयाशी योउसेईशा तोउरोकू सेन्ता। नागोया नगर संक्रमित (पोजेटिभ) व्यक्तिहरु रजिस्टर केन्द्र)को बारे
गम्भीर बिरामी हुने जोखिम कम भएको, र संक्रमण पुष्टि (कोरोना पोजेटीभ )भएको नतिजा आएको व्यक्तिले, (होकेन सेन्टर) स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्ने छैन।「名古屋市陽性者登録センター」(नागोयाशी योउसेईशा तोउरोकू सेन्ता। नागोया नगर संक्रमित व्यक्तिहरु रजिस्टर केन्द्र)मा रजिस्टर गर्नुहोस्। खाना वितरण सेवा र आवास चिकित्सा सेवा प्रयोग गर्न सक्नुहुन्छ।
https://www.city.nagoya.jp/kenkofukushi/page/0000155366.html
【Updated on 23 December】
【Updated on 10 November】
【Updated on 5 November 2020】
-
नयाँ प्रकारको कोरोना भाइरस संक्रमण बिदा सहयोग रकम(新型コロナウイルス感染症対応休業支援金・給付金)
नयाँ प्रकारको कोरोनो भाइरसको असरले गर्दा व्यवसायीक मालिकको निर्देशनमा विदा लिएका साना तथा मझयौला आकारका कम्पनीहरूका कर्मचारीहरू प्रति
बिदा सहयोग रकम नपाएको खण्डमा बिदा अघिको तलबको 80% पाउने नियम रहेको छ।
【Updated on 3 September 2020】
- पानी र फोहर शुल्कको लागि भुक्तानी पछि सार्नेबारे परामर्श(上下水道料金支払い猶予等)
पानी आपूर्तिको लागि आधारभूत शुल्क २ महिनाको लागि निशुल्क छ । यदि पानी र फोहरको लागि भुक्तानी गर्न कठिन छ भने, भुक्तानी पछि सार्नेबारे परामर्श २०२० डिसेम्बरसम्म गर्न सकिन्छ ।
थप जानकारी: पानी र फोहर ब्युरोको प्रत्येक वार्डको बिक्रि कार्याल
【Updated on 2 April】
कम्पनीमा कार्यरत विदेशी नागरिकहरुको लागि सरकार द्वारा जारि अत्यन्त महत्त्वपूर्ण सूचना
【Updated on 25 March】
【Updated on 26 February】
दैनिक जीवनमा सावधानी अपनाउनु पर्ने कुराहरु
・सबैभन्दा पहिले हात धुनु महत्त्वपूर्ण छ। घर फर्कनु अघि, खाना पकाउनु अघि र पछाडि र खाना खानु भन्दा पहिले साबुन वा कीटाणुनाशक अल्कोहल प्रयोग गरेर हात धुनुहोस्।
・यदि तपाईंले आफ्नो हातमा हाच्छिउँ (छींक) गर्नुहुन्छ भने, तपाईंले छुनु भएको वस्तुमा भाइरस संलग्न हुन सक्छ र यो रोग अरू व्यक्तिमा ढोकाको ह्यान्डल (डोरनब) वा यस्तै बस्तु मार्फत सर्न सक्छ। यदि तपाइँलाइ खोकी जस्तै रोगका लक्षणहरु छन भने कृपया, खोकी शिष्टाचार (*) प्रदर्शन गर्नुहोस्।
※खोक्दा वा हाच्छिउँ (छींक) गर्दा ,तपाईंको मुख र नाकलाई मास्क, टिशू, रुमाल, हात प्रयोग गरेर छोप्नु पर्ने कुरा
दीर्घकालीन रोग भएका व्यक्ति वा बुढापाका व्यक्तिहरूले थप सावधानी अपनाउनुहोस्, जस्तै सम्भव भएसम्म भीडहरू देखि टाढा रहने आदि इत्यादी।
※बिशेषत्: ध्यान दिन पर्ने कुराहरु
・37.5 डिग्री भन्दा बढि ज्वरो आएको, खोकी वा रुघाको लक्षण देखा परेको बेलामा स्कूल वा काममा बिदा लिई बाहिर ननिस्किनुहोला।
・37.5 डिग्री भन्दा बढि ज्वरो आएको, खोकी वा रुघाको लक्षण देखा परेको बेलामाss प्रत्येक दिन आफ्नो शरीरको तापक्रम मापन र रेकर्ड गर्नुहोस्।
(सन्दर्भ)
विदेशी पर्यटकहरूको लागि, नया प्रकारको कोरोना भाइरस बारे चिकित्सा संस्था सम्बंदी गाईड
■आइची बहुभाषी कल सेन्टर
https://aichi.livecall.jp/en/ipCC/
भाषा: अंग्रेजी भाषा, चिनियाँ भाषा, कोरियन भाषा, थाईस्मार्टफोनबाट उपलब्ध छ, ※ पर्सनल कम्प्युटर (PC) वाट फोन गर्न सकिदैन। भाषा, भियतनामी भाषा, फिलिपिन भाषा, स्पेनिश भाषा, पोर्तुगल भाषा, फ्रेन्च
समय : अंग्रेजी, चिनियाँ र कोरियन भाषा 24 घण्टा उपलब्ध, कृपया अन्य भाषाहरूको लागि वेबसाइट अवलोकन गर्नुहोस्।
शुल्क : विदेशी पर्यटकको लागि आवश्यक नपर्ने
【NIC को अनुरोध】
बाहिर जाने र धेरै व्यक्तिहरु संग सम्पर्क हुन बाट जोगिन, कृपया नागोया अन्तर्राष्ट्रिय केन्द्र (एनआईसी) संग परामर्श र सम्पर्क गर्दा पनि सकेसम्म टेलिफोन वा इ-मेल प्रयोग गर्नुहोस्।
फोन: 052-581-0100
ईमेल: nepali@nic-nagoya.or.jp